कालिकामा बृद्धबृद्धालाई सम्मान

स्थानिय
Typography


शिशिर सिंखडा
खोलेसिमल २३, असार । नेपाल आदिवासी जनजाति महासंघ कालिका नगरपालिका वडा नं. ६ को आयोजनामा आज बृद्धबृद्धालाई सम्मान गरिएको छ । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा भित्रका ४५ जना बृद्धबृद्धालाई अविर खादा तथा नगद सहित सम्मान गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विनोद रेग्मी, वडा सदस्यहरु बालकृष्ण अधिकारी, दशरथ सापकोटा, सम्झना परियार, दुर्गा सुवेदी, आयोजक संस्थाका अध्यक्ष होमवहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुकुमाल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रम महासंघका जिल्ला सदस्य साउने बोटेको अध्यक्षतामा आयोजना गरिएको थियो । ((०))