माघ १ ।


उद्योग वाणिज्य संघ चितवनको उद्योग तर्फ कार्यसमिति सदस्यहरुको टुंगो लागेको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणना अहिले जारी रहेको छ । उद्योग तर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इन्जिनियर कृष्ण प्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ विजयी भएका छन् । त्यस्तै उद्यँेग तर्फ कार्यसमितिमा सिद्धार्थलाल चुके र सोम प्रसाद काप्रि निर्वाचित भएका छन् । कार्य समितिमा निर्वाचित हुने सदस्यहरुमा प्रधान प्यानलका ५ जना रहेका छन् भने श्रेष्ठ प्यानलका १ जना विजयी भएका छन् । वाणिज्यतर्फ कार्यसमिती सदस्यको मतगणना भने अहिले भईरहेको छ । वाणिज्य तर्फ पनि प्रधान प्यानल अगाडी देखिएको छ । यस्तै महिला तर्फ कार्यसमिति सदस्यमा प्रधान प्यानलकी रजनी मास्के विजयी भएकी छन् । मास्केले राजु श्रेष्ठ प्यानलकी सुलोचना श्रेष्ठलाई ७ सय ८४ मतान्तरले पराजित गरेकी हुन् । यसैबिच वस्तुगत तर्फका चार कार्यसमिति सदस्यहरूको टुंगो लागेको छ । वस्तुगत तर्फ निर्वा्चित हुने सदश्यहरुमा शिव ओझा, बिकाश थापा, दीपक पौडेल र किरण खनाल रहेका छन् । कुल २ हजार ८ सय ५६ मतदाता मध्य २ हजार ७ सय ४७ मत खसेको थियो । संघको अध्यक्षमा पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ ।

माघ १ ।


रत्ननगर नगरपालिकालाई माघ दोस्रो साता भित्र पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने भएको छ । नगर भित्रका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाएको सुनिश्चित गरी रत्ननगरलाई पूर्ण खोपयुक्त नगर घोषणा गर्ने तयारी गरिएको हो । पूर्वखोप घोषणाका लागि गर्नुपर्ने बाँकी काम र भएका प्रगतिको बारेमा छलफल गर्न नगरस्तरीय गोष्ठीको आयोजना गरिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरेले नगरको स्वास्थ्य अवस्था, भएका प्रगति र पूर्ण खोपयुक्त घोषणाको लागि गर्नुपर्ने कामहरुका बारेमा जानकारी दिए । नगर भित्रका सबै बालबालिकाले सबै प्रकारको खोप पाइसकेको र त्यसको तथ्याङ्कलाई एकीकृत गर्ने काममात्र बाँकी रहेको उनले बताए । अब वडास्तरबाट नगरपालिकामा तथ्याङ्क आउने काम मात्र बाँकी रहेको बताए । मेयर नारायण वनले नगरलाई छिट्टै पूर्ण खोपयुक्त नगरपालिका घोषणाको लागि तदारुकताका साथ काम गर्न स्वास्थ्य शाखा तथा वडास्तरका कर्मचारीहरुलाई आग्रह गरे । उनले पूर्णखोप घोषणापछि नगरलाई सुरक्षित मातृत्व नगर घोषणा गरिने जानकारी दिए । उपमेयर विमला दुवाडीले स्वास्थ्य सम्बन्धी सबै सूचकहरु पूरा गर्ने गरी काम गरेर नगरलाई पूर्णखोपयुक्त घोषणा गर्दा दीगो हुने बताइन् । कार्यक्रममा नगरपालिकाका सीअहेब अधिकृत ईन्द्रलाल न्यौपानेले रत्ननगर नगरपालिका भित्र एक वर्ष मुनिका एक हजार ७३४ जना बालबालिका रहेको र ती सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएको बताए ।

