खुल्ला रक्तदान कार्यक्रम

स्थानिय
Typography

असार १७ ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । संस्थाका अध्यक्ष नारायणदत्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बोदनाथ थपलियाले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, कालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति लिला बहादुर गुरुङ्ग लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा १४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।