भरतपुर महानगरपालिकाको विकास योजनाको ६० प्रतिशत मात्रै काम सम्पन्न

प्रमुख समाचार
Typography

असार २८ ।
भरतपुर महानगरपालिकाको विकास योजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष ०७३÷०७४ मा भरतपुर महानगरपालिकाको ४ सय ४९ ओटा योजना रहेको थियो । हाल सम्म १ सय ५६ ओटा भन्दा बढि योजना सम्पन्न भइसकेको भरतपुर महानगरपालिकाका इन्जिनियर कृष्ण बहादुर मल्ल ठकुरीले जानकारी दिए । महानगरका रणनैतिक सडकहरु करिब करिब अन्तिम चरणमा पुगेका छन् । महानगरपालिकाको रणनैतिक सडक विस्तार कार्यक्रम अन्तर्गत ४ ओटा योजना रहेकोमा १ ओटा मात्रै सम्पन्न भएको छ । अरु ३ ओटा योजनाहरु सम्पन्न हुने क्रममा रहेको मल्लले जानकारी दिए । नगरस्तरिय ९२ ओटा योजनाहरु मध्ये जम्मा २७ ओटा योजना सम्पन्न भएको छ । चालु आर्थिक बर्षका लागि साविक भरतपुर उपमहानगरको ९२ ओटा नगरस्तरिय योजनाहरु लागि ७ लाख ५० हजार रुपैैया बजेट विनियोजन गरिएको थियो । महानगरको मर्मत सम्भार कोषबाट सञ्चालित कार्यक्रम अन्तर्गत ८ ओटा योजनालाइ ९५ लाख ९६ हजार रुपैंया बजेट विनियोजन भएकोमा हाल सम्म २ ओटा योजना मात्रै सम्पन्न भएको छ । स्थानिय विकास मन्त्रालयबाट आएको नगरक्षेत्र विकास कार्यक्रम अन्तर्गत ७ ओटा योजना मध्ये २ ओटा योजना मात्रै सम्पन्न भएको छ । नगरक्षेत्र विकास कार्यक्रमका लागि ६ करोड १७ लाख ९६ हजार रुपैंया बजेट विनियोजन भएको इन्जिनियर मल्लले जानकारी दिए । स्थानिय विकास मन्त्रालयले ठुला पुर्वाधार विकास कार्यक्रमका लागि साविक भरतपुर उपमहानगरपालिकालाइ ९९ लाख ८१ हजार रुपैंया बजेट विनियोजन गरेको थियो । त्यस्तै ७० प्रतिशत जनसहभागिता र ३० प्रतिशत सरकारी लगानीमा निर्माण गर्ने पुर्वाधारका २४ ओटा योजनाहरु मध्ये ७ ओटा योजना सम्पन्न भएका छन् । यस कार्यक्रमका लागि ४ करोड ८६ लाख ९३ हजार रुपैंया बजेट विनियोजना गरिएको थियो । स्थानिय विकास मन्त्रालय र सडक बोर्डबाट आउने बजेट फ्रिज हुने मल्लको भनाइ छ । भरतपुर महानगरको आन्तरिक आयबाट निर्माण गरिने योजनाहरुको बजेट फ्रिज नहुने उनले वताए । यस बर्ष साविक भरतपुर उपमहागरपालिकाले साउन देखि नै काम थाल्ने जनाएको थियो । आर्थिक बर्षको अन्त्य तिर मात्रै जनसहभागिता आउंदा समयमै विकास निर्माणका कार्य सम्पन्न गर्न कठिन भएको उनले वताए ।