असार १६ ।


मदन भण्डारीकी छारी उषाकिरणले बुबा मदनका हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी छन् ।
बुधबार काठमाडौमा स्वर्गिय भण्डारीको ६६औ जन्मोत्सोव कार्यक्रममा बोल्दै छोरी उषाकिरणले छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी हुन् ।
मदनको २४ बर्ष पहिले २०५० साल चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो ।

असार १४ ।
प्रकोपको कारण हुने क्षति न्यूनीकरणको लागि चितवनमा विभिन्न सात वटा कलस्टरहरु निर्माण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको मनसुन पूर्वतयारी बैठकले चितवनमा आठ वटा कलस्टर निर्माण गर्ने निर्णय गरेको हो । बुधबार भरतपुरमा बसेको बैठकले विपद् व्यवस्थानको लागि चाहिने सबै सामग्रीहरु सातै वटा कलस्टरमा राख्ने र विपद् भएको ठाउँमा तत्काल पु¥याउनुपर्ने निर्णय गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति चितवनका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले चितवनका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेकोले यसको न्यूनीकरणको लागि सचेत हुनुपर्ने निर्णय गरेको छ । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विपद् व्यवस्थापनको लागि सवारी साधन परिचालन गर्न तयारी साथ राख्नुपर्ने र सबै साधनलाई स्वचालित पद्धतीमा लैजानुपर्नेमा जोड दिए । त्यसैगरी, नारायगढल मुग्लिङ सडक खण्डका कारण जोखिम धेरै बढेकोले यात्रुहरुलाई सावधानी अपनाउन र रातिको समयमा तथा पानी परेको बेलामा सवारी चलाउन नहुनेमा बैठकले जोड दिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका नवनिर्वाचित मेयर नारायण वनले मुग्लिङ नारायणगढ सडक खण्डको कारण चितवनको पर्यटन व्यवसाय नै धराशायी बन्दै गएको बताए । यस सडकको विकल्प तत्काल खोज्नुपर्ने तथा भरतपुर पोखरा समेत सिधा हवाई उठान गर्नुपर्नेमा वनले जोड दिए । चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले गत वर्ष बाढीले माडी क्षेत्रका माछा पालक किसानहरुलाई क्षति पु¥याएको भन्दै २८ जना किसानलाई दामासायीले दुई लाख रुपैयाँ वितरण गर्ने जनाए ।


असार १४ ।
चितवनमा पछिल्लो ६ महिनाको अवधिमा १६ बालिका गम्भीर प्रकृतिको अपराधबाट पीडित बनेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले वुधबार भरतपुरमा आयोजना गरेको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा २०७३ पुस १७ देखि २०७४ जेठ सम्मको तत्थांक हेर्दा कुल २९ घटनामा १६ बालिका पीडित भएको पाइएको हो । घटनाबाट पीडित हुने बालिकामा निकै कम अर्थात् वर्ष ५ की बालिका जवरजस्ती करणी प्रयासबाट पीडित बनेको इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए । यस अवधिमा जवरजस्ती करणी अन्तर्गत कुल १० घटनामा ८ जना बालिका र करणी प्रयास अन्तर्गत कुल १० घटनामा ६ बालिका पीडित बनेका छन् । २ जना बालिकाको जवरजस्ती करणी गरी पोखरीमा फालेर हत्या गरेको भनी प्रहरीमा जाहेरी परेको छ । ६ महिनाको अवधिमा जिल्लामा कुल ४ वटा कर्तव्य ज्यान घटना भएका छन् । मानव वेचविखनको १ र बहुविवाह अन्तर्गत ४ मुद्दा दर्ता भएका छन् । सवै भन्दा बढि वैशाख र जेठ महिनामा ७÷७ वटा घटना भएका छन् । चैतमा ४, फागुनमा ५, माघमा र पुसमा समान ३÷३ घटना भएको इन्सेक चितवनले जनाएको छ । त्यस्तै जिल्लामा घरेलु हिंसा अन्तर्गत जेठ महिनामा २६, वैशाखमा ३०, चैतमा २६, फागुनमा २४, माघमा १८ र पुसमा महिनामा ५ वटा निवदेन परेका छन् । प्रहरीका अनुसार जेठ महिनामा २०, वैशाखमा २१, चैतमा २२, फागुनमा १५, माघमा १० र पुसमा ५ वटा घटना मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता डिएसपी दिपक श्रेष्ठले सवै घटनाको दोषीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए ।