पुष ३० ।


विद्यार्थी अधिकारका माग पुरा गर्न दवावस्वरुप नेविसंघ चितवनले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । तेस्रो चरणको आन्दोलन अन्तर्गत आफ्ना ९ सुत्रिय माग पुरा गर्न दवावस्वरुप एक घण्टे धर्ना दिइएको नेपाल विद्यार्थि संघ चितवनले जनाएको छ । युवाहरुलाइ स्वदेशमै रोजगारीको सिर्जना गर्न, शैक्षिक प्रमाणपत्रलाइ धरौटिमा राखि शैक्षिक ऋणको व्यवस्था गर्न लगायतका ९ सुत्रिय माग राखिएको नेवि संघ चितवनका अध्यक्ष सुर्य ढकालले जानकारी दिए । विद्यार्थी लाइ शैक्षिक बिमाको व्यवस्था एवं प्रत्येक प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्न पनि सरकार संग माग गरिएको ढकालको भनाइ छ । गत पुष २३ गते नेवि संघले प्रधानमन्त्रि शेरबहादुर देउवालाइ ९ सुत्रिय मागहरु पेश गर्दै ७२ घण्टे अल्मिेटम दिएको थियो । आफ्ना मागहरु पुरा नभएपछि नेवि संघले देशभर विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । मागहरु प्रति ऐक्यबद्धता जनाउन नेविसंघले पुष २६ गते विद्यँर्थिहरुको हस्ताक्षर कार्यक्रम गरेको थियो । हस्ताक्षरलाइ पुष २८ गते जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रिलाइ बुझाइएको नेवि संघ चितवनका अध्यक्ष सुर्य ढकालले जानकारी दिए । त्यस्तै हरेक स्थानिय तहमा प्राविधिक एवं कृषि क्याम्पसहरु स्थापना गर्न र सार्वजनिक सवारीमा विद्यँर्थिलाइ दिइने भनिएको ४५ प्रतिशत छुटको पुर्ण कार्यान्वयनका लागि पनि सरकार संग माग गरिएको उनले वताए । नेवि संघको केन्द्रिय नेतृत्वको सर्कुलर अनुसार प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिइएको उनको भनाइ छ । नेवि संघले विद्यँर्थिहरु विरामी हुंदा हरेका अस्पतालमा ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि सरकार संग माग गरेको छ ।

पुष ३० ।


उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सम्पन्न भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान बेलुका साढे ५ बजे सकिएको हो । २ हजार ८ सय ५६ मतदाता रहेको संघमा २ हजार ७४७ मत खसेको मूख्य निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभयो । मत गणना सोमबार बिहान ९ बजेबाट शुरु गरिने बताइएको छ । नयाँ नेतृत्वका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका उम्मेद्वार प्रधानलाई पूर्व अध्यक्षहरु, विभिन्न राजनैतिक दल तथा व्यापार तथा वस्तुगत संघहरुको समर्थन रहेको छ भने श्रेष्ठलाई वर्तमान अध्यक्षसहित केहि व्यापार तथा वस्तुगत संघहरुले समर्थन गरिरहेको बताइएको छ । उनका अनुसार ईच्छाकामना गाउँपालिकादेखि माडी नगरपालिकासम्म तथा भरतपुर महानगरपालिकादेखि राप्ती नगरपालिकासम्म गरि चितवनका सात वटै स्थानीय तहका २ हजार ८ सय ५६ उद्योगी तथा व्यवसायी मतदान प्रक्रियामा सामेल भएका छन ।यसअघि सदस्यतर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वा्िचत भईसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर विक र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वा्िचत भईसकेका हुन् ।यसअघि उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५औँ अधिवेशन शनिबार एक कार्यक्रमका बिच चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले उद्घाटन गरेका थिए ।

चितवन,माघ १ ।

पवित्र तीर्थस्थल चितवनको देवघाटधाम संचालन गरिएको माघे संक्रान्ति मेलामा भक्तजनको घुइँचो लागेको छ । नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर देवघाटमा स्नान र पूजाआजा गरेका छन् । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । हिजो आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर बिहान नै गंगामा नुहाइ पूजाआजामा सक्रिय भएका थिए । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ । नेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको गन्तव्य मानिने देवघाट भारतका हिन्दूको समेत मुख्य तीर्थस्थल बन्ने गरेको छ । देवघाट क्षेत्र विकास समितिले मेला सम्पन्न गर्न १ सय ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेर तयारी गरेको थियो । मेलामा आउने झक्तजनलाई सहजताका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । चिसो मौसम भएकाले भक्तजनलाई धुनीको व्यवस्थासमेत मिलाइएको थियो । यस्तै स्वास्थ्य उपचार, शौचालय, स्नान स्थल व्यवस्थापन, विद्युत, आकस्किम उद्धार तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको छ । त्रिशूली र कालीगण्डकी नदीको संगम बेणीमा माघेसङ्क्रान्ति मेला लाग्ने गरेको छ ।

