असोज ३१ ।
महाकवि लक्ष्मि प्रसाद देवकोटाको सम्झनामा मंगलबार भरतपुरमा कविता वाचन गरिएको छ । १०९ औं लक्ष्मि जयन्तिको अवसरमा कविता बाचन गरिएको हो । देवकोटा बन्धु समाज चितवन, लायन्स क्लब इन्टरनेशनल ३२५ वि टु नेपाल र लायन्स क्लब अफ चितवन सेन्ट्रलको संयुक्त आयोजनामा देवकोटाका कविताहरु वाचन गरिएको हो । महाकवि लक्ष्मि प्रसाद देवकोटाको परिचय र इतिहासलाइ पुर्नताजगि गर्नका लागि कविता बाचन कार्यक्रमको आयोजना गरिएको देवकोटा बन्धु समाज चितवनका अध्यक्ष सिताराम देवकोटाले वताए । साहित्यकार प्रेम विनोद नन्दन लगायत विभिन्न साहित्यकारहरुले कविता वाचन गरेका थिए । देवकोटाको २० भन्दा बढि कविता वाचन गरिएको सिताराम देवकोटाले वताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि टु नेपालका पुर्व गर्भनर घनश्याम भट्टराई, लायन्स क्लब अफ चितवन सेन्ट्रलका प्रमुख गौरीभक्त वाग्ले, सामालोचक धनेश्वर भट्टराई लगायत अन्य साहित्यकारहरुको सहभागिता रहेको थियो ।


असोज ३१ ।
नारायणी मोटर्सका प्रोपाइटर बालगोपाल चुकेकी श्रीमती अनुषा चुकेले आफ्नो जन्मदिनको खर्च कटाएर मानब सेवा आश्रमलाई सहयोग गरेकी छिन् । अँफ्नो ४० औ जन्मदिनको अबसरमा अनुषा चुकेले सर्बोतकृष्ट जीवनः शाश्वत चिन्तनद्धारा सञ्चालीत मानब सेवा आश्रम चितवन शाखालाई २५ हजारको चेक हस्तान्त्रण गरेकी हुन् । सो चेक मानव सेवा आश्रममा सञ्चालन भएको अक्षयकोषमा जम्माहुने मावन सेवा आश्रमले जनाएको छ । चुकेले आफ्नो जन्मदिनको अबसरमा मानव सेवा आश्रमका ४७ जनालाई फलपुपल समेत बितरण गर्नू भएको थियो ।रकम हस्तान्त्रण तथा फलफुल बितरण कार्यक्रममा चुकेले दिन दुखी र गरीबलाई सहयोग गर्न पाउदा आँफु खुशी भएको बताउनु भयो ।


असोज ३० ।
बेसारमा मैदा मिसाई अवैधानिक रुपमा उत्पादन एवं विक्री गर्ने राजु मसला उद्योगलाइ बन्द गराइएको छ । नारायणगढको कमलनगरस्थित राजु मसला उद्योगमा अवैधरुपमा मैदा मिसाएर बेसार बनाउंदै गर्दा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले फेला पारेको थियो । उद्यँेगलाइ बयानका लागि प्रशासन कार्यालय बोलाइएको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए । त्यस्तै सोमबार नारायणगढ बजारका विजुली पसलहरुको अनुगमन गरिएको छ । ५ ओटा विजुली पसलको अनुगमन गरिएकोमा एउटा पसलले मात्रै खरिद विल देखाएको थियो । अरु पसलले खरिद विल देखाउन नसकेपछि बयानका लागी प्रशासन कार्यालय बोलाइएको बजार संरक्षण अधिकृत शर्माले वताए । लायन्सचोकस्थित खरेल इलेक्ट्रिकले खरिद विल देखाएको हो । यसले झालर बत्तिमा २ सय ८० प्रतिशत नाफा लिएर विक्री गरेको पाईएको छ । त्यस्तै लामिछाने विजुली पसलले खरिद विल देखाउन नसकेको शर्माले जानकारी दिए । खरिदविल माग गर्दा फरार भएका पसल सञ्चालकले उद्यँेग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठलाइ लिएर आएका थिए । खरिदविल माग गर्दा नदिने पसलहरुलाइ बयान लिएर छाड्ने काम भएको छ । अनुगमनको भने कुनै प्रभावकारीता देखिएको छैन ।

असोज २९ ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति कुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिकसभामा सहकारीसम्बन्धी लोकगित प्रतियोगिता आयोजना गरिएको हो । पन्चदीप राष्ट्रिय प्राथमिक विद्यालय सालघारिमा भएको सो कार्यक्रममा जागृति महिला समूह प्रथम,चिसापानी सुनौलो महिला समुह द्धितिय हँदा पन्चकन्या आमा समुह तृतिय भएको थियो । रत्ननगर नगरपालिका कार्यालयका नगरप्रमुख नारायण वनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सुशीला खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुको थियो । संस्थाका अध्यक्ष पार्वति न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष विनिता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.