खैरहनीको नगरसभाद्धारा ४८ करोड ७५ हजारको बजेट पारित

प्रमुख समाचार
Typography

चितवन,  असार ३१

पूर्वीचितवनको खैरहनी नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को लागि ४८ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ  । शनिबार खैरहनीमा भएको प्रथम नगरसभाले ४८ करोड ७५ हजारको बजेट पारित गरेको हो । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम नगरसभाले  सर्वसम्मत रुपमा पारित भएको थियो । कुल बजेटमध्य नगरपालिकाले पुजिगत तर्फ करिब ११ करोड ७० लाख रुपैया भौतिक पूर्वाधारमा खर्च गर्ने योजना बनाएको छ । बजेटसँगै प्रथम नगरसभाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०७४ अन्तर्गत आर्थिक ऐन २०७४ समेत पारित गरेको छ । आर्थिक ऐन श्रावण १ गतेदेखी नै लागु हुनेछ । उक्त ऐनसँगै अब खैरहनी नगरपालिका क्षेत्रभित्र एकिकृत सम्पत्ति कर समेत लागु हुने भएको छ । नगरपालिकाले एकिकृत सम्पत्ति कर , व्यवसाय कर , बहाल कर , बिज्ञापन कर लगायतको करको माध्यमबाट आन्तरिक रुपमा राजश्व बृद्धि गर्ने लक्ष लिएको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरको उप प्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको नगर सभामा खैरहनी नगरका सांसदहरुको सहभागिता रहेको थियो ।