पुष ०१ ।


चितवनको सबै क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको भएपनि मेघौली क्षेत्र विशेष महत्व राख्ने पर्यटकीय क्षेत्र भएको स्थानीय बताउँछन् । मेघौली सहित पश्चिम चितवनको पर्यटन विकासमा हरदम लाग्ने त्यहाँका जनप्रतिनिधिहरुको भनाइ छ । पर्यटकीय दृष्टिकोणले मेघौली राम्रो भएको भएपनि छायामा पारिएको जनप्रतिनिधिहरु बताउँछन् । चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा कबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले पश्चिम चितवनलाई कृषि, शिक्षा र वाइल्ड टुरीजमको रुपमा विकास गर्नुपर्ने बताउँछन् । उक्त क्षेत्रमा मानव वन्यजन्तुको द्वन्द्वलाई न्यूनीकरण गर्दै पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिने भुर्तेलको भनाइ छ । नारायणी र राप्ती नदी आफु्नो क्षेत्रमा पर्ने भएकोले प्रदेशसभा खबाट निर्वाचित रामलाल महतोसँग मिलेर नदी व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने भुर्तेलले बताए ।

कार्यक्रममा मन्तव्य राख्दै चितवन क्षेत्र नम्बर ३ खका निर्वाचित प्रदेशसभा सदस्य रामलाल महतोले पछिल्लो समय पश्चिम चितवनमा समेत पर्यटकीय चहलपहत हुन थालेको भएपनि अपेक्षाकृत रुपमा पर्यटक बढ्न नसकेको बताए । पश्चिम चितवनलाई सौराहासँग जोड्दै माडीको समेत पर्यटकीय क्षेत्रको उजार गर्ने महतोको भनाइ थियो । भरतपुरलाई राजधानीपछिको ठूलो शहर बनाउनको लागि त्यहाँको विमानस्थल मेघौलीमा नै सार्नुपर्ने महतोको भनाइ छ ।

उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले मेघौली विमानस्थल सञ्चालन गर्नको लागि पूर्वाधारहरु थप्नुपर्ने बताए । चितवनको पुरानो विमानस्थल भएको भएपनि त्याहाँ पूर्वाधारहरु पर्याप्त रुपमा नभएकोले पूर्वाधार थप गर्दै मेघौलीका जनताहरुले समेत उक्त विमानस्थलको सुविधान लिनुपर्ने सुवेदीको भनाइ थियो ।

पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको मेघौलीमा सूर्यास्तको दृश्यावलोकन, वन्यजन्तुको दृश्यावलोकनलगायतका पर्यटकीय गतिविधि हुने गर्दछन् । उक्त क्षेत्रमा थारु होम स्टे, थारु संग्रहालय स्थापना भइरहेको छ भने मेघौलीको पर्यटन प्रवर्धनको लागि मेला महोत्सवहरु समेत हुने गरेका छन् ।

पुस ०१ । 

चितवन राष्ट्रिय निकुञ्जको मेघौली क्षेत्रमा वयस्क गैंडा मृत फेला परेको छ । शनिबार बिहान चार बजेतिर मेघौली घाटदेखि करिब पाँच सय मिटर दक्षीणतर्फ राप्ती नदीमा मृत फेला परेको हो । करिब २५ वर्ष उमेरको भाले गैंडा कालगतिले मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । उक्त वयस्क भाले गैंडा राप्ती नदीमा मृत रुपमा फेला परेको हो । 

उक्त मृत गैंडाको मुचुल्का खडा गरेर खाग र खुर निकालेर चितवन राष्ट्रिय निकुञ्जमा लगेर पुरिएको छ । राष्ट्रिय गैंडा गणना २०१५ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय पाँच वटा गैंडा रहेका थिए । गैंण गणना पश्चात, प्राकृतिक विपत्ती, कालगति र चोरी शिकारीका कारण ३० वटा जति गैंडा मरेका निकुञ्जले जनाएको छ ।

 

k'; )! .

lrtjg /fli6«o lgs'~hsf] d]3f}nL If]qdf jo:s u}+8f d[t km]nf k/]sf] 5 . zlgaf/ laxfg rf/ ah]lt/ d]3f}nL 3f6b]lv sl/a kfFr ;o ld6/ bIfL0ftkm{ /fKtL gbLdf d[t km]nf k/]sf] xf] . sl/a @% jif{ pd]/sf] efn] u}+8f sfnultn] d/]sf] lrtjg /fli6«o lgs'~hn] hgfPsf] 5 . pQm jo:s efn] u}+8f /fKtL gbLdf d[t ?kdf km]nf k/]sf] xf] .

afO6=== 5q v8\sf, /]Gh/, lrtjg /fli6«o lgs'~h

pQm d[t u}+8fsf] d'r'Nsf v8f u/]/ vfu / v'/ lgsfn]/ lrtjg /fli6«o lgs'~hdf nu]/ k'l/Psf] 5 . /fli6«o u}+8f u0fgf @)!% cg';f/ lrtjg /fli6«o lgs'~hdf 5 ;o kfFr j6f u}+8f /x]sf lyP . u}+0f u0fgf kZrft, k|fs[lts ljkQL, sfnult / rf]/L lzsf/Lsf sf/0f #) j6f hlt u}+8f d/]sf lgs'~hn] hgfPsf] 5 .

