कात्तिक ०१ ।


चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो । विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा नौ, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो । ‘माइट’ नामको एक प्रकारको सुक्ष्म कीरा (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् । यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनीधि शर्मा बताउनुहुन्छ । त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । डेंगु भने एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्र्नेगर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । ज्वरो आएमा र दुई, तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कात्तिक ०१ ।


आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि विवेकशील साझा पार्टीले चितवनमा तयारी सुरु गरेको छ । प्रतिनिधि सभा निर्वाचनको लागि तीन मध्ये दुई ठाउँमा उम्मेदवारको टुङ्गो लागेको र क्षेत्र नम्बर १ मा नाम सिफारिस भइसकेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदेश सभा निर्वाचनको लागि भने चितवनका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लागिसकेको जनाइएको छ । विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभा निर्वाचनको लागि चितवन क्षेत्र २ मा भूपेन्द्र बस्नेत र क्षेत्र नम्बर ३ मा शरदराज पाठकले उम्मेदवारी दिने भएका छन् । क्षेत्र नम्बर १ मा निरज रेग्मीको नाम सिफारिस भएपनि निर्णय हुन बाँकी रहेको भूपेन्द्र बस्नेतले जानकारी दिए । परम्परागत पार्टीहरुको विकल्पको रुपमा रहेको भन्दै आफूहरुले निर्वाचन जित्ने र आफूहरुको एजेन्डा लागू गराउने बस्नेतले बताए । विवेकशील साझा पार्टीले प्रदेश सभाको लागि चितवनको निर्वाचन क्षेत्र नम्बर १ को कबाट ईश्वर ढुंगाना, ख बाट सन्दीप गुनी, निर्वाचन क्षेत्र नम्बर २ को क बाट जगदीश पन्त, ख बाट रामचन्द्र तिमिल्सीना तथा निर्वाचन क्षेत्र नम्बर ३ को क बाट विष्णुप्रसाद पौडेल र ख बाट युवराज न्यौपानेलाई उम्मेदवारको रुपमा उठाउने भएको छ ।


कात्तिक ०१ ।


बलिउडका चर्चित पाश्र्व गायक तथा संगित निर्देशक अकिंत तिवारी क्याम्पाचौर नारायणगढमा कार्तीक ६ गते ईभेन्टसका लागि आउने चितवनमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।बलिउडका चर्चित पाश्र्व गायक तिवारी पहिलो पटक चितवन  आउने हुनुभएको छ । चितवनमा आयोजना हुन लागेको कन्सर्टमा आफ्नो प्रस्तुती दिन र उहाकै नया एल्बम तुम हर दफाहको प्रमोशनको लागि चितवन आउन लाग्नुभएको आयोजक कमिटिका सदस्य सन्दिप झा ले बताउनुभएको छ । जजी ईन्टरटेगमेन्ट एण्ड नबिन उपाध्यायको प्रस्तुतीमा हुने टि एस एन चितवन म्युजिक फिस्टामा तिवारीको प्रस्तुती रहने छ । चितवनकै ठुलो ईभेन्टका रुपमा लिईएको यस ईन्भेटको लागि भव्य तयारी भईरहेको आयोजकले जनाएको छ । बलिउडका चर्चित पाश्र्व गायक तथा संगित निर्देशक अकिंत तिवारी संगै सो ईभेन्टसमा डिजे, स्थानिय गायक , ब्रोहुड व्यान्ड तथा नेपाली कथानक चलचित्र रोमीयोका कलाकारहरु निशा अधिकारी लगायतको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जनाईएको छ । दुई हजार , एक हजार र पाच सय रुपैयाको टिकटदर तोकीएको सो ईभेन्टमा सुरक्षाको लागि सिसिटिभी क्यामरा र फ्रि वाईफाईको पनि व्यवस्था गरिएको झा ले बताउनुभएको छ । ईभेन्टस क्याम्पाचौर नारायणगढमा कार्तीक ६ गते हुनेछ । बैष्णब मिष्ठान भण्डार, फुटकोर्ट , चुल्हो लगायतका स्थानबाट टिकट लिन सकिने व्यवस्था रहेको छ । भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको ईभेन्टसका लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

१ कात्तिक, चितवन ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।


वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

त्यस्तै

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

कात्तिक ०१ ।


देवघाटको वागीश्वरीमा हुने सामुहिक गाई पुजाको तयारी पुरा भएको छ । वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरि नाथ गौ संरक्षण केन्द्रले आयोजना गर्ने गाई पुजाको तयारी पुरा भएको जनाइएको हो । देवघाट क्षेत्र विकास समितिकोे क्षेत्राधिकार भित्र रहेको गौ संरक्षण केन्द्रले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बिहीबार बिहान गाई पुजा गर्ने जनाएको हो । केन्द्रका संयोजक टंकनाथ पौडेलले गाई पुजाको लागि सबै तयारी पुरा गरिएको जानकारी दिए । गाई पुजाको लागि बागीश्वरी क्षेत्रमा सरसफाईसँगै ध्वजा पताका समेत टांगिएको पौडेलले जानकारी दिए । गौ संरक्षण केन्द्रका सहसंयोजक उमाशंकर अग्रवालले नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य व्यक्तिहरुसँगको सहकार्यमा गाई पुजाको तयारी पुरा गरिएको जानकारी दिए । बिहीबार बिहान हिन्दू परम्परा अनुसार गाई पुजा गरिने भएकाले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुलाई गाई पुजाको लागि समेत निमन्त्रणा गरिएको छ । गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईहरु संरक्षण गरिदै आएको छ । गाई संरक्षणको लागि ट्रष्टको स्थापना गरेर विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।

