साउन ५ ।
भरतपुर माडि सडक अन्तर्गत पर्ने क्यान्सर अस्पताल १ नं. गेट अगाडि सवारी दुर्घटनाको जोखिम बढेको छ । क्यान्सर अस्पतालको १ नं. गेट अगाडि सडक भत्किदा विरामीहरुले समेत सास्ति व्यहोर्नु परेको छ । ह्विल चियर प्रयोग गरि अस्पताल आवतजावत गर्नुपर्ने विरामीलाइ समस्या थपिएको हो । गत आर्थिक बर्ष ०७३÷७४ मा डिभिजन सडक कार्यालयले क्यान्सर अस्पताल अगाडि मात्रै ३ पटक सडक मर्मत गरेको थियो । डिभिजन सडकको आंखामा छारो हाल्ने कार्यले पटक पटक सडक भत्किने गरेको छ । सो सडकको खाल्डो टाल्ने योजना टेण्डर प्रकृयामा गइसकेको सडक डिभिजनकी इन्जिनियर गिताञ्जली कोइरालले वताएकी छन् । पानि पर्न छाडेपछि सडक टाल्ने उनको भनँइ छ । पटक पटक खाल्डो टाल्ने काम हुंदा पनि सडक छेउमा पानि जम्ने भएपछि सडक छिट्टै भत्किने गरेको छ । मुख्य सडकमै पानि पोखरी बनेपछि सो स्थानमा दुर्घटनामा बृद्धि भएको स्थानिय वताउंछन् । डिभिजन सडक कार्यालयले सो सडकमा ३ पटक सम्म ग्राबेल हाले पनि प्रभावकारी नभएको स्थानिय किराना व्यवसायी दिनेश आचार्य वताउंछन् । पानि पर्दा सडकमै पानि पोखरी बन्ने गरेको र घाम लाग्दा धुलो उडेर सास्ति भएको उनको भनाइ छ ।

एसियाकै नमुना अस्पतालको रुपमा लिइने विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सडकको अवस्था दयनिय बन्दै गएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा सडक अवस्था दयनिय बन्नु आपत्तिजनक रहेको छ । आकस्मिक विरामी लगायत ह्विल चियरमा लैजानु्पर्ने विरामीहरुलाइ यस सडकले समस्या उत्पन्न गराएको स्थानिय सुरज पौडेलको भनाइ छ ।

साउन ५ ।
निर्माण सम्पन्न गर्नुपर्ने समयमा ५० प्रतिशत मात्रै काम गरेको नारायणगढ–मुग्लिन सडकखण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ । जसका कारण यात्रुले अर्को वर्ष पनि सडकका कारण दुःख पाउने भएका छन् । सन् २०१५ को अप्रिलमा २ वर्ष्भित्रमा काम सम्पन्न गर्ने गरी तीनवटा निर्माण कम्पनीलाई सो सडक ठेक्कामा दिइएको थियो । राजधानी प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकताको सडक भनिए पनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बिएलए तथा श्रेष्ठ निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि आगामी फेब्रुअरी २०१८ सम्म पुगेको छ । पहिलो खण्डको मिति १४ फेब्रुअरी र तेस्रो खण्डको २० फेब्रुअरीसम्म मिति थप गरिएको हो । दोस्रो बीचको सडकखण्ड निर्माणको जिम्मा पाएको उड हिल तथा लामा निर्माण कम्पनीको भने समय थप गरिएको छैन । अन्य दुई कम्पनीको भन्दा लामाको निर्माणमा प्रगति नदेखिएको भन्दै समय थप नगरेर दबाब दिएको भए पनि मिति थपको विकल्प नरहेको आयोजनाले जनाएको छ । असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गरेपछि दिनभर सवारी चापका कारण काम हुन सकेको छैन । निर्माण कम्पनीले यो समयको समेत मिति थप माग्ने भएकाले मिति लम्ँिबदै जाँदा आउँदो बर्सातसम्म पुग्न सक्ने देखिएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार निर्माण कम्पनीले भूकम्पका समयमा काममा अवरोध पुगेको भन्दै आठ महिना मिति थप मागेका थिए । त्यतिबेला दुई महिना १५ दिन मात्रै मिति थप गरिएको थियो । असार ३ गतेसम्म ५१।८ प्रतिशत मात्रै काम भएको खनालले बताउनुभयो । नारायणगढबाट २२ किलोमिटर मुग्लिनतर्फ घुमाउनेमा रातिमा हेलोजिन बत्ती बालेर भित्तो काट्ने काम भइरहेको छ । सो ठाउँमा दुई सय मिटर लामो र ४४ मिटर अग्लो भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने हुन्छ । (((०००)))

