जुनियर प्रहरी अधिकृत शिक्षालयको क्षमता अभिवृद्धि गरिदै

प्रमुख समाचार
Typography


असार ०४ ।
प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकको तालिम सञ्चालन गर्दै आएको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरले क्याडेटलाई दिने सम्पूर्ण तालिम शिक्षालय भित्रै दिने व्यवस्था मिलाउने तयारी गरेको छ । विक्रम सम्बत २०५० सालमा स्थापना भएको जुनियर प्रहरी अधिकृत शिक्षालय केही वर्ष अगाडि मात्रै चितवनमा आएको हो । चितवनमा रहेको मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सिन्धुलीको दुधौलीमा लगिएपछि शिक्षालय चितवनमा सारिएको थियो । शिक्षालयले जुनियर प्रहरी अधिकृतहरुलाई बेसिक र एडभान्स तालिम प्रदान गर्दै आएको छ । देशभरीबाट प्रहरी सहायक निरीक्षक (असई)मा छनौट भएका कर्मचारीको दुई सय ५५ दिनको आधारभूत तलिम भरतपुरमा सञ्चालन हुँदै आएको छ । त्यसका अलावा प्रहरी कर्मचारीलाई आवश्यक पर्ने अन्य छोटा तालिमहरु समेत प्रदान भइरहेको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले बताए । ७० हजार प्रहरी रहेकोमा २० हजार जुनियर प्रहरी अधिकृतहरु रहेका उल्लेख गर्दै सिनियर प्रहरीको लागि समेत तालिम दिन सक्ने गरि पूर्वाधार बनाउन लागिएको चन्दको भनाइ थियो । शिक्षालयले क्याडेटहरुलाई फायरिङ तालिम गराउनका लागि आफ्नै हाताभित्र पूर्वाधार तयार गर्ने, पानीमा खोज र उद्धार तालिमको लागि सोही अनुरुपको पौडी पोखरी निर्माण हुने क्रम जारी रहेको चन्दले बताए । त्यसैबीच, हामीले आफ्नो जन्मूमिलाई जन्मको ऋण तिर्नुपर्ने भन्दै आध्यात्मसँग जोडेर सामाजिक काम गर्नको लागि मातृभूमि संस्था खोलिएको चन्दको भनाइ छ । हरेक मानिस सुन्दर, शक्तिशाली, विद्वान, प्रख्यात, धनी र त्यागी हुने आकांक्षा राख्ने उल्लेख गर्दै त्यसको लागि सामाजिक कामा जरुरी रहेको चन्दले बताए । मातृभूमिको ऋण तिर्न तथा आध्यात्म तर्फ मन लैजानको लागि पनि पाथीभरादेखि दार्चुलासम्मको एक सय आठ वटा वि विभिन्न मन्दिरहरुको विस्तृत जानकारी सहितको तस्बिरहरु तयार पारेर वेब साइडमा राख्ने तयारी भएको चन्दले जानकारी दिए । मन्दिर वरिपरी धार्मिक वृक्षहरु रोपेर धार्मिक कामसँगै प्राकृतिक काम गर्दै वातावरण जोगाउनको लागि आफूहरुले नयाँ अभियान सुरुआत गरेको चन्दको भनाइ छ ।