यस्तै देवघाट मेला गएका एक पुरुषको त्रिशुली नदीमा डुबेर मृत्यु भएको छ । चितवनको रत्ननगर ३ निवासी ६५ बर्षका पद्मनाथ अधिकारीको त्रिशुलीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । देवघाट मेला गएका अधिकारी नुहाउने क्रममा डुबेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताए । अधिकारी शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीका दाजु हुन् । अधिकारीको शव त्रिशुली नदीमा बग्दै गरेको अवस्थामा शसस्त्र प्रहरीले निकालेको थियो ।

पुष ३० ।


पांचौ खिचरा महोत्सव अन्तरगत आईतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोडर्न ईङ्ग्लीस स्कूलकी आरती तिमिल्सीना प्रथम, माबि ब्रह्मनगरकी अनु आचार्य द्वितीय र लिटिल ह्याभन इङ्ग्लीस स्कुलकी सुस्मिता अधिकारी तृतीय भएका छन् । राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा, धर्म नेपालको पहिचान शीर्षकमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो । नगद पुरस्कार राशी भण्डारास्थित लुलु बुक्स एण्ड स्टेशनरीका सञ्चालक राजीब चौधरीले प्रायोजन गरेका थिए प्रतियोगिताका निर्णायकमा धनराज गिरी, चेतराज रेग्मी र पदम अर्याल रहेका थिए । कार्यक्रममा साहित्यकार धनराज गिरीले आफ्ना प्रकाशित र अप्रकाशित गजलहरु पनि वाचन गरेका थिए ।
थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित पाँचौं खिचरा महोत्सव २०७४’ मा आतबार दर्शकहरु सांगीतिक माहोलमा झुमेका छन् । नेपाल आईडल प्रतिस्पर्धामा सहभागिता जनाएकी चितवनकी गायिका एलिना सापकोटा, गायक विज्ञान न्यौपानेले सांगीतिक माहोलले झुमाए भने रत्ननगर कलामन्दि, डार्क ऐकेडेमी र थारु कल्चरको साँस्कृतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । नेपाल आईडलमा सहभागिता जनाएकी गायिका सापकोटाले आफूले भर्खर बजारमा ल्याएकी ‘धेरै धेरै तिमिलाई., चौबन्दीमा पटुकी बाधी.. लगायतका बोलको गीत प्रस्तुत गरिन् । यस्तै महोत्सवमा जादुगर बलराम सरकार, हास्यकलाकार भविष्य तिवारी लगायतको प्रस्तुती रहेको थियो । महोत्सवको चौथो दिन (सोमबार) चर्चित गायिका मिलन आमत्य, गायक मनोज महतो, नेपाली चलचित्र ‘लालपुर्जा’का कलाकार सौगात मल्ल र विपिन कार्कीको उपस्थिति रहने छ भने थारु कल्चरका साथै रत्ननगर डान्स ऐकेडेमी र डार्क ऐकेडेमीलगायतको साँस्कृतिक प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित सुरु भएको खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो । महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ भने करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

पौष २९ ।


थारु समुदायको पर्व माघीको थारु बस्तीमा चहलपहल बढेको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिँदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो । माघ महिनामा थारु समुदायमा घर फुट्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेर जस्ता महत्वपूर्ण योजना बनाउने भएको हुनाले माघ महिनाको १ गतेलाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गन्जि, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ ।

माघ १ गतेको विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफूभन्दा ठुलासँग आर्शिवाद लिने चलन थारु समुदायमा रहेको छ । पछिल्लो समय माघी पर्वलाई भव्य बनाउन थारु समुदायमा विभिन्न खालका महोत्सवको आयोजना गर्न समेत थालिएको छ ।

More Articles ...