शीशु मृत्युदर घटाउने सम्बन्धमा तालिम प्रदान

स्थानिय
Typography

असार ०३ ।

चितवन जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शीशु मृत्युदर घटाउने सम्बन्धमा तालिम प्रदान गरेको छ । स्वास्थ्यकर्मीका लागि समुदायमा आधारित नवजात शीशु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी ३ दिने पुनतार्जकी तालिममा चितवनका अस्पताल तथा अन्य स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । विभिन्न चरणमा गरेर जिल्लाका तीन सय २८ जना स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिने उल्लेख गर्दै बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका फोकल पर्सन अनुप अधिकारीले अहिले ११ औँ र १२ औँ समूहमा तालिम प्रदान भइरहेको जानकारी दिए । जनस्वास्थ्य कार्यालयले जिल्लाका डाक्टर, नर्स, एचए, अहेव, अनमीहरुको लागि तालिम सञ्चालन गर्दै आएको छ । नवजात शीशुको स्वास्थ्य समस्या तथा बिरामी हुनुको कारण र त्यसको निदानका लागि तालिम महत्वपूर्ण हुने अधिकारीले बताए । शीशु मृत्युदर बाल रोग र बाल मृत्युदर घटनाउने उद्देश्यका साथ आयोजना गरिएको तालिमको आइतबार समापन हुँदैछ ।