पुष २४ ।


सरकारले प्लाष्टिक उद्योगहरुलाइ नकरात्मक रुपले हेरेको प्लाष्टिक व्यवसायीहरुले वताएका छन् । प्लाष्टिकजन्य फोहोरबाट मोहर कमाउन सरकारले कुनै कार्यक्रम नल्याएको भन्दै स्थापित उद्योगलाइ बन्द गराएर आर्थिक स्तर कमजोर बनाउन खोजेको आरोप लगाएका हुन् । प्लाष्टिजन्य उत्पादनमा सरकारले अंकुश लगाउन खोजेको प्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् । सरकार प्लाष्टिक उद्योगहरु बन्द गर्न उद्धत रहेको भन्दै प्लाष्टिक व्यवसायीहरुले प्लाष्टिकजन्य फोहोरलाइ पुन प्रयोग गरि मोहरका रुपमा परिवर्तन गर्न सकिने वताएका हुन् । प्लाष्टिक व्यवसायी संघ चितवनको दशौं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनमा बोल्दै निवर्तमान अध्यक्ष डिल्लीराम सापकोटाले प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सुइरो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको वताए । कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका सचिव शेषमणि भट्टराईले प्लाष्टिकजन्य बस्तुको उत्पादनमा लगाएको ५ प्रतिशत करको विरुद्ध प्लाष्टिक व्यवसायी संघले डेलिगेशन गर्दै आएको जानकारी दिए । प्लाष्टिक झोलाको उत्पादन तथा विक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्धको बारेमा सरकारी निकायसंग वार्ता गर्ने जानकारी दिए । ६० प्रतिशत भन्दा बढि प्लाष्टिकजन्य पदार्थ पुन प्रयोगमा ल्याउन सकिने भन्दै उनले विभिन्न स्वरुपमा परिवर्तन समेत गर्न सकिने वताए । त्यस्तै भरतपुर महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष जयराम श्रेष्ठले प्लाष्टिकजन्य पदार्थलाइ मोहरका रुपमा प्रयोग गर्न महानगर र सुइरो कार्यक्रम विच समन्वय गर्नुपर्ने वताए । महानगरले गर्ने काम सुइरो कार्यक्रमले गरेको वताउंदै उनले प्लाष्टिक व्यवसायी संघ संग पनि आपसी समन्वय कायम राखिने वताए । संघका कोषाध्यक्ष विश्वास भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी लगायत विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पुष २४ ।


महोत्सवहरुमा गरिएको कृषि प्रदर्शनिले कृषि क्षेत्रको विकास हुन नसकेको सरोकारवालाहरुले वताएका छन् । लाखौं खर्च गरेर महोत्सव तथा प्रदर्शनिहरुमा कृषिजन्य पदार्थको प्रदर्शन गरिने भएपनि त्यसले राम्रो परिणाम दिन नसकेको कृषकहरुले वताएका छन् । जिल्ला एकिकृत शत्रुजीव व्यवस्थापन कृषक संघ भरतपुरको दशौं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा बोल्दै रत्ननगरका किसान शम्भु भक्त थपलियाले कृषिजन्य उत्पादनमा गरिएको विषादी प्रयोगले मानिस विरामी हुने दर बढेको वताए । संघका सल्लाहकार समिति संयोजक कृष्ण मुरारी घिमिरेले राज्यको नागरिकलाइ स्वास्थ्य उत्पादन खुवाउने दायित्व रहेको वताए । राज्यले आफ्नो दायित्व भुलेको वताउंदै उनले कृषकहरुले निरन्तर दवाव दिन आवश्यक रहेको वताए । कृषिजन्य उत्पादनमा बृद्धि गर्न सरकारले प्लटिङलाइ पुर्ण रुपमा रोक्नुपर्ने उनको भनाइ छ । कृषिक्षेत्रको बजार प्रबद्र्धनका लागि सरकारी निकायले विभिन्न समयमा हुने मेला महोत्सव तथा प्रदर्शनीहरुलाइ बजेट दिने गरेको छ । स्थानिय निकायको निर्वाचन भइसकेपछि जिल्ला कृषि विकास कार्यालय नरहने भएका वताउंदै कृषकहरुले कृषकका गुनासो सुन्ने निकाय कुन हो भन्नेमा अन्यौल छाएको वताएका छन् । कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमा ढुंगानाले चिवतनमा अर्गानिक उपज केन्द्र खोल्ने तयारी भइरहेको जानकारी दिइन् । विषादी रहित तरकारी उत्पादनमा स्थानिय तहले पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ छ । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय चितवनका बरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले विषादी रहित तरकारी उत्पादनका लागि सरकारले आइपिए खेतिलाइ प्राथमिकता दिएको वताए ।

