सरकारले कृषि औजारमा अनुदान फारम खुल्ला गर्दा अधिकांश कृषकहरु बेखबर

प्रमुख समाचार
Typography

जेठ ४ ।
मत गणना जारि यस समयमा सरकारले कृषि औजारमा अनुदान फारम खुल्ला गर्दा अधिकांश कृषकहरु बेखबर बनेका छन् । अहिले चितवन लगायत देशका ३४ जिल्लामा मत गणना भईरहेको छ । कृषिमा यान्त्रिकरणका लागि सरकारले कृषि औजारमा अनुदान लिन चाहने कृषकहरुलाइ फारम भर्न आह्वान गर्दै बैशाख २९ गते सुचना प्रकाशन गरेको थियो । बैशाख ३१ गते भएको स्थानिय तहको निर्वाचन र मतगणना कार्यले गर्दा कस्ता जनप्रतिनिधि निर्वाचन हुने हुन् भन्ने तर्फ कृषकहरुको पनि ध्यानाकर्षण भएको छ । कृषि औजारमा अनुदानका लागि जेठ १२ गते भित्र फारम भरिसक्नुपर्ने वताइए पनि चितवनमा हाल सम्म जम्मा ५ जना कृषकले मात्रै फारम भरेका छन् । चितवनमा गत बर्ष २ सय ९ जनाले फारम भरेका थिए । यद्यपि सरकारले कृषि यान्त्रिकरणको लागि आवश्यक अनुदान बजेट विनियोजन गर्न नसक्दा जिल्लामा जम्मा ५ जनाले मात्रै अनुदान रकम पाएका थिए । यस बर्ष फारम भरेका ५ जना कृषकहरुले ठुलो ट्याक्टर, कल्टि भेटर, मेज प्लान्ट, पावर स्प्रेयर लगायत कृषि औजारमा अनुदानका लागि फारम भरेका छन् । सरकारले विगत ५ बर्ष देखि कृषिमा यान्त्रिकरणका लागि कृषि औजारमा ५० प्रतिसत सम्मको अनुदान रकम विनियोजन गर्दै आएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिए ।
आवाज.....
जिल्ला कृषि विकास कार्यालय चितवनले गत बर्ष १ महिना लगाएर कृषकलाइ कृषि औजारमा दिइने अनुदान फारम भरेको थियो । अनुदान वितरणको प्रकृयाले केहि कृषकहरु भने लाभान्वित नहुने देखिएको छ । कृषकले ४ पांग्रे ट्याक्टर लिन चाहेमा साढे ७ विगाहा जग्गाको लालपुर्जाको प्रतिलिपि र २ पांग्रे ट्याक्टर लिन चाहेमा ४५ कठ्ठा जग्गाको लालपुर्जाको प्रतिलिपि जिल्ला कृषि विकास कार्यालयमा बुझाउनुपर्ने छ । त्यस्तै ५ लाख बराबरको अन्य कृषि औजार समेत देखाउनुपर्ने कृषि कार्यालयले जनाएको छ । जसले गर्दा यति धेरै जग्गा नभएका कृषकहरु सरकारको यस कृषिमा यान्त्रिकरण गर्ने कार्यक्रमबाट लाभान्वित हुन नसक्ने प्राविधिक सहायक नोदनाथ लामिछाने वताउंछन् ।