मापसे नियन्त्रणका लागि एनआरएन हिरोसिमा जापानले जिल्ला ट्राफिकलाइ ब्रेथ लाइजर हस्तान्तरण

प्रमुख समाचार
Typography

जेठ ०४ ।
चितवनमा मापसे नियन्त्रणका लागि एनआरएन हिरोसिमा जापानले जिल्ला ट्राफिकलाइ ब्रेथ लाइजर हस्तान्तरण गरेको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरिलाइ ब्रेथ लाइजर प्रदान गरिएको एनआरएन हिरोसिमा जापानका अध्यक्ष रवि गैरेले जानकारी दिए । जिल्ला प्रहरि कार्यालय चितवनको हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि १ ओटा ठुलो ब्रेथ लाइजर मेसिन, ३ ओटा सानो डिजिटल ब्रेथ लाइजर र १० ओटा रिफ्ल्याक्टर ज्याकेट जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलाइ हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मध्य क्षेत्रिय प्रहरि प्रमुख एवं प्रहरि नायव महानिरिक्षक गणेश केसीले सवारी दुर्घटनाको मुख्य कारण ड्रिंक एण्ड ड्राइभ रहेको भन्दै एनआरएन जापानको सहयोग एकदमै स्वागत योग्य रहेको वताएका थिए । अपराधको एउटा कारण मापसे पनि रहेको भन्दै उनले मापसे नियन्त्रणका लागि ट्राफिकलाइ थप स्रोत साधन उपलब्ध भएको वताए । ब्रेथ लाइजरको सहि सदुपयोग गर्न समेत उनले ट्राफिक प्रहरिलाइ निर्देशन दिए ।

त्यस्तै जिल्ला प्रहरि कार्यालय चितवनका प्रमुख एवं प्रहरि उपरिक्षक दिपक थापाले मानविय क्षति हुन नदिन ब्रेथ लाइजर मेसिन प्रभावकारी हुने विश्वास व्यक्त गरे । मापसे चेकिङका लागि सवारी चालकलाइ मुख खोल्न लगाउनुपर्ने बाध्यता रहेको भन्दै उनले मेसिनको आजै देखि परिक्षण गरिने जानकारी दिए । त्यस्तै ट्राफिक प्रहरि प्रमुख एवं प्रहरि निरिक्षक सन्तोष पन्तले ट्राफिक प्रहरिले कमी महसुस गरेको सामग्री एनआरएन ले उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । यस अघि ५ ओटा ब्रेथ लाइजर रहेको ट्राफिक प्रहरि कार्यालयमा ४ ओटा काम नलाग्ने गरि विग्रिएपछि १ ओटा मात्रै चालु अवस्थामा रहेको थियो । सो सामग्री चलचित्र निर्माण निर्देशक संघका उपाध्यक्ष एवं समाजसेवी दिपक खांडको समन्वयमा एनआरएन जापानले सहयोग उपलब्ध गराएको हो ।

Sign up via our free email subscription service to receive notifications when new information is available.