संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने राष्ट्रिय शिबसेना नेपाल पार्टीको चेतवानी

प्रमुख समाचार
Typography

असार ०४ ।


राष्ट्रिय शिबसेना नेपाल पार्टीलका केन्द्रिय अध्यक्ष बिक्रम बहादुर बमले अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी दिएका छन् । राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कार्यसमिती चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । आगामी मङिसर ४ गतेभित्र अहिलेको संविधान खारेजगरी ०४७ सालको संबिधान कार्यन्वयन नगरे आगामी माघ २३ गते ससस्त्र धार्मीक युद्ध घोष्णा गर्ने उनले चेतवानी दिएका हुन् । राष्ट्र र राष्ट्रियता रक्षाका लागी आफ्ना पार्टीका सबै कार्यकताहरु जस्तोसुकै मुल्य चुकाउनपनी पछि नपर्ने उनको भनाई छ । ९० प्रतिशत सभासदको हस्ताक्षरमा संबिधान जारी भएपनी देशका ९० प्रतिशत जनताले अहिलेको संबिधानलाई अपनत्व नगरेको उनको बुझाई छ । अखण्ड नेपालको बिकल्प नभएको भन्दै उनले गणातान्त्रिक संबिधान बाट देशले निकास नपाउने ठोकुवा गरे ।अहिलेको संबिधानले धार्मीक,जातिय एंब भौगलीक द्धन्द निमत्याउने उनको बुझाई छ । अहिलेको स्थानीय निकायको कुनै औचित्य नभएको भन्दै शिबसेनाले स्थानीय निकायको चुनाब बहिस्कार गरेको उनको भनाई छ ।
यसैबिच राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कमिटी चितवनको पुनरगठन गरिएको छ । चिज कुमार श्रेष्ठको अध्यक्षताामा आगामी ५ बर्ष कार्यकालका लागी नया कार्यसमिती गठन गरिएको हो । नबगठित कार्यसमितीको उपाध्यक्षमा रामराजसिंह ठकुरी,पुजा रिमाल,सचिबमा विश्वराज न्यौपाने,र कोषाध्यक्षमा रामचन्द्र पिया रहेका छन् । त्यस्तै सदस्यह?मा सानुमाया शाक्य,?दबहादुर सेन ठकुरी,सिधु पन्त,दिपकसिंह ठकुरी,दिपेन्द्र रेग्मी,श्यामसुन्दर राज बिष्ठ,रहेका छन् । राष्ट्रिय शिबसेना नेपाल पार्टीले हालसम्म देशका ४३ जिल्लमा आफ्नो संगठन बिस्तार गरेको जनाएको छ ।