साउन ०२ ।
माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरि चितवनको सौराहामा होटल म्यानेजमेन्ट विषयमा अभिमुखीकरण दिइएको छ । भरतपुरमा रहेको फोब्र्स कलेज र रत्ननगरमा रहेको ज्ञानसुधा टेक्निकल कलेजले सोमबार विद्यार्थीहरुको लागि डिप्लोमा तहको व्यावसायिक सीपमूलक होटल म्यानेटमेन्टका बारेमा अन्तरक्रिया गरेका हुन् । एसईई जुन सुकै ग्रेडमा पास गरेका विद्यार्थीले पढ्न पाउने तथा १० जोड दुईमा फेल भएका र रिजल्टको प्रतीक्षामा रहेका विद्यार्थीको लागि समेत १८ महिने होटल म्यानेजमेन्ट लाभदायक रहेको फोब्र्स कलेजका प्रिन्सिपल दिपक गौतमले बताए । १८ महिने पढाई पुरा गरेपछि विद्यार्थीहरुलाई रोजगारको समेत राम्रो अवसर प्रदान गरिने गौतमको भनाइ छ । होटल म्यानेटमेन्टको कोर्ष पुरा हुने समयावधीमध्ये सुरुको छ महिना नेपालमा नै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप प्रदान गरिने उल्लेख गर्दै गौतमले एक वर्ष भने इन्टनसीपको लागि विदेशमा लगिने जानकारी दिए । विदेशमा इन्टनसीप गरिरहदा विद्यार्थीले खान र बस्ने सुविधा सहित मासिक २० हजार रुपैयाँ तलब समेत पाउने गरि पठाइने गौतमको भनाइ थियो । अर्गनाइजेसन अफ टुरिजम हस्पिटालिटी म्यानेटमेन्ट युकेबाट मान्यता पाएको कलेजले ४० प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पढाउने गरि कोटा छुट्याएको छ । अन्तरक्रिया कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थी र अभिभावक सहभागी थिए भने कार्यक्रमका प्रमुख अतिथि रत्ननगरनगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलराम दाहाल रहेका थिए । कलेजका प्रिन्सिपल दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अन्जन उप्रेतीले स्वागत मन्तव्य राखेका थिए ।

साउन ०२ ।
साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरु ब्रत बसेर भगवान शिवको पूजा आराधाना गरेका छन् । साउन महिना आराध्यदेव भगवान शिवको प्यारो महिना र सोमबार झनै विशेष दिन भएकोले यस दिनमा शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि पाउने जनविश्वास रहँदै आएको छ । साउनको सोमबारका दिन बेणी संगम, त्रिवेणी, नदी, पोखरी तलाउ आदीमा स्नान गरेर भगवान शिवको पूजा आराधान गर्ने धार्मिक चलन रहेको छ । साउन महिनाभरी तीर्थ साउन स्नानको लागि पवित्र तीर्थस्थल देवघाटमा भक्तजनहरु आउने गरेका भएपनि यस वर्ष भक्तजनहरुको उपस्थिति न्यून रहेको छ । अन्य वर्षहरुमा हजारौँको संख्यामा तीर्थयात्रीहरु देवघाट स्नान गर्न आउने गरेकोमा यस वर्ष कमी आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो । चितवन, तनहूँ र नवलपरासीको सिमानामा रहेको देवघाट धाममा स्नान गर्नको लागि देशभरीबाट भक्तजनहरु आउने गरेका पौडेलको भनाइ छ । मुग्लिङ नारायणगढ सडक खण्डका कारण समेत भक्तजनहरुको उपस्थिति न्यून भएको हुनसक्ने पौडेलले बताउनुभयो । त्रिशूली नदी र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा स्नान गरि भगवान शिवको पूजाआजा गर्दा परिवारमा सुखशान्ति हुने विश्वासका साथ आफू यस दिनमा ब्रत बस्दै आएको ब्रतालु मञ्जु अर्याल बताउँछिन् ।

देशका विभिन्न स्थानबाट भक्तजनहरु साउन स्नानको लागि देवघाट धाम आउने भएकाले त्यहाँको शान्ति सुरक्षालाई मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाको भनाइ छ । उक्त धार्मिक क्षेत्रमा हुनसक्ने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथमा सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको थापाले बताए । त्रिशूली नदीमा पानीको बहाब उच्च हुने भएका कारण देवघाट स्नान गर्न पुग्ने भक्तजनहरुलाई कुनै भवितव्य आइपरेमा गोताखोर प्रहरी समेत उद्धारको लागि परिचालन गरिएको छ ।

