चौबिसकोठीमा सरसफाई

स्थानिय
Typography

असार २० ।
दि फेमोस महेन्द्र दल गण भरतपुरले चौबिसकोठीमा सरसफाई गरेको छ । निमित्त गणपती रामबहादुर थापाको कमाण्डमा निस्किएको अधिकृत सहितको १२५ जनाको टोलीले ब्यारेक देखी २४ कोठी सम्मको सडक र सडक का दुबै किनारा सफा गरेको हो । आर्मीले नियमित रुपमा सफाई गर्ने गरेको र त्यही अभियान अन्त्रगत सफाई गरेको मेजर थापाले बताउनु भयो । आर्मीले बातावरण संरक्षणका क्षेत्रमा बिगत देखिनै पहल तथा प्रयास गरेको उहाको भनाई छ । जिल्लाका धार्मीक स्थल तथा सार्वजनिक स्थानमा आर्मिले बिगत देखीनै सफाई गर्दै आएको छ । टोलीले सो सडकमा फालिएका पलास्टिक जन्य फोहोरको ब्यवस्थापनका साथै सडकको दुवै किनाराको झाडि सफा गरेको उहाले बताउनु भयो । सर्वसाधारण बस्नका लागी चैबिसकोठी आसपासमा बनाईएका डिजिटल प्रतिक्षालय क्षेत्रमा सरसफाई गरि प्रतिक्षालय प्रयोगका लागी उपयोगी बनाएको उहा बताउनु हुन्छ । प्रतिक्षालयमा बसने हरलाई अत्याधिक झाडी भएका कारणले सर्प र मतक्षेणको समेत डर रहेकाले सफा गरिएको उहाको भनाई छ । प्रतिक्षालय बिगत लामो समय अगाढी निमार्ण गरिएको भएपनि फोहोर र झाडिका कारण प्रतिक्षालय प्रयोगमा आएको थिएन् । सरसफाई भएसंगै त्यस आसपासको क्षेत्र सुन्दर बनेको छ ।