एटुजेटमा मोवाईल किन्दा सुनको सिक्का, ३ दिनमा १७ जनाले जिते सिक्का

स्थानिय
Typography

चितवन, असोज ४–

 

ए टू जेड मोवाइल फेस्टिवल मेला अन्तर्गत सोमबार ५ जना ग्राहकले सुनको सिक्का प्राप्त गरेका छन् । यसैगरि ११ जना ग्राहकले मोवाइल उपहार पाएका छन् । शनिबार पहिलो दिन ९ जनाले उपहार जितेका थिए । त्यस्तै दोस्रो दिन १२ जनाले सुनको सिक्का जितेका थिए । मेलामा मोवाइल खरिद गर्ने र अवलोकन गर्नेको भीड लागेको छ । असोज १ गतेदेखि ७ गतेसम्म हुने मेलामा मोवाइल खरिदमा विभिन्न उपहार योजना ल्याइएको छ ।

 

एटुजेड मोवाईल हाउसको दोस्रो स्वरुम केएल मल लायन्सचोकमा र तेस्रो स्वरुम टाँडी चोक रत्ननगरमा मेला भइरहेको छ । मोवाईल खरिदमा ५ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था, मेला अवधिभर अत्याधुनिक मेसिन र प्रविधिको प्रयोगबाट निःशुल्क मोवाईल मर्मत, हरेक मोवाईल खरिदमा आकर्षक उपहारका साथै हरेक दिन सुनको सिक्का उपहार र बम्पर उपहार अन्तरगत भाग्यशाली एक ग्राहकलाई फ्यासिनो स्कूटर प्रदान गरिने मोवाइल हाउसका संचालक दिवाकर गुरुङले बताए ।

 

 

मेलाको प्लाटिन स्पोन्सरमा सामसुङ स्मार्ट फोन, डायमन्ड स्पोन्सरमा लाभा मोवाईल, गोल्ड स्पोन्सरमा मेइजु मोवाईल र सिल्भर स्पोन्सरमा हुवावे, कलर्स, डीटीसी मोवाईल रहेका छन् । यस्तै सामाजिक उत्तरदायीत्व अन्तरगत स्पोन्सरको ५ प्रतिशत रकम बालबालिकाहरुका लागि नागरिक प्रहरी अभियान (पीटुसिटु) मा आवद्ध सडक बालबालिकाहरुलाई सहयोग प्रदान गरिने मोवाईल हाउसले जनाएको छ ।

 

चाडपर्वको अवसर पारेर आयोजना गरिएको मोवाइल मेलामा ग्राहक र अवलोकनकर्ताको भीड लागेको आयोजकले जनाएको छ । हरेक मोवाइल खरिदमा हात खालि नजाने उपहार योजना ए टू जेडले ल्याएको छ । ग्राहकको चाहना र आवश्यकतालाई मध्य नजर गर्दै मोवाइल मेलाको आयोजना गरिएको ए टू जेड मोवाइल हाउसका संचालक दिवाकर गुरुङले जानकारी दिए ।