चितवन, साउन २९

 MG 9450

अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो। शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आइतबार बिहान फेला परेको उनले बताए।

त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको उनले बताए। ती महिलाको सनाखत हुन सकेको छैन।

२९ साउन, चितवन ।

 

पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् ।

कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो ।

सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए ।

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

चितवनको कालिखोलामा झरेको पहिरोका कारण मुग्लिङग नारायणगढ सडकखण्ड हुदै चल्ने सवारी पुर्ण रुपमा प्रभावित भएका छन् । उक्त सडकखण्ड भएर चल्ने सवारी साधन यतिबेला मुग्लिङ्ग, आबुखैरेनी र जुगेडी तथा रामनगरमै रोकिएको छ ।

 धादिङ्गको तिघ्राखानी, झिङ्गाने डाँडा, र ज्यामिरे डाँडामा पहिरो झरेका कारण सवारी आवागमन अवरुद्ध ।

 सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पाको तिनाउ गाँउपालीका ५ चौबिस माईलमा गएराती झरेको पहिरोका कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

 पहिरोकै कारण महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको बर्दघाट नगरपालीका ४ दाउन्नेमा हिजै बाट सवारी आवागमन अवरुद्ध भएको छ । दाउन्ने मुख्य सडक भासिएको कारण सवारी आवागमन अवरुद्ध भएको हो ।

पहिरोका कारण दक्षिणकाली कुलेखानी-सिसनेरी, फाखेल- इनद्रसरोवर, पालुङ - वाघधुरा रुट भएर चल्ने सवारीहरुको आवागमन पुर्ण रुपमा प्रभावित भएको छ ।

चितवन, साउन २९

 


लगतारको भारी वर्षाका कारण पूर्वी चितवनको अधिकांश क्षेत्र डुबानमा परेको छ । राप्ती नदी र अन्य स–साना खोलामा आएको बाढीले ती क्षेत्रका घरहरु डुबानमा परेका छन् । पर्यटकीय नगरी सौराहामा राप्ती नदी पस्दा पुरै सौराहा डुबानमा परेको छ ।

गयराती ११ बजेदेखि बाढी पस्न सुरु गरेपछि अधिकांस होटल, रेष्टुरेन्टहरु डुबाएको छ । राप्ती नदीको बांध नाघेर सौराहामा बाढी पसेको हो । बाढीको कारण सौराहाका केही होटल बाहेक अधिकांस होटल डुवाएको छ,क्षेत्रिय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरले जानकारी दिए । डुवानमा परेका होटलहरुले पर्यटकहरुलाई माथिल्ला कोठाहरुमा सारीएको घिमिरेको भनाइ छ । पूर्व सतर्कताका कारण मानवीय क्षति भने भएको छैन ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.