साउन २ ।
साउन १ देखि सुरु भएको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन चितवनका मतदाता उत्साही देखिएका छन् । साउन १५ गतेसम्मको म्याद राखेर यस अगाडि नामावलीमा नाम दर्ता गराउन छुटेका मतदाताको लागि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने काम सुरु गरेको थियो । भरखरै नागरिकता बनाएका युवादेखि ७० वर्षे जेष्ठ नागरिकसम्म नामावलीमा नाम दर्ता गराउन लामबद्ध भएका छन् । फागुन ९ गतेदेखि स्थगित मतदाता नामावली संकलन पुनः सुरु भएपछि चितवनका मतदाता उत्साही देखिएका छन् । धेरै व्यक्तिहरु मतदाता नामावलीमा नाम नभएकै कारण स्थानीय निर्वाचनमा मतदानबाट बन्चित भएका थिए । अब नाम दर्ता गराएपछि मतदाताले प्रदेश निर्वाचनमा आफ्नो अमूल्य मत हालेर योग्य उम्मेदवार चयन गर्ने योजना समेत बनाएको पूर्वी चितवनका मतदाता टंक बहादुर अर्याल बताउँछन् ।

वैदेशिक रोजगारमा रहेका युवाहरु समेत छुट्टी मिलाएर घरमा आएको बेला फोटो सहितको नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय पुगेका छन् । पहिले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको भएपनि विविध कारणले परिचय पत्र प्राप्त गर्न नसकेको भएपनि अबको निर्वाचनमा राम्रा उम्मेदवारलाई मत दिने भरतपुरका मतदाता नुरप्रसाद खनाल बताउँछन् ।

नामावली संकलनको पहिलो दिन असार १ गते चितवनमा एक सय ८५ जनाले फोटो सहितको मतदाता परिचय पत्रको लागि नाम दर्ता गराएका थिए । असार १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलनको काम गरिएकोमा अहिले मतदाताहरुको संख्या बढ्दै गएको छ । कार्यालयले तीन वटा कम्प्युटरबाट नामावली संकलन गर्दै आएकोमा मतदाताको संख्या बढ्दै गएपछि कर्मचारी थप गर्ने तयारी गरेको जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकाल बताउँछन् ।

नेपाली नगारिकको हैसियतले राज्यले दिएको अधिकार प्रयोग गर्दै मतदानमा सहभागिता जनाउनु हरेक बालिग नागरिकको कर्तव्य हो । आफ्नो मतको सहि सदुपयोग गर्दै योग्य जनप्रतिनिधि छनौट गर्नु समेत हरेक मतदाताको दायित्व हो ।

चितवन

 

रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा राजाराम रेग्मी निर्वाचित भएका छन् । संघको आठौ अधिवेशनले रेग्मीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा पदको लगी रेग्मीसँगै उम्मेदवारी दिएका  पूर्व कोषाध्यक्ष यदुकृष्ण भट्टले शनिबार बिहान उम्मेदवारी फिर्ता लिएपछि रेग्मी आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसँगै संघको सम्र्पुण कार्यसमितिका पदहरु निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ,उपाध्यक्षहरु वाणिज्य तर्फ विनोद पोखरेल,उद्योग तर्फ रघुनाथ भट्ट,वस्तुगत सदस्यमा भीमनारायण श्रेष्ठ र एसोसियट तर्फ शंकर गिरी निर्वाचित भएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले आगामी अधिवेशनबाट लागू हुने गरी विधान संसोधन गरेर अधिवेशन गराएको छ । संसोधित विधान अनुसार अबदेखी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेछ भने एसोसियट र वस्तुगत उपाध्यक्ष थप गरिएको हो । यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लकोटी निर्वाचित भएका छन् । वाणिज्य तर्फको सदस्यमा उपेन्द्र शर्मा आचार्य,माधवप्रसाद पौडेल,सोहेन्द्रराज खरेल,कविन घिमिरे,सिताराम भट्टराई,रामशरण नेपाल,इश्वरी प्रसाद अर्याल र सुन्दरमणी सुवेदी निर्विरोध भएका छन् । यस्तै उद्योग तर्फ निरज श्रेष्ठ,पुरु खनाल,राममणी थपलिया,निरञ्जन थापा,हरिप्रसाद अधिकारी र शिवलाल श्रेष्ठ तथा महिला सदस्यमा मिना उप्रेती निर्विरोध भएका निर्वाचन समितिका संयोजक गोपीलाल देवकोटाले जानकारी दिए । एसोसियट सदस्यमा लोजिककृष्ण सागर र दिनेश कट्टेल तथा वस्तुगत संगठन तर्फ जोगेन्द्र महतो सर्वसम्मत चयन भएका छन् । अव ४ जना सदस्य मनोनित हुनेछन् । यसैबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिवार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रमुख निर्वाचन अधिकृत गोपीलाल देवकोटाले सर्वसम्मत निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । सो अवसरमा वोल्दै नवनिर्वाचित अध्यक्ष राजाराम रेग्मीले व्यवसायिक एकताका लागि आफु लाग्ने प्रतिवद्धता जनाए । त्यस्तै व्यवसायिकको हक हितमा लड्दै नगर क्षेत्रको विकासमा सवैलाई समेटेर आफु र आफ्नो टिम लाग्ने वताए । प्रमुख निर्वाचन अधिकृत देवकोटाको अध्यक्षतामा भएको सपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष ज्ञानवहादुर विसुराल,पुर्व अध्यक्षहरु दिपक कर्मचार्य,राजेन्द्रकुमार श्रेष्ठ,गोपाल कर्मचार्य,केशवनारायण श्रेष्ठ,नारायणकाजी श्रेष्ठले मन्तव्य राख्दै व्यवसायिक हकहितमा लाग्दै नगर विकासमा लाग्न आग्रह गरेका छन्  ।


