प्रमुख समाचार

  • अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी

    , कार्तिक ४–   पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ ।मन्त्रालयका अनुसार पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक उत्पादन भएको छ । सो सङ्ख्या स्थानीय कुखुराबाट उत्पादन हुने अण्डा बाहेकको सङ्ख्या हो । राष्ट्रिय जनगणनाबाट प्राप्त भएको तथ्याङ्क...

    Read More ...

  • एस डेभलपमेन्ट बैंकले २०.२५ प्रतिशत बोनस सेयर दिने

    ४ असोज, काठमाडौं । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २०.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   बैंकको मंगलबार बिहान बसेको २३१औं सञ्चालक समितिको बैठकले यो वर्ष बोनस सेयरमात्रै दिने घोषणा गरेको हो ।   गत वर्ष बैंकले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पुँजी १ अर्ब...

    Read More ...

  • कानून परिमार्जन गरेर भएपनि क्रसर खुल्छः वन मन्त्री

    २५ भदौ, नवलपरासी । वन मन्त्री शंकर भण्डारीले आवश्यकता अनुसार कानून परिवर्तन गरेर चुरे क्षेत्रमा रहेका खोलाको निकासी खोल्ने बताएका छन्। उनले पछिल्लो समय बन्द भएका क्रसर उद्योग पनि कानुनलाई परिमार्जन गरेर खोलिने बताए । सरकारले देशभर चुरे क्षेत्रमा परेका खोलामा नदीजन्य वस्तुको निकासी रोकेको छ भने...

    Read More ...

  • गगन थापालाई जिल्लाका डाक्टरको खुलापत्र

    मेडिकल उपचार भनेको स्वास्थ्य विज्ञान पढेका, त्यही सीप सिकेका मान्छेले नै गर्ने हुन् । अस्पतालमा कुनै जादुगर बस्दैनन् वा ती कुनै भगवान पनि हैनन्। उपचारको क्रममा ग्यारेन्टी निको हुने नहुने थाहा हुन्न । आफ्नो ज्ञान, सीप, स्रोतसाधन, ल्याबका अनुसार गर्ने हो र यी सबै कुरामा हामी कति पछाडि छौं भन्ने कुरा कसैबाट...

    Read More ...

  • चितवनमा दुई गैँडाका बच्चाको उद्धार

    चितवन, भदौ २७–   चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ ।   निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो । दुवै बच्चालाई...

    Read More ...

  • चितवनमा लोकल रुटको गाडीमा चढ्दै हुनुहुन्छ ? यस्तो छ नयाँ भाडादर..

    चितवन, भदौं २७– स्थानिय प्रशासनले चितवनमा लोकल रुटमा चल्ने गाडीको नयाँ भाडा दर कायम गरेको छ । निकै चर्को भाडा दर उठाउँदै आएको प्रशासनले आधा कम भाडा दर कायम गरिदिएको छ । प्रशासनले प्रतिकिलो मिटर १ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले नयाँ भाडा दर सबै यातायात...

    Read More ...

Top Stories

भाद्र १२, २०७३- ब्राजिलले ओलम्पिकमा यसअघि पनि स्वर्ण पदक जितेको थियो र यसपछि पनि जित्नेछ, तर ब्राजिलका लागि यसपल्टको पुरुष फुटबलमा जितेको स्वर्ण जत्तिको अमूल्य अर्को कुनै पदक हुने छैन । पाँचपल्ट विश्वकप जितेको ब्राजिलले ओलम्पिकमा फुटबलतर्फ स्वर्ण जितेको यो नै पहिलो अवसर हो र यसका नायक रहे, बार्सिलोनाका नेयमार ।

विश्वकप फुटबलमा लगातारको निराशाजनक प्रदर्शनपछि रसातलमा पुगेको आफ्नो शाखलाई पुनर्जीवित गर्ने गरी स्वर्ण जितेपछि नेयमारले भने– ‘मेरो खेल जीवनमा अहिलेसम्म सबैभन्दा राम्रो केही भएको छ भने यो स्वर्ण जित्ने उपलब्धि नै हो ।’