पुष १ । –


सौराहा हर्न निषेधित क्षेत्र घोषणा चितवनको पर्यटकीय नगरी सौराहालाई आजबाट हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । हात्ती महोत्सवको पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले आजबाट लागु हुने सौराहा क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेका हुन । आज बाट यही पुस १५ गते सम्म प्रचार प्रसार अबधिको रुपमा लिई जनचेतना जगाउन र स्थानीय स्तरमा सन्देश प्रबाह गर्न थालिएको पन्तले बताए । मानिसमा मात्र जनावरमा पनि हर्नको कारणले असरको बारेमा समेत जानकारी गराईने उनले बताए । यस अघि चितवनको नारायणगढ,भरतपुरका मुख्य सडकहरुमा भदौं १ गते देखि हर्न विषेधित क्षेत्र घोषणा गरिएको थियो ।

मंसिर २९ ।


सबै जातजातिले मनाउने मौलिक लोक संस्कृतिको संरक्षणमा राज्यका निकायहरु लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालको प्रथम साधारणसभा तथा अधिवेशनका क्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले संस्कृतिले जातिहरुको पहिचान गराउने भएकाले त्यसको संरक्षणमा सबै जुट्नुपर्ने बताएका हुन् । कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले पछिल्लो समय शासन व्यवस्था फेरिएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताउनुभयो । सिमान्तकृत समुदायका व्यक्तिहरु लामो समयदेखि बसेको ठाउँ समेत जंगलमा पारिएकोले अब तिनीहरुलाई समेत समेट्दै नवनिर्माणमा लाग्नुपर्ने पोखरेलको भनाइ छ ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले धर्मसंस्कृति लोप हुँदै गएकोले समुदायदेखि राज्यका सबै अंगहरु संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीय लोक संस्कृतिको संरक्षणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । यसैबीच, शुक्रबार भएको अधिवेशनले तीन वर्षे कार्यकालको लागि निर्जनलाल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्तकुमार पिया, सचिवमा ईश्वरकुमार श्रेष्ठ, कोषाध्यक्षमा शुभद्रा श्रेष्ठ निर्वाचित भएका छन् ।

 सौराहा,०१ पुस ।–

चितवनको सौराहामा यही पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव हुने भएको छ र्। समाज,संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हात्ती बनभोज कार्यक्रम,हात्ती फाष्टवाक प्रतियोगिता,हात्तीको छावाहरुको फुटवल प्रतियोगिता,हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन । त्यसैगरी हात्ती पोलो प्रतियोगिता,हात्ती पेन्टीङ प्रतियोगिता,हात्ती बार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृति कार्यक्रम रहेको छ । अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिख सम्म हुने कार्यक्रमको मुख्य आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहा रहेको छ । भने मुख्य सह आयोजकमा युनाईटेड हात्ती हात्ती सहकारी संस्था रहेको छ । त्यसैगरी सहआयोजकमा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति,बाघमारा र चित्रसेन मध्यवर्ती सामुदायिक वन,रेवान सौराहा,सौराहा बचत तथा ऋण सहकारी संस्था र साना पर्यटन व्यवसायी समुह रहेका छन । चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मुख्य प्रर्बधक नेपाल पर्यटन बोर्ड रहेको छ भने संरक्षण रत्ननगर नगरपालिका रहेको छ । सो महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने व्यक्तिहरुलाई पुरस्कृत र सम्मान समेत गरिने सौराहामा आज शनिवार पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसंगै , हात्ती फाष्टवाक प्रतियोगिता २० वटा,हात्तीको छावाहरुको फुटवल प्रतियोगितामा १० वटा,हात्ती श्रृगार प्रतियोगितामा ५ वटा,हात्ती पोलो प्रतियोगितामा ८ वटा ,हात्ती पेन्टीङ प्रतियोगितामा ५ वटो,हात्ती बार्थिङ कार्यक्रममा ५ वटा हात्तीहरुलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए । सो महोत्सवमा प्राथमिक उपचारको लागि हात्तीका विशेषज्ञ समेत परिचालन गरिने छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतमा कार्यक्रम भएको थियो ।