साउन ०२ ।
चितवनको भरतपुर महानगरमा २१ करोड रुपैया बढीको लगानीमा नयाँ खानेपानी आयोजना सुरु भएको छ । महानगरको ९, ११ र १२ नम्बर वडालाई लक्षित गरि धनगडा खानेपानी आयोजना सुरु गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलले जानकारी दिए ।

आयोजनाको निर्माण कार्य सोमबारदेखि औपचारिक रुपमा निर्माण सुरु भएको छ । उक्त आयोजना २०७५ माघ सम्ममा सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष मदन घिमिरले जानकारी दिए । केरुङ्गा घोलको पूर्व पट्टीका स्थानियहरु आर्सेनीक युक्त पानी खानेपानी बाध्यपछि २१ करोड ६६ लाख २१ हजार ७ सय ५२ रुपैयाको लागतमा महानगरका तीन वडाका २ हजार १६ घरधुरीलाई समेटेर आयोजनापछि आफुहरुले स्वच्छ पानीको समस्या नहुने धनगडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए । नेपाल सरकार अन्र्तगत रहको डिभिजनको ७० प्रतिशत र भरतपुर खानेपानी वोर्ड र स्थानिय उपभोक्ता समितिको ३० प्रतिशत लगानी आयोजनामा छ । आयोजना शर्मा सगरमाथा जेविले निर्माण गदैछ । आयोजनामा एउटा डिप वेल, ८ लाख लिटरको ग्राउण्ड टंकी, ४ लाख ५० हजार लिटरको ओभरहेड टंकी गरि ७३ किलोमिटर क्षेत्रफलमा पानी वितरण गरिने भरतपुर खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । उनका अनुसार आयोजना निर्माण गरी सबै घरमा मिटरसहितको निजी धाराबाट खानेपानी वितरण गरिने छ । सार्वजनिक धाराको तुलनामा सजिलो, सुविधायुक्त, समयको बचत, पानीको मितव्ययी प्रयोग, आयोजनाको दिगो सञ्चालन, व्यवस्थापनमा सहजलगायतका फाइदाका कारण निजी धारा जडान गर्न लागेको अध्यक्षले बताए ।

बजेट अभावका कारण प्रशोधित स्वच्छ पानी सबै ठाउँमा पु¥याउन नसकिएको अवस्था आयोजना निर्माणपछि यो समस्ष हट्ने उनको दावी छ । वोर्डले महानगरको १३ वडामा मात्रै खानेपानी पुराएकोमा आगामी दिन सबै वडाहरुमा नेपाल सरकारको सहयोग स्वच्छ खानेपानी पुराउन आफुहरु लागि परेको समेत उनले बताए । जिल्लामा सन् २०१७ सम्म सबैको घरमा स्वच्छ पिउने पानी पुराउने अभियान अन्र्तगत आयोजना सुरु गरिएको हो ।