असार १३ गते ।

 

निर्वाचन आयोगले भोली बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदानमा सरिक भई आफूले रोजेका योग्य उम्मेदवारलाई मतदान गर्न पनि सबैमा अपिल गर्नु भएको छ । बुधबार प्रदेश नम्बर १, ५ र ७ अन्तरगतका ३ सय ३४ स्थानमा निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बुधबार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको पनि बताउनु भयो । निर्वाचन आयोगले राष्ट्रका लागि दुःख सहेर भएपनि मतदानमा सरिक हुन पनि सबै मतदातालाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको भरपर्दो व्यवस्था गरेकाले ढुक्क भएर मतदान गर्न पनि सबैलाई आह्वान गर्नु भयो । निर्वाचन आयोगले मतदाता परिचत्र पत्र छुटेकाहरुलाई पनि मतदान गर्ने बैकल्पिक व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले कुनै कारणबस मतदाता परिचय पत्र छुटे वा हराएमा नागरिकता, २०७० सालमा आयोगबाट जारी गरिएको मतदात परिचय पत्र, राहदानी वा सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाण पत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका परिचय पत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो । निर्वाचन आयोगले नागरिकतालाई मूल आधार बनाई मतदान गर्न दिने व्यवस्था मिलाउन पनि मतदान अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न पनि सबैमा अपिल गरेको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताका लागि ४ हजार ५ सय ८१ वटा मतदान केन्द्र तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा मतपत्र सुरक्षा गर्न पनि सरोकारवाला सबैमा अपिल गर्नु भयो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै पनि गतिविधि नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएको छ ।


असार १४ ।
राप्ती नगरपालिका ७ वीरेन्द्रनगर स्थित शहिद वलराम दुग्ध उत्पादक सहकारी सस्ंथाले दुध उत्पादनका आधारमा किसानलाई अनुदान रकम वितरण गरेको छ । नेपाल सरकारले उपलव्ध गराएको १३ लाख ३२ हजार रुपैया वितरण सुरु गरेको हो । अनुदान वितरण कार्यक्रमको उद्घाटन बुधवार एक कार्यक्रमकाबीच राप्ती नगरपालिकाका मेयर प्रभा वरालको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा मेयर वरालले केही किसानहरुलाई अनुदान रकम वितरण गरिन् । दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालका अनुसार संस्थामा हाल १ हजार भन्दा वढि किसानले दुध विक्री गर्दै आएका छन् । उनीहरुलाईनै सरकारले उपलव्ध गराएको अनुदान रकम वितरण गरिने छ । संस्थासहित विभिन्न ८ वटा संकलन केन्द्रबाट दैनिक ४ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ । कार्यक्रममा वोल्दै मेयर वरालले सरकारले प्रदान गरेको अनुदान रकमले किसानलाई पशुपालन व्यवसाय गर्न हौसल्ला मिल्ने धारणा राखिन् । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका लेखा सदस्य एवंम् जिल्ला अध्यक्ष वालकृष्ण उप्रेतीले लामो समयदेखी दुधको मुल्य वृद्धी नभएकाले सरकारले अनुदान रकम अझ वढाउनु पर्ने वताए । संस्थाका अध्यक्ष छविलाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष हरि पौडेल,भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीराज थपलिया, परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्रीधर प्रसाद उप्रेती,राप्ती ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी, जिल्ला प्रतिनिधी तुलसीराम कडेंल, सस्थाका व्यवस्थापक खुदयराज पन्त लगायतले मन्तव्य राखेका थिए ।

 

असार १४ । 

 

कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्रविधि केन्द्र चितवनको आयोजनामा चितवनमा ‘नेशनल कन्फ्रेन्स अन वायो टेक्नोलोजी ः पोलिसी एण्ड एप्लिकेशन’ सुरु भएको छ । जैविक प्रविधि सम्बन्धी यस्तो सम्मेलन नेपालमा नै पहिलो पटक आयोजना गरिएको हो । सम्मेलनले नेपालमा जैविक प्रविधिको अवस्था र यसको विकासको लागि नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने जैविक प्रविधि केन्द्रका निर्देशक डाक्टर ईश्वरी प्रसाद कडरियाले बताउनुभयो । यस सम्मेलनमा जैविक प्रविधि सम्बन्धी काम गर्दै आएका देशभरीका वैज्ञानिक, नीति निर्माता, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको छ । जैविक प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रभु बुढाथोकीले जैविक प्रविधि सम्बन्धी हालसम्म कुनै पनि योजना नबनेको बताउनुभयो । सम्मेलनले तयार पारेको घोषणा पत्र अनुसार राष्ट्रिय योजना आयोगले आगामी दिनमा जैविक प्रविधि सम्बन्धी योजना बनाउने समेत बुढाथोकीको भनाइ छ । 

 

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा एक सय २५ जना व्यक्तिहरुको सहभागिता रहेको छ । सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का करिब ३० जना वैज्ञानिकहरुले जैविक प्रविधि सम्बन्धीका अनुसन्धानात्मक नतिजाहरुको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा जैविक प्रविधि सम्बन्धी अध्ययन गरिरहेका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधीमा अनुसन्धान गरिरहेका विद्यार्थीहरुको अनुसन्धानात्मक नतिजाको पोष्टर समेत प्रदर्शन गरिएको छ । सम्मेलनमा आएका कार्यपत्र तथा निष्कर्षहरुलाई विज्ञाको समूहमा वृहत छलफलपछि राष्ट्रिय जैविक प्रविधि घोषणा २०७४ जारी गरिने जनाइएको छ । 

 

c;f/ !$ .

s[lif tyf jg lj1fg ljZjljBfno, h}ljs k|ljlw s]Gb| lrtjgsf] cfof]hgfdf lrtjgdf …g]zgn sGk|m]G; cg jfof] 6]Sgf]nf]hL M kf]ln;L P08 PlKns]zgÚ ;'? ePsf] 5 . h}ljs k|ljlw ;DaGwL o:tf] ;Dd]ng g]kfndf g} klxnf] k6s cfof]hgf ul/Psf] xf] . ;Dd]ngn] g]kfndf h}ljs k|ljlwsf] cj:yf / o;sf] ljsf;sf] nflu gLlt tyf sfo{qmd agfpg ;xof]u k'Ug] h}ljs k|ljlw s]Gb|sf lgb]{zs 8fS6/ O{Zj/L k|;fb s8l/ofn] atfpg'eof] . o; ;Dd]ngdf h}ljs k|ljlw ;DaGwL sfd ub}{ cfPsf b]ze/Lsf j}1flgs, gLlt lgdf{tf, cg';Gwfgstf{, k|fWofks tyf ljBfyL{x?sf] ;xeflutf /x]sf] 5 . h}ljs k|ljlw ;DaGwL /fli6«o ;Dd]ngsf] pb\3f6g ub}{ /fli6«o of]hgf cfof]usf ;b:o 8fS6/ k|e' a'9fyf]sLn] h}ljs k|ljlw ;DaGwL xfn;Dd s'g} klg of]hgf gag]sf] atfpg'eof] . ;Dd]ngn] tof/ kf/]sf] 3f]if0ff kq cg';f/ /fli6«o of]hgf cfof]un] cfufdL lbgdf h}ljs k|ljlw ;DaGwL of]hgf agfpg] ;d]t a'9fyf]sLsf] egfO 5 .

cfjfh=== (MVI_2910) k|e' a'9fyf]sL, ;b:o, /fli6«o of]hgf cfof]u .

