सार्बजनिक जग्गाको खोजी गरि संरक्षण गरिने

स्थानिय
Typography

सार ०३ ।
खैरहनी नगरपालिका भित्र रहेको सार्बजनिक जग्गाको खोजी गरि संरक्षण गरिने भएको छ । खैरहनीका नवनिवार्चित नगरप्रमुख लालमणि चौधरीले नगर भित्रको सार्वजनिक जग्गाको पहिचान गरि त्यसलाई नगरपालिकाले संरक्षण गर्ने बताए । पर्सा खैरहनी जेसिजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिवार खैरहनीमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले आफुले वडा अध्यक्षहरुलाई सबै वडा अध्यक्षहरुलाई सार्वजनिक जग्गाको खोजी गरि प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए । सार्वजनिक जग्गाहरुको यकिन विवरण आएपछी त्यसको संरक्षण गर्दै उचित सदुपयोग गरिने उनले बताए । स्वागत कार्यक्रममा नगरप्रमुख ,उपप्रमुख र वडा अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथी रहेका उद्योग वाणिज्य महासंघ प्रदेश न ३ का सदस्य एवं उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले स्थानीय संघसंस्थाहरुले जनप्रतिनिधिहरुसंग सहकार्य गर्दै नगरको बिकासमा योगदान पुर्याउनुपर्ने बताए । पर्सा खैरहनी जेसिजका अध्यक्ष मेघराज निरौलाको अध्यक्षता भएको कार्यक्रममा पर्सा खैरहनी जेसिजका निवर्तमान अध्यक्ष सुवल सडौला ,पर्सा खैरहनी जेसिजका संस्थापक अध्यक्ष केशवराज पाठक ,खैरहनी नगरपालिकाको उपमेयर सुनिता थपलिया लगायतले मन्तव्य राखेका थिए ।