रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा रेग्मी निर्वाचित

प्रमुख समाचार
Typography

चितवन

 

रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निर्वाचित भएका छन् । संघको आठौ अधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा पदको लगी रेग्मीसँगै उम्मेदवारी दिएका  पूर्व कोषाध्यक्ष यदुकृष्ण भट्टले शनिबार बिहान उम्मेदवारी फिर्ता लिएपछि रेग्मी आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसँगै संघको सम्र्पुण कार्यसमितिका पदहरु निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ,उपाध्यक्षहरु वाणिज्य तर्फ विनोद पोखरेल,उद्योग तर्फ रघुनाथ भट्ट,वस्तुगत सदस्यमा भीमनारायण श्रेष्ठ र एसोसियट तर्फ शंकर गिरी निर्वाचित भएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले आगामी अधिवेशनबाट लागू हुने गरी विधान संसोधन गरेर अधिवेशन गराएको छ । संसोधित विधान अनुसार अबदेखी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेछ भने एसोसियट र वस्तुगत उपाध्यक्ष थप गरिएको हो । यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लकोटी निर्वाचित भएका छन् । वाणिज्य तर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य,माधवप्रसाद पौडेल,सोहेन्द्रराज खरेल,कविन घिमिरे,सिताराम भट्टराई,रामशरण नेपाल,इश्वरी प्रसाद अर्याल र सुन्दरमणी सुवेदी निर्विरोध भएका छन् । यस्तै उद्योग तर्फ निरज श्रेष्ठ,पुरु खनाल,राममणी थपलिया,निरञ्जन थापा,हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मिना उप्रेती निर्विरोध भएका निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए । एसोसियट सदस्यमा लोजिककृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत संगठन तर्फ जोगेन्द्र महतो सर्वसम्मत चयन भएका छन् । अव ४ जना सदस्य मनोनित हुनेछन् । यसैबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिवार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रमुख निर्वाचन अधिकृत गोपीलाल देवकोटाले सर्वसम्मत निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सो अवसरमा वोल्दै नवनिर्वाचित अध्यक्ष राजाराम रेग्मीले व्यवसायिक एकताका लागि आफु लाग्ने प्रतिवद्धता जनाए । त्यस्तै व्यवसायिकको हक हितमा लड्दै नगर क्षेत्रको विकासमा सवैलाई समेटेर आफु र आफ्नो टिम लाग्ने वताए । प्रमुख निर्वाचन अधिकृत देवकोटाको अध्यक्षतामा भएको सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष ज्ञानवहादुर विसुराल,पुर्व अध्यक्षहरु दिपक कर्मचार्य,राजेन्द्रकुमार श्रेष्ठ,गोपाल कर्मचार्य,केशवनारायण श्रेष्ठ,नारायणकाजी श्रेष्ठले मन्तव्य राख्दै व्यवसायिक हकहितमा लाग्दै नगर विकासमा लाग्न आग्रह गरेका छन्  ।