आर्थिक समृद्धिका लागि राज्यको स्पष्ट भिजनको अभाव: उपप्रधान एवं परराष्ट्र मन्त्रि कृष्णबहादुर महरा

प्रमुख समाचार
Typography

असार २६ ।


उपप्रधान एवं परराष्ट्र मन्त्रि कृष्णबहादुर महराले नेपालको आर्थिक समृद्धिका लागि राज्यको स्पष्ट भिजनको अभाव रहेको वताएका छन् । रत्ननगर उद्योग बाणिज्य संघको १८ औं साधारण सभा तथा ८ औं अधिबेशनलाइ सोमबार सम्बोधन गर्दै मन्त्रि महराले आर्थिक समृद्धिका लागि स्रोत साधन र श्रमिक प्रयाप्त रहेपनि स्पष्ट भिजन नहुंदा समस्या भएको वताएका हुन् । आर्थिक क्रान्तिका लागि राज्यको तिन खम्बे अर्थनिति नै उत्कृष्ट रहेको वताउंदै उनले यसको कार्यान्वयन गर्न उद्योगि व्यवसायीहरुलाइ आग्रह गरे । सरकारले आन्तरिक उत्पादन बृद्धिका लागि लगानीमैंत्री बातावरण बनाउनुपर्ने वताए । पुर्व अर्थमन्त्रि समेत रहेको उपप्रधानमन्त्रि महराले चितवनको पर्यटन पुर्वाधार र कृषि उत्पादनमा प्रशस्त सम्भावना रहेको वताए । राष्ट्रिय अर्थतन्त्रमा यहांको निजि क्षेत्रले उल्लेखनिय योगदान पु¥याएको भन्दै उनले आर्थिक समृद्धिका लागि सरकारी, सहकारी र निजी क्षेत्र सहकार्य गर्नुपर्ने वताए । सांसद काशिनाथ अधिकारीले चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा ९ खर्बको सामान आयात गरेको वताए । आयातित सामानको प्रतिस्थापनका लागि निजी क्षेत्रको लगानी बढाउन लगानीमैंत्री बातावरण बनाउनुपर्ने उनको भनाइ छ । नितिगत सुधारका लागि सरकारले ठोस कदम चाल्नुपर्ने उनले वताए । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का संयोजक तथा एक जिल्ला एक उत्पादन कार्यक्रमका प्रमुख गुणनिधि तिवारीले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपुर्ण रहने वताए । उद्योग स्थापना र बन्द भएका उद्योगको पुन सञ्चालनका लागि सरकारले प्रकृया थाल्नुपर्ने वताए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सरकारी निकाय संग सहकार्य गर्ने विश्वासीलो वातावरण निजी क्षेत्रले निर्माण गर्न आग्रह गरे । केहि उद्योग व्यवसायीले सेवा प्रवाहमा सिण्डिकेट गर्ने गरेको वताउंदै त्यस्ता गतिविधि अन्त्य गर्न सुझाव दिए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले नारायणगढ मुग्लिन सडक विस्तार कार्यको ढिलासुस्तिले सौराहको पर्यटक संख्यामा कमि आएको भन्दै सरकारको ध्यानाकर्षण गरे । त्यस्तै रत्ननगर लगायत चितवनकै पर्यटन विकासका लागि पोखरा चितवन हवाई मार्ग सुचारु गर्नुपर्ने उनको धारणा छ । त्यस्तै मुख्य राजमार्गमा अन्तर्गतको रत्ननगरको सडक निर्माणमा ढिला भएको भन्दै उनले डिभिजन सडकले लापरबाहि गरेको वताए । यसविच रत्ननगर उद्योग बाणिज्य संघको अधिबेशन केहि ढिलो गरि शुरु हुने भएको छ । यसअघि सर्व सम्मत नयां कार्यसमिति चयन गर्ने भनिएको भएपनि विभिन्न गुटका व्यवसायीको असमझदारीले निर्वाचन गर्ने तयारी गरिएको हो ।