नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल

स्थानिय
Typography


असार ०४ ।
गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको चितवनको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् । विद्यालयबाट दुई सय ५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरको दोस्रो र मध्यमाञ्चलमा प्रथम भएको थियो । प्राचार्य दवाडीले राम्रो नतिजा ल्याउने देशभरका २० वटा विद्यालयमा बुझ्दा आफ्नो विद्यालय अग्रणी रहेको बताए । यो वर्षको परीक्षामा सामुदायिक विद्यालयतर्फ नारायणी नमूना मावि नै पहिलो भएको हुन सक्ने दवाडीको भनाइ छ । कुन विद्यालय पहिलो भयो भनेर एक दुई दिनमा यकिन हुने दवाडीले बताए । विसं २०२४ बाट प्रवेशिका दिन थालेको यो विद्यालयमा अहिले कक्ष १० मा दुई सय ९० जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष प्रवेश परीक्षा गराएर विद्यालयले विद्यार्थी भर्ना गर्ने गर्छ ।