टेण्डर प्रक्रिया खारेज गर्न माग

प्रमुख समाचार
Typography

असार २७ ।
फलफुल तथा तरकारी थोक वजार व्यवसायी संघ चितवनले महानगरपालिकाले आव्हान गरेको टेण्डर प्रक्रिया खारेज गर्न माग गरेको छ । आज संघले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर महानगरले नारायणगढको फलफुल तथा थोक वजार विस्थापित र विघटन गराउन सुनियोजित ढङ्गले टेण्डर आव्हान गरेको वताएको छ। संघले भरतपुर महानगरका कार्यकारी अधिकृतलाई ज्ञापनपत्र वुझाउदैं आजदेखी चरणवद्ध आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । भरतपुर महानगरपालिकाले असार ८ गते फलफुल तथा तरकारी थोक वजारमा व्यवसाय गर्नका लागी सार्वजनिक टेण्डर आव्हान गरेको थियो । तर त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् । उनिहरुले सर्वपक्षिय समिति गठन गर्न,नगरको खालि ठाँउमा वृहत फलफूल तथा तरकारी थोक वजार निर्माण एवँ स्थान्तरण गर्न कार्यदल गठन र ठेकेदारी प्रथा अन्त्य गर्न माग गरेका छन् । ३ वर्ष्भित्र उपयुक्त स्थानमा बजार स्थानान्तरण र त्यसअवधीमा वार्षिक १५ प्रतिशतले भाडा वृद्धि गर्दै लैजाने यसअघि भएको सहमती महानगरले उलंघन गरेको व्यवसायीको ओरोप छ । जनप्रतिनिधि आउने क्रममानै रहेका वेला न्यूनतम ५५ प्रतिशत भाडा वृद्धि हुने गरि टेण्डर आव्हान भएको फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थिर प्रसाद धिताल (कृष्ण) ले वताउनु भयो। उहाँले माग सुनुवाई नभए कडा आन्दोलनका कार्यक्रम संचालन गर्ने चेतावनी दिनुभयो । यस्तै सोहि पत्रकार सम्मेलनमा वोल्दे उद्याग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले महानगरको कदम गलत भएको भन्दै व्यवसायीको आन्दोलनमा उवासंघले साथ दिने वताउनु भयो । २०५० सालवाट संचालनमा आएको सो फलफुल तथा तरकारी थोक वजारमा ५७ वटा व्यवसायीक स्टल रहेका छन् ।