सगरमाथा बालिका सहयोग संरक्षण केन्द्रमा आर्थीक सहयोग

प्रमुख समाचार
Typography

असार २८ ।
कास्किमा रहेको सच्चाईको सत्संग लामाचौर १९ले भरतपुरमा रहेको सगरमाथा बालिका सहयोग संरक्षण केन्द्रमा आर्थीक सहयोग गरेको छ । सतंसगले केन्द्रमा आश्रित ९ जना बालिकाका लागी एक वर्ष भरिलाई आवस्यक शैक्षिक सामाग्री प्रदान गरेको छ । त्यहा रहेका बालिका तथा कर्मचारीलाई खानाखुवाउनुका साथै संस्थाको सञ्चालनका लागी संस्थाका अध्यक्ष जे बि लामा लाई नगद ५० हजार हस्तान्तरण गरेको सच्चाईको सतंसंग लामाचौरका अध्यक्ष ज्ञानु लामाले बताए । चितवनमा रहेको सगरमाथा बालिका सहयोग संरक्षण केन्द्रले अनाथ तथा असहाय बालिकाहरुलाई संरक्षण गरी निकै ठुलो योगदान गरेकाले आफुहरु त्यस कार्यबाट प्रभाबित भई आर्थीक तथा शैक्षिक सहयोग गरेको उनको भनाई छ । बिगत केहि वर्ष अगाढी स्थापना भएको सच्चाईको सतंसंग लामाचौरले स्थापना काल देखिनै सामाजिक कामहरुमा सक्रिय भएको र कास्कि बाग्लुङ तथा चितवन लगायत अन्य पहाडि जिल्लाहरुमा रहेका बिभिन्न अनाथलयहरुलाई आर्थीक सहयोग गर्दै आएको सच्चाईको सतंसंग लामाचौरका सञ्चालक ब्यवस्थापक संजय लामाले बताए । आफुहरुले रत्तंदान, बिभिन्न बिद्यालयहरुलाई फर्नीचर प्रदान लगायत अन्य धेरै सहयोगहरु गरेको उनको भनाइ छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सगरमाथा बालिका सहयोग संरक्षण केन्द्रका सञ्चालक जेबि लामाले पोखरा देखि आफनो संस्थालाइृ सम्झिएर सहयोग गर्न आउने दाता प्रति आभार व्यक्त गरे । आफनो संस्थामा निकै गरिव र बिपन्न अनाथ बालिकाहरु रहेकाले उनिहरुको संरक्षणमा सहयोगको खाचो रहेको पनि उनले वताए ।