पुष २४, चितवन।

उद्योग वाणिज्य संघ चितवनको चुनावी सरगर्मी बढेसंँगै  उम्मेद्वारहरुले घरदैलौ एवं चुनावी प्रचार–प्रसारलाई तिव्रता दिईरहेका छन् । उनीहरु आफ्ना एजेण्डा एवं प्रतिबद्धता सहित व्यवसायी सामु उपस्थित भएका छन । राजु श्रेष्ठको प्यानल पनि आफूलाई जिताउन घरदैलौ कार्यक्रमलाई तीब्रता दिइरहेका छन ।   घरदैलौ एवं भेटघाट गर्ने क्रममा   अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफूले उद्योग वाणिज्य संघ रहेर लामो समय योगदान दिएको भन्दै आफ्नो सही मूल्यांकन व्यवसायीहरुले गर्नेमा ढुक्क रहेको बताए। पछिल्लो समय व्यवसायीको हक हित र पक्षमा आवाज उठाउंँदै आएको भन्दै आफूलाई सबै उद्योग व्यवसायीको साथ समर्थन रहेको खुशी व्यक्त गरे । उनले आफ्नो समर्थनमा आम उद्योगी व्यवसायी रहेको कारण पनि आफूले विजयी हासिल गर्नेमा विश्वस्त रहेको बताए । आज भाडा वर्तन व्यवसायी, क्यान्सर गेटका औषधी व्यवसायी एवं वित्तिय सहकारी का व्यवसायीहरुसंग भेटघाट एवं छलफलका क्रममा आफूहरुलाई जिताउन आग्रहसंगै उनीहरुको पूर्ण समर्थन पाएकोमा आफू उत्साहित रहेको बताए । 

उम्मेदवार अध्यक्ष श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णु कँडेल, उपाध्यक्षहरुमा राजेन्द्र कँडेल, नविन कँडेल,  ‘विपिन’ रामुदामु प्रतिस्पर्धामा छन  । यस्तै सदस्यहरुमा प्रभात ढुंगाना, विकास थापा, दुर्गाप्रसाद गौतम, इ.कृष्णप्रसाद रिजाल, मुना गुरुङ लिला क्षेत्री, शंकर घिमिरे, सुलोचना श्रेष्ठ, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, दिनेश राठी, बाबुराम कँडेल उम्मेद्वार रहेका छन  । अहिले यी सबै घरदैलो तथा चुनावी प्रचारप्रसारमा जुटेका छन। 

संघको ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन यही पुस २९ र ३० गते हुँदैछ । उक्त निर्वाचनमा अध्यक्ष पदका लागि श्रेष्ठको प्यानल र अर्का अध्यक्ष उम्मेदवार सहनलाल प्रधानको प्यानल प्रतिस्पर्धा गर्दैछन।  

 

laleGg :yfgdf 3/b}nf]nfO{ tLa|tf lbb} /fh' >]i7, Joj;foLx?sf] k"0f{ ;fy / ;dy{g

k'if @$, lrtjg. pBf]u jfl0fHo ;+3 lrtjgsf] r'gfjL ;/udL{ a9];+Fu}  pDd]åf/x?n] 3/b}nf} Pj+ r'gfjL k|rf/–k|;f/nfO{ ltj|tf lbO{/x]sf 5g\ . pgLx? cfkm\gf Ph]08f Pj+ k|lta4tf ;lxt Joj;foL ;fd' pkl:yt ePsf 5g . /fh' >]i7sf] Kofgn klg cfkm"nfO{ lhtfpg 3/b}nf} sfo{s|dnfO{ tLa|tf lbO/x]sf 5g .   3/b}nf} Pj+ e]63f6 ug]{ s|ddf   cWoIf kbsf pDd]bjf/ >]i7n] cfkm"n] pBf]u jfl0fHo ;+3 /x]/ nfdf] ;do of]ubfg lbPsf] eGb} cfkm\gf] ;xL d"Nof+sg Joj;foLx?n] ug]{df 9'Ss /x]sf] atfP. kl5Nnf] ;do Joj;foLsf] xs lxt / kIfdf cfjfh p7fp+Fb} cfPsf] eGb} cfkm"nfO{ ;a} pBf]u Joj;foLsf] ;fy ;dy{g /x]sf] v'zL JoQm u/] . pgn] cfkm\gf] ;dy{gdf cfd pBf]uL Joj;foL /x]sf] sf/0f klg cfkm"n] ljhoL xfl;n ug]{df ljZj:t /x]sf] atfP . cfh ef8f jt{g Joj;foL, SofG;/ u]6sf cf}ifwL Joj;foL Pj+ ljlQo ;xsf/L sf Joj;foLx?;+u e]63f6 Pj+ 5nkmnsf s|ddf cfkm"x?nfO{ lhtfpg cfu|x;+u} pgLx?sf] k"0f{ ;dy{g kfPsf]df cfkm" pT;flxt /x]sf] atfP .

