भरतपुर महानगरपालिकाले मेयर र उपमेयरलाई स्वागत गर्न तयारी सुरु

प्रमुख समाचार
Typography

जेठ ०४ ।
भरतपुर महानगरपालिकाले मेयर र उपमेयरलाई स्वागत गर्नको लागि विभिन्न तयारी सुरु गरेको छ । वैशाख ३१ गते स्थानीय तहको निर्वाचन भएपछि मतगणना जारी रहदै गर्दा जनप्रतिनिधिलाई स्वागत गर्न महानगरपालिकाको भवन सजावटदेखि अन्य तयारी समेत थालिएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीका अनुसार मेयर र उपमेयर बस्ने कार्यकक्षदेखि सभाहल समेत व्यवस्थापन गरिदैछ । अहिले महानगरपालिकाको कार्यकारी अधिकृत बस्दै आएको कार्यकक्षलाई मेयरको कार्यकक्ष र २०५४ सालको उपमेयर बसेको ठाउँमा नयाँ उपमेयर बस्ने गरि व्यवस्थापन गरिएको जोशीले बताउनुभयो । पुरानो सभाहललाई आधुनिक रुपमा सुविधा सम्मन्न बनाउँदै बोर्ड बदस्यको बैठक बस्नको लागि छुट्टै बैठक कक्ष निर्माण गरिएको जोशीले जानकारी दिनुभयो । मेयर बस्ने कार्यकक्षमा फर्निसिङका सबै सामान तयार भएको भएपनि उपमेयरको लागि नयाँ व्यवस्थापन गर्ने तयारीमा महानगरपालिका लागेको जोशीको भनाइ छ । नयाँ मेयर र उपमेयरको लागि निजी सचिवालय सहित गाडी र सुरक्षाको प्रबन्ध समेत मिलाइसकिएको जोशीले बताउनुभयो । जोशीका अनुसार मेयर र उपमेयरलाई सुरक्षाको लागि एक÷एक जना नगर प्रहरीको समेत व्यवस्था गरिनेछ ।

Sign up via our free email subscription service to receive notifications when new information is available.