 

नेपाल प्रहरीका डिआईजि रणबहादुर चन्द एआईजि पदमा बढुवा हुनुभएकोमा सामुदायिक सेवा केन्द्र नारायणगढले एक कार्यक्रमका बीच सम्मान गरेको छ । चन्द जुनियर प्रहरी अधिकृत शिक्षालयका निर्देशक समेत हुनुहुन्छ । अध्यक्ष मिना खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका चन्दले चितवन जिल्लामा सामाजिक अपराध, विकृति विसंगती न्युनिकरणका लागी सेवा केन्द्रले खेलेको भुमिकाको प्रशंशा गर्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालयका एसपि दिपक थापाले चितवनमा आपराधिक घटना घट्दो अवस्थामा रहेको तर केहि समस्या भने कायमै रहेको बताउन’भयो । साथै जिल्लामा चोरी डक्रैती लगायत जघन्य अपराधका घटना न्य’निकरणका लागी नागरिकको साथ तथा सहयोग अपरिहार्य रहेको थापाले बताउनुभयो ।

साउन २ ।
स्क्रिन प्रिन्टतर्फ युवाहरुलाई आकर्षित गर्दै स्वरोजगार बनाउने उद्देश्य सहित चितवनमा स्क्रीन प्रिन्ट एक्स्पो २०१७ सुरु भएको छ । नेपाल तथा भारतका स्क्रीन प्रिन्ट कम्पनीहरुको स्टल रहेको प्रदर्शनीमा स्क्रीन प्रिन्टको बारेमा जानकारी समेत दिइएको छ । प्रविधिको युगमा सबै साधनमा स्क्रीन प्रिन्ट गर्न थालिएकोले यस तर्फ आकर्षित गर्नको लागि उद्योग वाणिज्य संघ चितवन र स्क्रीन प्रिन्ट नेपालको आयोजनामा प्रदर्शनी सुरु गरिएको हो ।
साउन ३ गतेसम्म सञ्चालन गरिने स्क्रीन प्रिन्ट प्रदर्शनीमा भारतका चार सहित १४ वटा स्टल रहेका छन् । स्टलमा स्क्रीन प्रिन्ट गर्ने तरिका प्रत्यक्ष रुपमा देखाउने गरिएको छ भने युवाहरुलाई यस व्यवसायको बारेमा जानकारी समेत दिने गरिएको छ । यो प्रदर्शनी गर्नुको मुख्य उद्देश्य स्क्रीन प्रिन्ट विविधता भएको व्यवसाय हो भनेर जानकारी गराउनु रहेको प्रदर्शनीका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम बताउँछन् । हरेक प्रिन्टमा स्क्रीन प्रिन्टको आवश्यकता पर्ने भएकोले प्रदर्शनीबाट स्वरोजगार वा रोजगारमा रहिरहेका व्यक्तिको वृद्धि विकासलाई जोड दिइएको गौतमको भनाइ छ ।

प्रदर्शनीमा नाइनल प्रिन्ट, कप प्रिन्ट जस्ता साना खालका मेसिनहरु समेत राखिएको छ । चितवनमा दुई सय जनाले स्क्रीन प्रिन्ट व्यवसायको काम गर्दै आएका भएपनि व्यावसायिक रुपमा २० जनाले यो पेशा अंगालेका स्क्रीन प्रिन्ट नेपालले जनाएको छ । नेपालमा उत्पादन भएका फाइबर, झोला, भारतबाट आएका विभिन्न स्क्रीन प्रिन्टका मेसिनहरु, स्क्रीन प्रिन्ट सम्बन्धि मसीहरु प्रदर्शनीमा राखिएको प्रदर्शनीका सहसंयोजक एवम् स्क्रीन प्रिन्ट नेपालका अध्यक्ष प्रभात ढुंगानाले बताए ।

सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसायीको रुपमा स्क्रीन प्रिन्ट व्यवसाय रहेका कारण यस व्यवसायले बेरोजगारी दर घटाउन सक्ने विश्वास लिइएको छ । पछिल्लो समय प्राय सबै कामको लागि स्क्रीन प्रिन्टको माग बढेका कारण युवाहरुलाई स्क्रीन प्रिन्टतर्फ आकर्षित गर्न सकियो भने सामाजिक अपराध समेत रोक्न मद्दत पुग्ने थियो ।

