भरतपुर महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले विजय ¥यली

प्रमुख समाचार
Typography

जेठ ०६ ।

 

भरतपुर महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेले विजय ¥यली निकालेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेको प्यानल नै विजयी भएपछि शनिबार विजय ¥याली निकालिएको हो । भरतपुर ९ मा एमालेको वडा अध्यक्ष यमलाल कंडेल सहित प्यानल नै विजयी भएको थियो । शुक्रबार दिउँसो नै मुख्य निर्वाचन अधिकृतले कंडेल सहितको प्यानल नै विजय भएको घोषणा गरेको भएपनि केही बिबाद देखिएपछि विजय ¥याली निकालिएको थिएन । शनिबार सर्वदलीय बैठकबाट सहमति भरतपुरको बाँकी वडाको मतगणना सुरु गरेपछि मात्रै वडा कमिटिले विजय ¥याली निकालेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ९ बाट कंडेल सहित खुला सदस्यमा किशोर सापकोटा, सूर्य प्रसाद खनाल, दलित महिलामा सुमिता कुमारी विक र महिला सदस्यमा रत्नकुमारी अधिकारी विजयी भएका हुन् । भरतपुर ९ मा एमालेले अध्यक्ष सहित अन्य सदस्य पदमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई फराकिलो मतले पछाडि पारेका थिए ।