सृजनशिल सहकारीद्धारा जनप्रतिनिधिलाई सम्मान

स्थानिय
Typography


पिठूवा २३, असार । सृजनशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. रत्ननगर १६ पिठुवाको आयोजनामा नव निर्वाचित प्रतिनिधिहरुलाई स्वागत तथा संस्थाका शुभेच्छुक एवम् सहयोगी निकायबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ । पिठूवा सेवा केन्द्रमा आज आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाको नव निर्वाचित उपमेयर विमला दुवाडी, वडा नं. १४ का वडा अध्यक्ष हरीकुमार श्रेष्ठ, वडा न.ं १५ का वडा अध्यक्ष हुमनाथ लामिछाने र वडा नं. १६ का हेमराज थापा सहित सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, विशिष्ठ अतिथि महिला विकास कार्यालय चितवनकी प्रमुख शान्ता पौडेल, वडा अध्यक्षहरु हरीकुमार श्रेष्ठ, हुमनाथ लामिछाने, हेमराज थापा, संस्थाको पूर्व अध्यक्ष सर्मीला लामिछाने, वडा सचिव रुप वहादुर क्षेत्री, आर्दश नारी गृहकी अध्यक्ष मिना खरेल, संस्थाकी उपाध्यक्ष कल्पना बस्नेत, सचिव अमृता लामिछाने, लगायतले मन्तव्य बोलेका थिए । महिला तथा बालबालिका केन्द्रीय कार्यालय काठमाण्डौंबाट देशभरकै उत्कृष्ठ संस्थाको रुपमा छनौट भई यसवर्ष १ लाख रुपैयाँ पुरस्कार समेत पाउन सफल यस संस्थाको प्रगती र भावि योजनाको बारेमा संस्थाकी अध्यक्ष रिता काप्रीले जानकारी गराएकी थिइन् ।  ((०))
खोलेसिमलमा महिला हिंसा सम्बन्धि प्रशिक्षण
खोलेसिमल २३, असार । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा महिला समितिको आयोजनामा महिला हिंसा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणमा संविधानमा महिलाको अधिकार, महिला हिंसाको घटना र कानुनि उपचार, महिलाको नेतृत्व विकास लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा अधिवक्ता कमलराज पाठक र महिला अधिकारकर्मी सूर्यवदना हमालले सहजिकरण गरेका थिए । कार्यक्रममा कालिका नगरपालिकाकी उपमेयर कमला भट्टराई, वडा अध्यक्ष विनोद रेग्मी, समुहकी उपाध्यक्ष कल्पना बस्नेत, सचिव अमृता लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम समुहकी अध्यक्ष कविता लामिछानेको अध्यक्षतामा आयोजना गरिएको थियो ।