laxLaf/;Dd ;~rfng x'g] ;Dd]ngdf Ps ;o @% hgf JolQmx?sf] ;xeflutf /x]sf] 5 . ;Dd]ngdf s[lif tyf jg lj1fg ljZjljBfno, lqe'jg ljZjljBfno, sf7df8f}F ljZjljBfnosf k|fWofks tyf ljBfyL{, g]kfn lj1fg tyf k|ljlw k|lti7fg -gfi6_, g]kfn s[lif cg';Gwfg kl/ifb\ -gfs{_sf sl/a #) hgf j}1flgsx?n] h}ljs k|ljlw ;DaGwLsf cg';GwfgfTds glthfx?sf] sfo{kq k|:t't ug'{x'g]5 . ;Dd]ngdf h}ljs k|ljlw ;DaGwL cWoog ul//x]sf :gfts, :gftsf]Q/ tyf ljBfjfl/wLdf cg';Gwfg ul//x]sf ljBfyL{x?sf] cg';GwfgfTds glthfsf] kf]i6/ ;d]t k|bz{g ul/Psf] 5 . ;Dd]ngdf cfPsf sfo{kq tyf lgisif{x?nfO{ lj1fsf] ;d"xdf j[xt 5nkmnkl5 /fli6«o h}ljs k|ljlw 3f]if0ff @)&$ hf/L ul/g] hgfOPsf] 5 . 

असार १३ ।
चितवनको भरतपुरमा रहेको नेशनल सिटी हस्पिटलले कानको अप्रेशन गर्नुपर्ने बालबालिकाहरुको निशुल्क अप्रेशन गर्ने भएको छ । विभिन्न ठाउंमा गरिएका स्वास्थ्य शिविरमा जांच भई अप्रेशन गर्ने सिफारिस भएका बालबालिकाहरुकोे निशुल्क अप्रेशन गरिने भएको हस्पिटलका म्यानेजर विक्रम अधिकारीले जानकारी दिए । यो सेवा सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीको सहकार्यमा गर्न लागिएको हो । हस्पिटललाई कानको अप्रेशन गर्दा आवश्यक पर्ने अत्याधुनिक इएनटि अप्रेशन माईक्रोस्कोप सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीको पहलमा नेदरल्याण्डको बच्चा र कान नामक संस्थाबाट सो उपकरण पाएसगैं यस्तो कार्य गर्ने घोषण गरिएको छ । जसका लागि सामुदायिक सहयोग केन्द्र नेपालका उपाध्यक्ष राजेन्द्रप्रसाद खरेल र हस्पिटलका अध्यक्ष प्रचण्डलाल प्रधान विच सम्झौता पत्रमा हस्ताक्षर गर्दै निशुल्क उपचारको घोषण गरिएको थियो । सो अवसरमा बोल्दै हस्पिटलका सञ्चालक डा.निर्मल लामिछानेले कान पाक्ने, कान दुख्ने समस्या र बहिरोपन अन्त्य गर्न इएनटि अप्रेशन माईक्रोस्कोप महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कान अप्रेशन गर्दा छेऊछाऊका नसालाई जोगाउन यो माईक्रोस्कोप विना सम्भव नहुने बताए । जर्मनी प्रविधिमा बनेको मेसिन नेदरल्याण्डबाट हस्पिटललाइ बच्चाहरुको निशुल्क कानको उपचार गर्ने गरि प्रदान गरिएको छ । यो मेसिनको मुल्य ३० लाख रुपैया रहेको छ । यो मेसिन भित्रिएसगैँ अस्पतालको सेवामा नयाँ अध्याय थपिएको अध्यक्ष प्रधानले बताए । त्यस्तै सोही अवसरमा बोल्दै केन्द्रका उपाध्यक्ष राजेन्द्र प्रसाद खरेलले केन्द्र अन्र्तगतको सामुदायिक स्वास्थ्य केन्द्रले सन् २०१० देखि चितवन र गोरखाका ५३ सय ३२ जना विद्यार्थीहरु माझ गई निशुल्क शिविर गर्दै आएकोमा थप सेवा दिन चितवनको नेशनल सिटीसंग सहकार्य गरेको बताए ।

More Articles ...