साउन ५ ।
विभिन्न पेसामा आवद्ध भएका व्यक्तिहरुको सीप परीक्षण गरेर उनीहरुलाई प्रमाणपत्रको व्यवस्था गर्न सकेमा उद्यमशीलतामा वृद्धि हुने सरोकारवालाहरुले बताएका छन् । चितवनको नारायणगढमा बिहीबार आयोजना गरिएको नेपालमा व्यवसायिक योग्यता प्रणालीका बारेमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सीप परीक्षणले व्यक्तिले योग्यता अनुसारको काम गर्न योग्य हुने बताए । व्यावसायिक शिक्षामा जोड दिँदै आएको प्राविधिक शिक्षा तथा व्यावासयिक तालिम परिषद् (सिटीईभीटी)को राष्ट्रिय सीप परीक्षा समितिको अन्तरक्रियामा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले सामान्य लेखपढ गर्न सक्ने मानिस पनि आफूले गर्दै आएको व्यवसायमा दक्ष हुने भएकाले उनीहरुको सीप परीक्षण पछि योग्यताको प्रमाणपत्र प्रदान गर्न सकेमा पेसाप्रति गर्व महसुस हुने बताउँछन् । होटल व्यवसाय संघ चितवनका अध्यक्ष कमलराज शर्माले नेपालमा दक्ष जनशक्ति भएर पनि प्रमाणपत्रको अभावमा धेरै व्यक्तिहरु रोजगार पाउनबाट बन्चित भएकाले सहज रुपमा सीप परीक्षण हुने व्यवस्था गर्नुपर्ने बताए । कुनै पनि व्यक्तिको आफूसँग भएको सीप परीक्षण गर्दा पास भएमा त्यो प्रमाणपत्रले विदेशमा जाँदा समेत काम लाग्ने भएकोले सीप परीक्षणको व्यवस्था सुरु गरिएको राष्ट्रिय सीप परीक्षण समिति काठमाडौँका उपनिर्देशक टैलेन्द्र आचार्यको भनाइ छ ।

समितिले हालसम्म विभिन्न दुई सय ८५ वटा पेसाको सीप परीक्षण गरेर प्रमाणपत्र दिने व्यवस्था गरेको छ । नेपालमा विभिन्न चार वटा चरणमा सीप परीक्षण हुँदै आएकोमा यसलाई आठ चरणसम्म पु¥याउनको लागि नीति निर्माण भइरहेको एनभीक्यूएस परीयोजनाका टिम लिडर देवीप्रसाद दाहालले जानकारी दिए । आर्थिक वर्ष २०७३÷०७४ सम्ममा ७५ वटै जिल्लाका करिब तीन लाख ५० हजार जनाले सीप परीक्षण पास गरेर प्रमाणपत्र लिइसकेका जानकारी गराउँदै दाहालले आठ चरणको सीप परीक्षामा उत्तीर्ण व्यक्तिले सहजै विश्व बजारमा काम गर्ने अवसर पाउने बताए । राजधानीमा वर्षमा तीन पटक र अन्य ७४ जिल्लामा वर्षमा एक पटक सीप परीक्षण हुने गरेको छ ।

 

