चर्खा मार्फत उन कात्ने तालिम संचालन

प्रमुख समाचार
Typography


थांगखोला सामुदायिक वनका महिला उपोभोक्ताहरुलाई चर्खा तालिम दिइएको छ । चेतना चेली वहुउद्देसिय सहकारी संस्था, जिल्लावन कार्यालयको अगुवाईमा राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत हरियोवन कार्यक्रमको आर्थिक सहयोगमा ७ दिने चर्खा तालिम संचालन दिइएको हो । तालिममा ६५ जना महिलाहरुको सहभागीता रहेको छ । सहभागीहरुलाई आयआर्जनका लागि चर्खा समेत उपलब्ध गराइने भएको छ्र ।
जिल्ला वन अधिकृत केदार पौडेलले हरियो वन कार्यक्रम चारवटा संस्था को संयुक्त कार्यक्रम भएको बताउंदै राष्ट्रिय प्रकृति संरक्षण कोषले वरंडाभार जैविक मार्गको संरक्षण र एसमा आश्रित समुदायको आर्थिक विकासमा सहयोग पुर्याउने बताएका छन् । यस अघिको चर्खा कार्यक्रमबाट सो क्षेत्र २२० महिलाहरु लाभाम्भिवित भएकाछन् । कालिका नगरपालिकाका  नगर प्रमुख खुमनारायण श्रेष्ठ को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।