नेपाल भूतपूर्व सैनिक श्रीमती संघ क्षेत्र नम्बर ४ एकाई १ को उद्घाटन

स्थानिय
Typography

असार ०३ ।
गत बैशाख १० गते एकाइ गठन गरिएको नेपाल भूतपूर्व सैनिक श्रीमती संघ क्षेत्र नम्बर ४ एकाई १ को शनिबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने एकाइको ११ सदस्यीय कार्यसमिति निर्माण गरिएको थियो । यमुना घिमिरको अध्यक्षतामा निर्माण भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती क्षेत्र नम्बर ४ एकाइ १ को उपाध्यक्षमा राधिका सुयल थापा, सचिवमा भगवती पौडेल, सहसचिवमा गीता अधिकारी, कोषाध्यक्षमा मिरा गौली, सहकोषाध्यक्षमा सम्झना न्यौपाने रहेका छन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा दी फेमस महेन्द्र दल गण भरतपुरका सहायक गणपति सेनानी रामबहादुर थापा रहेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चितवनका सभापति मुधसुधन ढकाल, अवकासप्राप्त सेनानी कृष्णबहादुर रानाभाट र भरतचन्द्र अधिकारी, महिला संघ सदस्य दुर्गा ढकाल, विशाल टोल सुधार समितिका सल्लाहकार देवी प्रसाद भण्डारी, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ चितवनका कोषाध्यक्ष टंक सापकोटा, भरतपुर वडा नम्बर ९ का नवनिर्वाचित वडा अध्यक्ष यमलाल कंडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष कंडेललाई स्वागत तथा सम्मान समेत गरिएको थियो । सैनिक श्रीमती संघकी अध्यक्ष यमुना घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव गीता अधिकारीले स्वागत गरेकी थिइन् ।