सवारी दुर्घटनाको डेमो प्रदर्शन

प्रमुख समाचार
Typography

बैशाख २९ 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार चौथो संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताहको अवसरमा भरतपुरको चौबिसकोठिमा सवारी दुर्घटनाको डेमो प्रदर्शन गरेको छ । बढ्दो सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले हरेक अंग्रेजी वर्षको मार्च ८ तारिकका दिनदेखि एक हप्तासम्म सडक सुरक्षा सप्ताह मनाउदै आएको छ । मानिसहरुलाई दुर्घटनाबारे सचेत गराउने उदेश्यका साथ डेमो प्रदर्शन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक दुर्घटनाको प्रमुख कारण मानिस आफै हुने हुदा चेतनामुलक कार्यक्रम प्रभावकारी हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको बिश्वास रहेको छ । डेमोको वरपर चँडो गए भन्न सकिन्न ढिला गए अवश्य पुगिन्छ,तिव्र गति ज्यानको क्षति जस्ता सुचनामुलक प्लेकार्डहरु पनि राखिएको छ । पछिल्लो समय हुने सवारी साधन दुर्घटनामा तीव्र गति, ट्राफिक नियमको बेवास्ता जस्ता कारण भएको उल्लेख गर्दै पन्तले सबैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभएको छ । सडक सुरक्षा सप्ताह मनाउदा चालक तथा पैदल यात्रीलाई ट्राफिक नियमप्रति थप सजग गराउन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक पन्तले बताउनुभएको छ । ट्राफिक नियमको पालना गर्दै लेन अनुसान कायम गर्न सकेमा मात्रै पनि दुर्घटना न्यूनीकरण हुने पन्तको भनाइ रहेको थियो ।  वैशाख २५ गतेबाट सुरु भएको कार्यक्रम ३१ गते सम्म विविध जनचेतनामुलक कार्यक्रम गरि सम्पन्न हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताउनुभएको छ  । उहाले शनिबार दारी ग्याङ्गद्धारा सहरका प्रमुख क्षेत्रहरुमा प्लेकार्ड प्रदर्शन गरिने उहाले जानकारी दिनुभएको छ  । यस्तै सप्ताहको अन्तिम दिन ३१ ग्ते भने सडक दुर्घटनामा दिवंगत हुनेहरुको सम्झनामा मौनधारण तथा दीप प्रज्वलन गरिने उनले बताउनुभएको छ । सो डेमो शुक्रबार मात्र राखिने बिहिबार कार्यालयले नारायणगढमा स्लो बाइक राइड  प्रतियोगिता आयोजना गरेको थियो । सडकमा राखिएको सो डेमोमा सर्वसाधारणको ध्यानार्कषण समेत भएको छ । तिव्र गतिमा सवारी चलाउनेहरुले सो डोमोलाई देखेपश्चात भने गतिलाई केहि कम गरेका थिए ।