pDd]bjf/ cWoIf >]i7sf] Kofgnaf6 jl/i7 pkfWoIfdf lji0f' sF8]n, pkfWoIfx?df /fh]G› sF8]n, gljg sF8]n,  …ljlkgÚ /fd'bfd' k|lt:kwf{df 5g  . o:t} ;b:ox?df k|eft 9'+ufgf, ljsf; yfkf, b'uf{k|;fb uf}td, O=s[i0fk|;fb l/hfn, d'gf u'?ª lnnf If]qL, z+s/ l3ld/], ;'nf]rgf >]i7, ly/k|;fb lwtfn, ljBf;fu/ rfln;], lbg]z /f7L, afa'/fd sF8]n pDd]åf/ /x]sf 5g  . clxn] oL ;a} 3/b}nf] tyf r'gfjL k|rf/k|;f/df h'6]sf 5g.

;+3sf] %! cf}+ jflif{s ;fwf/0f;ef tyf clwj]zg oxL k'; @( / #) ut] x'Fb}5 . pQm lgjf{rgdf cWoIf kbsf nflu >]i7sf] Kofgn / csf{ cWoIf pDd]bjf/ ;xgnfn k|wfgsf] Kofgn k|lt:kwf{ ub}{5g.  

पुष २३ ।

पुष २३ ।
नेपालको शिक्षा प्रणाली बिभेदपुर्ण रहेको चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेलले बताएका छन् । शिक्षा सबैका लागि एकै प्रकारको हुनुपर्ने भएता पनि त्यस्तो हुन नसकेको उल्लेख गर्नुभएको छ । आदिकबि भानु माध्यामिक बिद्यालयको चितवन क्षेत्र नम्बर २ का नवनिर्बा्चित जनप्रतिनिधिलाई गरिएको स्वागत तथा बधाई कायृक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले हाम्रो संबिधानले समाजबाद उन्मुख राष्टबाद भनेता पनि एकै प्रकारको शिक्षा निति अबलम्बन गर्न नसकिएको बताउनुभएको हो । साथै उहाले प्राबिधिक शिक्षा दिन नसक्नु नै युवाहरु बिदेशीनुको मुख्य जड रहेको औल्याउनुभयो । सांसद पोखरेलले बिद्यालयको बिकास र शैक्षीक गुणस्तरियता बृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । प्रदेश सभाका सांसद विजय सुबेदीले नेपालमा नमुना योग्य र देखाउन लायक बिद्यालयको रुपमा आदिकबि भानु माध्यामिक बिद्यालयलाई बिकसित गर्नुपर्ने बताउनुभयो । बिद्यालयले आफुलाई परिपक्क र शैक्षीक गुणस्तर बृद्धि गर्दे गईरहेको समेत उल्लेख गर्नुभयो । त्यस्तै सामुदायीक बिद्यालयको स्तर उठन नसकेको अवस्थामा निजि बिद्यालय जस्तै सामुदायिक बिद्यालयको गुणस्तर बढाउन आवश्यक रहेकोमा प्रदेश सभाका सांसद घनश्याम दाहाल अबिनाशले जोड दिनुभएको छ । साथै अहिलेको प्राबिधिक शिक्षाको आावश्यक रहेको बताउनुभयो । साथै भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पुर्ण बहादुर श्रेष्ठले सिंहदरबारको अधिकार गाउ गाउमा आएकोले हरेक क्षेत्रको बिकास सम्मृद्धि हुनेमा बिश्वस्त रहेको बताउनुभयो महानगरपालिकाले नगरसभा सम्पन्न गरिसकेको र प्रत्येक वडाको लागि १ करोड सिलिङ बजेट तथा अन्य बिबिध शिर्षकबाट गरेर नै वडा नम्बर २ मा मात्रै ३ करोड विनियोजीत भएको जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले सामुदायिक बिद्यालय मध्ये उत्कृट बिद्यालयको सुचिमा पर्ने आदिकबि भानु माध्यामिक बिद्यालयको बिकास र शैक्षीक गुणस्तर बढाउन सहयोग गनेृ प्रतिबद्धता जनाउनुभयो । बि सं २०२५ सालमा स्थापना भएको बिद्यालयले स्वर्ण जयन्ति मनाउन गईरहेको छ । साथै नया बिद्यालय व्यवस्थापन समिति गठन भएसंगै यसको भौतीक र शैक्षीक गुणस्तर बृद्धिमा फडको मारेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रि अधिकारीले बताउनुभयो । नर्सरी देखी १२ कक्षा सम्म अध्यापन हुने सो बिद्यालयमा १५ सय बिद्यार्थीहरुले अध्ययन गरिरहेका छन

