रत्ननगर नगरपालिकाको बजेट ६८ करोड, जग्गा धनिले खेतीयोग्य जमिन बाझैं राखे तोकिएको रकम जरिवामा हुने

प्रमुख समाचार
Typography


सञ्जय चौधरी
रत्ननगर,३१,असार ।


रत्ननगर नगरपालिकाको  आर्थिक वर्ष २०७४÷०७५ का लागि रु ६८ करोड ३६ लाख ५९ हजार बजेटसहित नीति तथा कार्यक्रम आज (शनिवार) पारित भएको छ ।
आन्तरिक श्रोतबाट रु ७ करोड ११ लाख ८० हजार पूर्ति हुने र बाह्य स्रोतबाट रु ६१ करोड २४ लाख ७९ हजार संकलन हुने अनुमान गरिएको छ । आन्तरिक श्रोत तर्फ मुख्यः घर जग्गाा रजिष्ट्रेशन शुल्क, एकिकृत सम्पत्ति कर, नक्सा पास दस्तुर, विशेष छन् भने बाह्य श्रोतको मुख्य तय श्रोत वितिय समानीकरण अनुदान सशर्त अनुदान तथा सामाजिक सुरक्षा कार्यक्रम रहेको नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले बताईन् ।
नगरपालिकाले ग्रामीण सडकलाई स्तरोन्नति गर्ने कामलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
नगरप्रमुख नारायण वनले नगरपालिकाले कृषि, पर्यटन, ग्रामीण सडक, धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षणलगायत क्षेत्रमा बजेट विनियोजन गरेको बताए  ।
नगरपालिकाले आगामी आवका लागि ‘व्यवसायीक कृषि, पर्यटकीय शहर, स्वच्छ, समृद्ध हाम्रो रत्ननगर ’ भन्ने मूल नारा तय गरेको छ ।
कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने, माछा, च्याउ, बेमौसमी तरकारी खेती, अन्नबाली, जडीबुटी, फलफूल खेतीलाई प्राथमिकता दिने र आधुनिक कृषि प्रणालीमा विकास गरिने, पशुपालनमा उन्नत नश्ल सुधारसम्बन्धी कार्यक्रम सन्चालन गरिने, नगरपालिकामा खाद्य बैंकको स्थापना गर्ने, नगरपालिकाभित्र नयाँ उद्योग स्थापना गर्न लगानीमैत्री वातावरण बनाउने, विशेष आर्थिक क्षेत्र बनाउन पहल गर्ने, युवालाई रोजगार सिर्जना गर्ने खालका कार्यक्रम सन्चालन गर्ने, कार्यक्रम अघि सारिएको छ ।
देशमा भोकमरी सिर्जना भईरहेको अवस्थामा कसैको खेतीयोग्य जमिन खेती नगरी बाझौं तथा पल्टिङ् गरिएका खालि जमिन त्यसै छाडिएको पाईएमा उक्त जग्गा धनिलाई नगरपालिकाले तोकिएको रकम अनुसासार जरिवाना तिर्न लगाउने बताउदै आफ्ना जमिन बाझै नराख्न नगर प्रमुख वनले जग्गा धनिलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, सडक, ढल निर्माणलाई विशेष प्राथमिकता दिई नगरभित्रको विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको मेयर बनले बताए ।
शिक्षा क्षेत्रमा गरीब, दलित र जनजातिलाई छात्रवृत्ति प्रदान गरी पढ्न पाउने वातावरणको सुनिश्चितता गर्ने र अंग्रेजी शिक्षालाई क्रमशः लागू गर्ने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।
यस्तै,नगरपालिकाका निमित्त कार्यकारी प्रमुख सिताराम पोख्रेलले मेला महोत्सव,कन्सर्ट,पर्यटन शुल्क,ईट्टा भटा,चाउचाउ फेक्ट्री, मदिराजन्य वितरक, सुर्ति जन्य वितरकमा शत प्रतिशत कर लगाउने बताए । साथै स्थानीय स्रोत साधन गिट्टी, बालुवा र कवाडी संकलनमा समेत कर लगाउने प्रस्ताव गरिएको बताए ।
नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गरिने र समृद्ध नगरपालिका निर्माणका लागि पूर्वाधार विकास गरिने नगरप्रमुख नारायण वनले जानकारी दिए ।