महिलाहरु हरेक क्षेत्रमा काम गर्न सक्षम: उमा रेग्मी

प्रमुख समाचार
Typography

कात्र्तिक ०३ । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले संविधान कार्यान्वयन गर्नु आजको आवश्यकता भएको बताएका छन् । स्थानिय निकाय, प्रादेशिक निकाय र प्रतिनिधि सभाको निर्वाचन अनिवार्य गर्नुपर्ने भएकाले संविधान कार्यान्वयनको आवश्यकता भएको श्रेष्ठको भनाई छ । नेपाल महिला संघ, जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । महिलाहरु हरेक क्षेत्रमा काम गर्न सक्षम रहेको उल्लेख गर्दै गोपालमान श्रेष्ठले महिलाहरु पनि आंफै अग्रसर हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले महिलाहरुको क्षमता विकास तथा महिलाहरुलाई नेतृत्वदायी स्थानसम्म पु¥याउन विभिन्न तालिम, सभा, सम्मलेनको आयोजना गर्ने गरेको श्रेष्ठको भनाई छ । हरेक जातजातिको महिलाहरुको सहभागिता रहने गरी विधान जारी गरी महिलाहरुलाई अगाडी बढाउनुपर्छ भन्ने भावनाले नेपाली कांग्रेसले महिलाहरुलाई अधिकार प्रदान गरिरहेको बताएका छन् । 

 

यस्तै, नेपाल महिला संघको केन्द्रिय अध्यक्ष्ँ निर्वाचित उमा रेग्मीले महिलाहरु विभाजन भएर होइन, सबै एकिकृत भएर अगाडी बढ्नुपर्ने बताएकी छन् । महिलाहरु पुरुषभन्दा कमी नभएको र पुरुषहरु पुगेको क्ष्ँेत्रमा महिलाहरु पनि पुगेको रेग्मीको भनाई छ । पुरुषहरु शासक महिला शोषित नभएको उल्लेख गर्दै पुरानो धारणालाई फालेर अगाडी बढ्न समेत रेग्मीले सबैमा आग्रह गरेकी छन् । आजको २१ औं शताब्दीमा पनि समान अधिकारको लागि लड्नुपर्ने दुखद अवस्था भएको रेग्मीले बताएकी छन् । अहिले राजनितिक पार्टीहरुले देश चलाएकोले अधिकार पार्टीहरुसंग माग्न पनि रेग्मीले अपिल गरेकी छन् । 

 

कार्यक्रमको अवसरमा नेपाल महिला संघको केन्द्रिय अध्यक्ष्ँमा निर्वाचित उमा रेग्मी र केन्द्रिय सदस्यमा चितवनबाट निर्वाचित सुशिला उप्रेतीलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ, सांसदहरु गीता वाग्ले, विष्णु माया परियार, पूर्व जिल्ला सभापति पृथ्विमान गुरुङ्, महिला संघका केन्द्रिय सदस्यहरु शुशिला उप्रेती, सरस्वति तिवारी, क्षेत्रीय सभापति सरीता केसी, महिला संघ पूर्व केन्द्रिय कोषाध्यक्ष छलिकुमारी शर्मा, चितवनकी पूर्व अध्यक्ष कृष्ण कुमारी श्रेष्ठ, गौरी प्रधान लगाएतले बोलेका थिए । नेपाल महिला संघ चितवनकी कोषाध्यक्ष्ँ रीता अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष्ँ पार्वती शाहको अध्यक्ष्ँतामा सम्पन्न भएको हो । 

 

Sign up via our free email subscription service to receive notifications when new information is available.