चितवन , साउन ५

संबिधानमा बाध्यकारी  प्रतिनिधित्वको व्यवस्था नराखेसम्म  समतामुलक समाज निर्माण नहुने अन्तरपार्टी महिला संजालकी पूर्व केन्द्रिय अध्यक्ष उमा रेग्मीले बताउनुभएको छ । कार्यक्रमकी प्रमुख अतिथी सञ्जालकी केन्द्रीय सदस्य रेग्मीले अन्तरपार्टाी महिला संजालको महिलाको समानुपातिक समाबेशी प्रतिनिधित्वको लागि गरिएको अभिमुखिकरण कार्यक्रममा यस्तो बताउनुभएको हो । बिहीबार नारायणगढमा भको दुई दिने सो अभिमुखिकरण तालिमको समापनका क्रममा अन्तरपार्टी महिला संजालको प्रयासले नै दक्षिण एसियाकै महिलामैत्री संबिधान नेपालमा बनेको समेत उल्लेख गर्नुभएको छ । जबसम्म महिला राजनितिमा हुदैनन महिलाले अधिकार प्राप्त गर्न नसक्ने भन्दै राजनितिमा महिलाई सक्रिय रहन आग्रह गर्नुभएको छ । उहाले पुरुष जत्तिकै महिलाले पनि हरेक क्षेत्रमा कार्य गर्न सक्ने बताउनुभयो । नेपाली काग्रसका महासमिति सदस्य दिनेश कोईरालाले महिलालाई नेतृत्वमा ल्याउनका लागि यस्ता अभिमुखीकरण कार्यक्रमको आवश्यक रहेको बताउनुभयो साथै उहाले घरदेखी महिला बिच एकमत हुन सके ल्रङिगक बिभेद कम हुने सक्ने बिचार व्यक्त गर्नुभएको थियो । नेकपा एमालेकी उपसचिब सुर्यबदना हमालले समाज रुपान्तरणमा सबै नागरिकको भुमिका उल्लेख्यनिय रहेको बताउदै महिलालाई नेतृत्वको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । सो अवसरमा माओबादी केन्द्रका घनश्याम दाहाल अबिनाशले पार्टीका हरेक तहमा महिला सहभागिता हुनुपर्ने र नेतृत्व सहभागिताका लागि सहभागिताले सोच्नुपर्ने उल्लेख गर्नुभएको छ । त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला कोषाध्यक्ष प्रम गैरै नेकपा मालेका जिल्ला सचिब परशुराम लामिछाने,संजाल चितवनकी निर्बतमान अध्यक्ष संगिता भटटराई , महिला संघ जिल्ला अध्यक्ष पाबृती शाह सहभागि दुर्गा घिमीरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको हो । सं्रजालकी केन्द्रिय सदस्य लक्ष्मी शाहले कमर्यक्रम माथी प्रकाश पार्दे सामाजिक क्रियाकलापमा महिलालाई अग्रसर गराउन आग्रह गनुृभएको छ ।संजालकी गौरी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संजालकी उपाध्यक्ष राधा सुबेदीले स्वागत गर्नुभएको थियो । महिलालाई राजनितिमा सक्रिय बनाई सामुहिक  प्रतिनिधित्वको लागि २०६२ सालमा स्थापना भएको थियो यसैबिच बुधबार अन्तरपार्टाी महिला संजाल चितवनको नया कार्यसमिति चयन गरिएको छ । संजालको नेपाली कागे्रसकी गौरी अधिकारीको अध्यक्षतामा चयन गरिएको सो समितिको उपाध्यक्षमा एमालेकी राधा सुबेदी, सचिबमा माओबादी केन्द्रकी पबित्रा रिमाल, कोषाध्यक्षमा नेकपा मालेकी सिर्जना रुवाली साथै सदस्यहरुमा काग्रसकी राधादेबी कडेल, तारा गुरुङ एमालेकी महादेबी खतिवडा , सबिता चौधरी , माओबादी केन्द्रका संगिता भटटराई , सबिता लामा, राप्रपाकी दुर्गा घिमिरे,र मिना न्यौपाने रहेका छन् ।

साउन ०२ ।
माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरि चितवनको सौराहामा होटल म्यानेजमेन्ट विषयमा अभिमुखीकरण दिइएको छ । भरतपुरमा रहेको फोब्र्स कलेज र रत्ननगरमा रहेको ज्ञानसुधा टेक्निकल कलेजले सोमबार विद्यार्थीहरुको लागि डिप्लोमा तहको व्यावसायिक सीपमूलक होटल म्यानेटमेन्टका बारेमा अन्तरक्रिया गरेका हुन् । एसईई जुन सुकै ग्रेडमा पास गरेका विद्यार्थीले पढ्न पाउने तथा १० जोड दुईमा फेल भएका र रिजल्टको प्रतीक्षामा रहेका विद्यार्थीको लागि समेत १८ महिने होटल म्यानेजमेन्ट लाभदायक रहेको फोब्र्स कलेजका प्रिन्सिपल दिपक गौतमले बताए । १८ महिने पढाई पुरा गरेपछि विद्यार्थीहरुलाई रोजगारको समेत राम्रो अवसर प्रदान गरिने गौतमको भनाइ छ । होटल म्यानेटमेन्टको कोर्ष पुरा हुने समयावधीमध्ये सुरुको छ महिना नेपालमा नै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप प्रदान गरिने उल्लेख गर्दै गौतमले एक वर्ष भने इन्टनसीपको लागि विदेशमा लगिने जानकारी दिए । विदेशमा इन्टनसीप गरिरहदा विद्यार्थीले खान र बस्ने सुविधा सहित मासिक २० हजार रुपैयाँ तलब समेत पाउने गरि पठाइने गौतमको भनाइ थियो । अर्गनाइजेसन अफ टुरिजम हस्पिटालिटी म्यानेटमेन्ट युकेबाट मान्यता पाएको कलेजले ४० प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पढाउने गरि कोटा छुट्याएको छ । अन्तरक्रिया कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थी र अभिभावक सहभागी थिए भने कार्यक्रमका प्रमुख अतिथि रत्ननगरनगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलराम दाहाल रहेका थिए । कलेजका प्रिन्सिपल दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अन्जन उप्रेतीले स्वागत मन्तव्य राखेका थिए ।

More Articles ...