सञ्जय चौधरी
रत्ननगर,३१,असार ।


रत्ननगर नगरपालिकाको  आर्थिक वर्ष २०७४÷०७५ का लागि रु ६८ करोड ३६ लाख ५९ हजार बजेटसहित नीति तथा कार्यक्रम आज (शनिवार) पारित भएको छ ।
आन्तरिक श्रोतबाट रु ७ करोड ११ लाख ८० हजार पूर्ति हुने र बाह्य स्रोतबाट रु ६१ करोड २४ लाख ७९ हजार संकलन हुने अनुमान गरिएको छ । आन्तरिक श्रोत तर्फ मुख्यः घर जग्गाा रजिष्ट्रेशन शुल्क, एकिकृत सम्पत्ति कर, नक्सा पास दस्तुर, विशेष छन् भने बाह्य श्रोतको मुख्य तय श्रोत वितिय समानीकरण अनुदान सशर्त अनुदान तथा सामाजिक सुरक्षा कार्यक्रम रहेको नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले बताईन् ।
नगरपालिकाले ग्रामीण सडकलाई स्तरोन्नति गर्ने कामलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।
नगरप्रमुख नारायण वनले नगरपालिकाले कृषि, पर्यटन, ग्रामीण सडक, धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षणलगायत क्षेत्रमा बजेट विनियोजन गरेको बताए  ।
नगरपालिकाले आगामी आवका लागि ‘व्यवसायीक कृषि, पर्यटकीय शहर, स्वच्छ, समृद्ध हाम्रो रत्ननगर ’ भन्ने मूल नारा तय गरेको छ ।
कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने, माछा, च्याउ, बेमौसमी तरकारी खेती, अन्नबाली, जडीबुटी, फलफूल खेतीलाई प्राथमिकता दिने र आधुनिक कृषि प्रणालीमा विकास गरिने, पशुपालनमा उन्नत नश्ल सुधारसम्बन्धी कार्यक्रम सन्चालन गरिने, नगरपालिकामा खाद्य बैंकको स्थापना गर्ने, नगरपालिकाभित्र नयाँ उद्योग स्थापना गर्न लगानीमैत्री वातावरण बनाउने, विशेष आर्थिक क्षेत्र बनाउन पहल गर्ने, युवालाई रोजगार सिर्जना गर्ने खालका कार्यक्रम सन्चालन गर्ने, कार्यक्रम अघि सारिएको छ ।
देशमा भोकमरी सिर्जना भईरहेको अवस्थामा कसैको खेतीयोग्य जमिन खेती नगरी बाझौं तथा पल्टिङ् गरिएका खालि जमिन त्यसै छाडिएको पाईएमा उक्त जग्गा धनिलाई नगरपालिकाले तोकिएको रकम अनुसासार जरिवाना तिर्न लगाउने बताउदै आफ्ना जमिन बाझै नराख्न नगर प्रमुख वनले जग्गा धनिलाई आग्रह गरे । शिक्षा, स्वास्थ्य, सडक, ढल निर्माणलाई विशेष प्राथमिकता दिई नगरभित्रको विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको मेयर बनले बताए ।
शिक्षा क्षेत्रमा गरीब, दलित र जनजातिलाई छात्रवृत्ति प्रदान गरी पढ्न पाउने वातावरणको सुनिश्चितता गर्ने र अंग्रेजी शिक्षालाई क्रमशः लागू गर्ने नीति लिइएको छ ।
नीति तथा कार्यक्रममा वातावरणमैत्री नगरपालिका निर्माण, फोहरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको छ ।
यस्तै,नगरपालिकाका निमित्त कार्यकारी प्रमुख सिताराम पोख्रेलले मेला महोत्सव,कन्सर्ट,पर्यटन शुल्क,ईट्टा भटा,चाउचाउ फेक्ट्री, मदिराजन्य वितरक, सुर्ति जन्य वितरकमा शत प्रतिशत कर लगाउने बताए । साथै स्थानीय स्रोत साधन गिट्टी, बालुवा र कवाडी संकलनमा समेत कर लगाउने प्रस्ताव गरिएको बताए ।
नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गरिने र समृद्ध नगरपालिका निर्माणका लागि पूर्वाधार विकास गरिने नगरप्रमुख नारायण वनले जानकारी दिए ।

चितवन,  असार ३१

पूर्वीचितवनको खैरहनी नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को लागि ४८ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ  । शनिबार खैरहनीमा भएको प्रथम नगरसभाले ४८ करोड ७५ हजारको बजेट पारित गरेको हो । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम नगरसभाले  सर्वसम्मत रुपमा पारित भएको थियो । कुल बजेटमध्य नगरपालिकाले पुजिगत तर्फ करिब ११ करोड ७० लाख रुपैया भौतिक पूर्वाधारमा खर्च गर्ने योजना बनाएको छ । बजेटसँगै प्रथम नगरसभाले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०७४ अन्तर्गत आर्थिक ऐन २०७४ समेत पारित गरेको छ । आर्थिक ऐन श्रावण १ गतेदेखी नै लागु हुनेछ । उक्त ऐनसँगै अब खैरहनी नगरपालिका क्षेत्रभित्र एकिकृत सम्पत्ति कर समेत लागु हुने भएको छ । नगरपालिकाले एकिकृत सम्पत्ति कर , व्यवसाय कर , बहाल कर , बिज्ञापन कर लगायतको करको माध्यमबाट आन्तरिक रुपमा राजश्व बृद्धि गर्ने लक्ष लिएको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरको उप प्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको नगर सभामा खैरहनी नगरका सांसदहरुको सहभागिता रहेको थियो ।

More Articles ...