 

भाद्र २४, २०७३- सार्जिल खान र खालिद लतिफले ओल्ड ट्रयाफोर्डमा इंग्ल्यान्डका बलरलाई चारैतर्फ प्रहार गरेपछि पाकिस्तानले बुधबार राति एकमात्र ट्वान्टी–२० खेलमा ९ विकेटको जित हात पार्दै भ्रमण टुंगाएको छ। 

 

बायाँ हाते सार्जिलले ५९ रन बनाएपछि इंग्ल्यान्डले दिएको १ सय ३६ रनको लक्ष्य पाकिस्तानले ३१ बल अगाडि १ सय ३९ रन बनाएर पूरा गर्‍यो। ३६ बल खेलेका सार्जिलले ७ चौका र ३ छक्का प्रहार गरे। उनले लतिफसँग पहिलो विकेटका रूपमा ६९ बलमा १ सय ७ रन जोडे।

लतिफले ७ चौका र ३ छक्का मदतले नटआउट ५९ रन बनाए। इंग्ल्यान्डले त्यही टोली उतारेको थियो, जसलाई वेस्ट–इन्डिजले अन्तिम ओभरको रोमाञ्चक खेलमा पराजित गरी अप्रिलमा कोलकातामा विश्व ट्वान्टी–२० क्रिकेट जितेको थियो। यस नतिजापछि सरफराज अहमदले ट्वान्टी–२० कप्तानका रूपमा पाकिस्तानलाई पहिलो खेलमै विजयी दिलाएका छन्। यी दुईबीचको टेस्ट शृंखला २–२ को बराबरीमा रोकिएको थियो भने एकदिवसीय इंग्ल्यान्डले ४–१ ले आफ्नो पक्षमा पारेको थियो। 

यसअघि इंग्ल्यान्डले ७ विकेट गुमाई १ सय ३५ रनमात्र बनाउन सक्यो। जेसन रोय र एलेक्स हेल्सले ७ ओभरभित्र ५६ रन जोडे पनि इंग्ल्यान्ड त्यसपछि खुम्चिएको थियो। रोय २१ रनमा इमाद वासिमको बलमा एलबीडब्लू आउट भए। हेल्सले २६ बलको इनिङ्समा ५ चौका प्रहार गरे। जो रुट ६, जोस बटलर १६, इयान मोर्गन १४ र बेन स्टोक्स ४ रनमै आउट भएपछि इंग्ल्यान्ड दबाबमा आएको थियो। मोइन अलीले नटआउट १३ र डेविड विलीले १२ नटआउट बनाउँदै इंग्ल्यान्डको स्कोरलाई हेर्न लायक बनाएका थिए। पाकिस्तानबाट वाहव रियाजले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। वासिम र हसन अलीले २–२ विकेट बाँडे। 

 

 

 

प्रकाशित: भाद्र २४, २०७३

भाद्र २२, २०७३- 

पहिलो हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६ मा सुमन गुरुङ् बिजेता बनेका छन् ।

 

जोर्डन केसी सिटी स्नुकर हाउसमा सम्पन्न प्रतियोगितामा ३५ जना खेलाडीहरुलाई पछि पार्दै सुमन गुरुङ्, कुमार घले, दिपेन्द्रबहादुर राना क्रमश: पहिलो दोश्रो तेश्रो बनेका हुन् ।

 

स्पोर्ट क्लव हङकङले आयोजना गरेको स्नुकर प्रतियोगिता हङकङमा पहिलो पटक आयोजक गरिएको ओम गुरुङ् बताउँछन् । खर्चिलो खेल मानिने स्नुकरको विकासका लागि प्रत्येक बर्ष यो प्रतियोगिता आयोजन गर्ने गुरुङले बताए । 

 

प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुने खेलाडीलाई क्रमश: ५ हजार, २ हजार र १ हजार डलरका साथै ट्रफी वितरण गरिएको थियो । 

 

 

प्रकाशित: भाद्र २२, २०७३

Sign up via our free email subscription service to receive notifications when new information is available.
Advertisement