मंसिर २९ ।


आगामी माघमा हुन लागेको स्काउटहरुको जेम्बोरीका लागि स्काउटको केन्द्रिय समितिले स्थलगत निरीक्षण गरेको छ । माघ २१ गतेदेखि २६ गते सम्म हुन लागेको देशभरका स्काउटहरुको सम्मेलन जेम्बोरीको लागि केन्द्रिय समितिले उचित स्थानको खोजि गरिरहेको छ । जेम्बोरी गर्नका लागि रत्ननगरको टिकौली चौरको सम्भाव्यताको राष्ट्रिय तदर्थ समिति संयोजक चन्दन कौशिक लगायत केन्द्रिय पदाधिकारीहरुले निरीक्षण गरेका छन् । निरिक्षणका लागि चितवन आएका बेला जिल्ला स्काउट कार्यालय चितवनले केन्द्रिय पदाधिकारीलाइ स्वागत गरेको हो । स्काउटको जेम्बोरी तेस्रो पटक हुन लागेको हो । जेम्बोरीमा देशभर र विदेश बाट समेत गरि हजारौं स्काउटहरुको सहभागिता रहने राष्ट्रिय तदर्थ समिति संयोजक चन्दन कौशिकले जानकारी दिए । यसअघि ०७० सालमा भएको राष्ट्रिय जेम्बोरीमा ११ देशका स्काउटहरुको सहभागिता रहेको थियो । स्काउटले देशमा परेको भवितव्य प्राकृतिक घटना देखि सामाजिक कामहरु समेत गर्दै आएको छ । चितवनमा करिब ५ हजार स्काउट रहेका छन् । स्काउटमा ५ देखि ११ बर्षसम्मलाइ कब्राउनी, ११ देखि १६ बर्षसम्मलाइ स्काउट र १६ देखि २५ बर्ष सम्मलाइ रोभर रेन्जर समुहमा विभाजन गरिएको हुन्छ । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मनोज गैरे, स्काउटका पुर्व आयुक्त एवं इन्टरनेशनल स्काउट गाइड फेलोसिपका राष्ट्रिय अध्यक्ष श्रीराम लामिछाने लगायत जिल्लाका स्काउट मास्टर एवं विद्यार्थिहरुको सहभागिता रहेको थियो ।


मंसिर २९ ।


गत वर्षको तुलनामा यो वर्ष चितवनमा धानको उत्पादनमा कमी आएको छ । गत साउनको अन्तिम साता आएको बाढीले खेतीयोग्य जमिनमा असर पु¥याउँदा यो वर्ष धान उत्पादनको क्षेत्रफल नै घटेको थियो । जसले गर्दा यो वर्ष कम उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । गत वर्ष २९ हजार २०० हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएका थियो भने यो वर्ष बाढीले २०० हेक्टर क्षेत्रफल जमिनमा क्षति पु¥याएको कार्यालयको तथ्यांकमा उल्लेख छ । ‘यो वर्ष बाढीले खेतीयोग्य जमिनमा असर पु¥याउँदा गत वर्षभन्दा २०० हेक्टर कम क्षेत्रफलमा मात्रै धान लगाइएकोले पनि उत्पादनमा ह्रास आएको हो,’ जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले भने । बाढी पहिरो सँगसँगै रोग किराको प्रकोप पनि यो वर्ष बढी भएकोले उत्पादनमा कमी आएको उनको भनाइ छ । कार्यालयको तथ्यांकअनुसार गतवर्ष एक लाख दुई हजार दुई सय मेट्रिक टन धान उत्पादन भएको चितवनमा यो वर्ष जम्मा ९७ हजार ५०० मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । कार्यालयको तथ्यांकअनुसार गत वर्षको तुलनामा यसवर्ष ४७ हजार मेट्रिक टन अर्थात् करिब चार प्रतिशत उत्पादनमा ह्रास आएको छ ।

बाढीले सबैभन्दा बढी माडी क्षेत्रका खेतीयोग्य जमिनमा क्षति पु¥याएको कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठका अनुसार माडी क्षेत्रमा मात्रै करिब १०० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ । बाँकी १०० हेक्टर क्षेत्रफल पूर्वी चितवन तथा पश्चिम चितवनका खेतियोग्य जमिन रहेको उनले बताए । चितवनलाई धान खेतीको लागि भण्डार नै मानिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी उत्पादन हुने गर्छ । यो क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी सिँचित भएको क्षेत्र हो । चितवनमा प्रतिवर्ष प्रशोधित खाद्यान्नको आवश्यकता ६ हजार मेट्रिक टन हो । तर, यहाँ धान मात्रै वार्षिक करिब एक लाख हेट्रिक टन उत्पादन हुन्छ । खाद्यान्न भित्र पर्ने सबै उत्पादन हेर्ने हो भने यो तथ्यांक धेरै माथि छ । त्यसैले यहाँको उत्पादनले चितवनसहित विभिन्न पहाडी जिल्लाहरूलाई पनि धानेको छ । चितवनमा हुने उत्पादनको ३५ देखि ४० प्रतिशत उत्पादन साबित्री जातको धान मात्रै उत्पादन हुने कार्यालयले जनाएको छ । त्यसपछि राधा–४, हदीनाथ–१, सावा मन्सुली, रामधान (वार)लगायतका धान पनि उत्पादन हुँदै आएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिए ।

More Articles ...