पुष २४ ।


देवघाटधाममा लाग्ने मेलामा सुरक्षाा तथा अन्य व्यवस्थापनको पाटोमा कुनै कसर बाकी नराख्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताएका छन् । सोमबार देवघाट क्षेत्र बिकास समितिले आयोजना गरेको मकर सक्रान्ति मेलासमिक्षा तथा छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले यस्तो बताएका हुन् । साथै उनले मातहतका बिभिन्न निकायलाई चुस्त र दुरुस्त रुपमा कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको छ । मेला व्यवस्थित बनाउन सुरक्षा संयन्त्र, खानेपानि, बजार अनुगमन बिद्युत सेवा टाफिक व्यवथापन, टेलिफोन नेटवर्क, स्वास्थ्य, शौचालय आदिको व्यवस्था गर्न निर्देशन दिनुभएको हो । धार्मीक पर्यटकिय भुमी देवघाट धाममा लाग्ने मकर सक्रान्ति मेलालाई व्यस्थित बनाउन सोमबार जिल्ला प्रशासन कार्यालय चितवन समिक्षा तथा छलफल कार्यक्रम गरिएको हो । मकर सक्रान्तिमा लाखौ भक्तजन देश तथा बिदेशबाट आउने गर्दछन । जेष्ठ नागरिक ,अशक्तको झोलुङगे पुलमा झोलुङगे पुलमा लाईन लाग्न नपर्ने तथा डुगामा निशुल्क सेवा दिईने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । मेलाको चुस्त व्यवस्थापनका लागि समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । साथै उहाले मेला अबधिभर कुनै पनि अप्रिय घटना नहोस भनि संबेदनशिल रहेको र सोही अनुसारको व्यवस्थापनको कार्य गरिरहेको उल्लेख गर्नुभएको छ । मेला भर्न आउने बाह्य तथा आन्तरिक पर्यटक तथा भक्तजनले कुनै समस्या झेल्नु नपर्ने देवघाट क्षेत्र विकास समितिले दाबी गरेको छ । देवघाट क्षेत्रमा मदिरा न्युनिकरणका लागि समितिले क्षेत्रमा धुमपान तथा मद्यपान नगर्न सबैमा अनुरोध गरेको छ । परापूर्वक कालदेखि गर्दै आएको मेला त्रिशुली र दामोदर कुण्डबाट आएको पानी मकर सक्रान्तिको सोहि दिन देवघाटको वेणी संगममा मिसीएको हुनाले त्यहि दिन देवघाटमा माघेसंक्रान्ति मेला लाग्ने गरेको कथन रहेको छ ।

 

चितवन,पुस २४ ।

हिजोआज चितवनका उद्योगी व्यवसायीहरुलाई चुनावको चटारो छ । आफ्नो प्रतिनिधिमुलक संस्था उद्योग वाणिज्य सँघ चितवनको पुस ३० गते तोकिएको अधिवेशनमा आफू वा आफ्ना उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरु चितवनका विभिन्न क्षेत्रको दौडाहामा छन् । उनिहले प्रचार–प्रसारलाई तिव्रता दिँदै व्यवसायीलाई आफ्नो पक्षमा पार्ने कसरतमा छन् । अध्यक्ष उम्मेद्वार सहनलाल प्रधान नेतृत्वको प्यानलले चुनावी अभियान अन्तर्रगत सोमवार  माडीका व्यवसायीहरुको घरदैलोमा पुगेर भोट मागेका छन् । सो क्रममा व्यवसायीले पहिलो पटक प्रधान सहितको प्यानल भोट माग्न आएको भन्दै उत्साहित भएको वताए । उनिहरुले प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । टोलीले पश्चिम चितवनको शिवनगर,पार्वतीपुर लगाएतका क्षेत्रका व्यवसायीसँग पनि भेटघाट गरेर भोट मागेको थियो ।