कात्तिक ०१ ।

दीपावली तथा छठको अवसर पारेर धनगडा एकीकृत विकास समितिले शुभकामना आदानप्रदानका साथै आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रमको अवसर पारेर धनगडा क्षेत्रभित्र रहेको शिलालेख समेत अनावरण गरिएको छ । कार्यक्रमका वक्ताहरुले धनगडालाई धार्मिक पर्यत?िति बाक्लिदै गएको भएपनि उक्त ठाउँ साँघुरो भएकाले स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै ??%यटकको उपस्थिति बाक्लिदै गएको भएपनि उक्त ठाउँ साँघुरो भएकाले स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै क्षेत्र फराकिलो पार्नुपर्ने एमाले नेता विजय सुवेदीले बताए । सानो ठाउँमा भौतिक संरचना निर्माण गर्न गाह्रो हुने भएकाले पर्यटकहरुको मन लोभ्याउनको लाग उक्त धनगडा पार्कको ठाउँ विस्तार गर्नुपर्ने सुवेदीको भनाइ छ । धनगडामा आन्तरिकका अलावा बाह्य पर्यटक समेत भित्र्याउन सकेको खण्डमा पर्यटन प्रवद्र्धनका साथै आम्दानीको राम्रो स्रोत उपलब्ध हुने बताइएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर तिलचन्द्र भट्टराई प्रमुख अतिथि रहेका थिए । भट्टराईले धनगडा क्षेत्रको एकीकृत विकासको लागि आफूले सक्दो सहयोग गर्ने भट्टराईको भनाइ छ । कार्यक्रममा भरतपुर वडा नम्बर १२ का अध्यक्ष नरेन्द्र कन्दङवा, समाजसेवी बाबुराम अधिकारी, दिनेशकुमार चुके, ज्योति पुस्तकालयका अध्यक्ष प्रविन पन्त, धनगडा एकीकृत विकास समितिका सल्लाहकार सुदिपसिंह अधिकारीलगायतले मन्तव्य राखेका थिए । धनगडा एकीकृत विकास समितिका अध्यक्ष लेखराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिरा घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।

असोज ३१ ।


मध्यम वर्गीय परिवारका व्यक्तिहरुले लिङ्ग पहिचान गरि गर्भ पतन गराउने गरेका सरोकारवालाहरुले बताएका छन् । चितवनको भरतपुरमा आयोजना गरिएको लिङ्ग पहिचानको आधारमा गरिने गर्भ पतन तथा यसले समाजमा पार्ने असर र रोकथाम सम्बन्धी अन्तरक्रियाका वक्ताहरुले शिक्षित र मध्यम वर्गीय परिवारमा गर्भपतनको समस्या विकराल रहेको बताए । लिङ्ग पहिचान गरेर गरिने गर्भपतन व्यक्तिको नियतसँग जोडिएको कुरा भएकोले पनि यो काम निन्दनीय र अपराधिक भएको बताइएको छ । लिङ्ग पहिचानपछि गरिने गर्भपतन रोक्नको लागि समाजमा रहेका सम्पूर्ण व्यक्ति तथा संघसंस्थाको सहयोग आवश्यक रहेको जनप्रतिनिधि बताउँछन् ।

लिङ्ग पहिचानपछि गरिने गर्भपतन रोक्नको लागि तल्लो कक्षाबाट नै नैतिक शिक्षा प्रदान गर्नुपर्ने धर्म गुरु बताउँछन् । शेष लक्ष्मीनारायण मन्दिरका पीठाधीश द्मानाभ आचार्यले शिक्षामा परिवर्तन गर्दै धर्ममा भएका विकृतिलाई हटाएर भ्रुण हत्या रोक्न पहल गर्नुपर्ने बताउनुभयो । धर्मशास्त्रले समेत नारीलाई उच्च स्थानमा राखेको उल्लेख गर्दै आयातित संस्कृतिमा रमाउन खोज्दा विकृति भित्रिएको आचार्यको भनाइ छ । शिक्षित परिवारका व्यक्तिले नै लिङ्ग पहिचानपछि भ्रुण हत्या गर्ने गरेका कारण महिलाको भन्दा पुरुषको संख्या बढी हुने र पछि बिवाहको लागि समेत कन्या नपाउने सामाजिक समस्या निम्तिन सक्ने बताइएको छ ।

प्राकृतिक हिसाबले केटा र केटीको लैङ्गिक अनुपात एक सय तीन देखि एक सय सातको बीचमा हुनुपर्ने बताइएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा नौ वर्षसम्मको लैङ्गिक अनुपात करिब एक सय पाँच, १० देखि १४ वर्षको एक सय तीन, १५ देखि १९ वर्षसम्मको ९६ र २० भन्दा माथीको ८८ रहेको छ । यस तथ्यांकलाई आधार मान्दा समेत १४ वर्षसम्मका बालकहरु भन्दा बालिकाहरुको संख्यामा कमी रहेको छ ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.