यस्तै आजनै प्रधान प्यानलले भाडा वर्तन व्यवसायीहरुसंग छलफल गरि आफूहरुलाई जिताउन आग्रह गरेका थिए । भाडा वर्तन व्यवसायीले प्रधान प्यानललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सो अवसरमा वोल्दै अध्यक्षका उम्मेदवार प्रधानले आफ्नो समूहले व्यवसायिक हकहितका लागि काम गर्ने बताउनुभयो । धेरै व्यवसायीसँग मैले भेटघाट गरिसकेको छु, म उठेकोमा साथीहरु निकै उत्साहित पाएँ र मैले जित्छु भन्नेमा विश्‍वस्त छु’ प्रधानले भन्नुभयो । उहाँले सवै व्यवसायीले भोट दिनेमा विश्‍वस्त पारेको भन्दै सवैतिर आफ्नो पक्षमा उस्तै माहोल देखिएको वताउनु भयो । उहाँले व्यवसायीहरुको समर्थनले आफ्नो प्यानलको जित सुनिश्चित भएको दावी गर्नुभयो ।

यसैविच प्रधान प्यानल वे गु्रपले नारायणगढमा आयोजना गरेको सरसफाई कार्यक्रममा समेत सहभागी भएको थियो ।

प्रधान प्यानलवाट वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ,उपाध्यक्षमा भोजराज कौडाल, चिरन्जीवि सुवेदी र सुमन श्रेष्ठ उम्मेद्वार बन्नुभएको छ । यस्तै कार्यसमिति सदस्यमा उद्योग तर्फ अशोक अधिकारी,विनोद पौडेल,चन्द्रमणी सापकोटा,रोहित कुमार श्रेष्ठ,सिद्धार्थलाल चुके र सोमप्रसाद काप्री उम्मेद्वार वन्नुभएको छ,भने वाणिज्य तर्फ बलराम भण्डारी,ज्ञानु प्रसाद न्यौपाने,इश्वरी प्रसाद खराल,लक्ष्मी रिमाल पौडेल,राजेन्द्र ओली र तारानाथ पाठक उम्मेद्वार बन्नुभएको छ । यस्तै महिला तर्फ कार्यसमिति सदस्य पदमा रजनी मास्के उम्मेद्वार बन्नुभएको छ ।

उद्योग वाणिज्य सँघ चितवनको ५१ औं साधारण सभा तथा अधिवेशन यही ३० गते हुँदैछ ।

 

पुष २३ ।


जनप्रतिनिधिहरु निर्वाचित भएको महिनौ भइसक्दा पनि सरकारले भ्रम सिर्जना गरेर सत्ता हस्तान्तरणमा ढिलाई गरेको नेकपा एमालेले वताएको छ । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन चितवनले आइतबार नेकपा एमाले चितवनको पार्टि कार्यालय कृष्णपुरमा आयोजना गरेको संगठनको २७ औं स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्ने एमाले नेताहरुले यस्तो वताएका हुन् । कांग्रेस नेतृत्वको सरकारले विभिन्न भ्रम सिर्जना गरेर बामपन्थि जनप्रतिनिधिलाइ सत्ता हस्तान्तरण गर्न ढिला गरेको चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ का सदस्य कृष्णभक्त पोखरेलले वताएका छन् । बामपन्थिलाइ जिताउन वा पार्टि एकताको कुरामा भुतपुर्व सैनिक तथा प्रहरी संगठनले महत्वपुर्ण भुमिका खेलको उनको भनाइ छ । बामपन्थिको सरकारले आएपछि ५ बर्षमा नेपाललाइ समृद्धि र नवनिर्माणको दिशामा अगाडि लैजाने उनले वताए । नेकपा एमाले चितवनका जिल्ला अध्यक्ष समेत रहेका पोखरेलले २५ जना भुतपुर्व सैनिक तथा प्रहरीलाइ पार्टि प्रवेश समेत गराएका छन् । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन चितवनले अपांग २ जना, बृद्धा २ जना, गत बर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व सैनिकका विद्यार्थि एक जना र एकल महिलालाइ सम्मान गरेको संगठनका अध्यक्ष ददिराम देवकोटाले जानकारी दिए । कार्यक्रममा बोल्दै चितवन प्रदेश सभा क्षेत्र नं. ३ क का सदस्य कृष्ण भुत्र्तेलले कम्युनिष्ट एकतालाइ सफल बनाउने जनताले भोट दिएर जिताएको बताउंदै पार्टि एकताका लागि सांगठनिक गृहकार्य गर्न सुझाव दिए । कार्यक्रममा नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एवं भरतपुर २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य चक्र रुझाल लगायतको उपस्थिति रहेको थियो

More Articles ...