मंसिर २८ ।


वन तथा वातावरणीय संरक्षणका दृष्टिले महत्वपूर्ण मानिने वायो ग्यास प्लान्ट पछिल्लो समय सहरी क्षेत्रमा पनि चासोको विषय बन्दै गएको छ। स्थानीय स्तरमा उपलब्ध हुने मलमुत्रबाट समेत गोबर ग्यास निकालेर खाना पकाउन सकिने सजिलो माध्यम बायो ग्यास प्लान्ट हो। नेपाल सरकारले अनुदान बढाएपछि जिल्लामा गोबर ग्यास निर्माणकर्ताहरु झनै आकर्षित हुने गरेका छन्। नेपाल आफैमा कृषि प्रधान देश भएको र त्यसमा पनि चितवन खेतियोग्य उर्भर भुमी भएकोले बैकल्पिीक उर्जाको सम्भाव्यता अधिकतम छ। मुख्य तया ग्रमीण क्षेत्रमा वायो प्लान्ट आकर्षणको केन्द्र बने पनि आजभोली गोवर ग्यासमा सौचालय पनि जडान गर्न सकिने र बस्तुभाउको मल पनि कम भए पुग्ने भएकोले शहरी क्षेत्रमा पनि वायो प्लान्ट बारे सोधखोज गर्नेको संख्या बढ्दै गएको पाईएको छ । नेपालमा वि.स.२०३४ साल देखी वायो ग्यास प्लान्ट स्थापना भएको हो भने चितवनमा ०३७ साल देखी स्थापना भएको हो। चितवन जिल्लामा हाल सम्म करिव २० हजार घर धुरीले वायो ग्यास जडान गरि सकेका छन भने आवेदन भर्नेको संख्या पनि बढ्दै गईरहेको छ। नेपाल उर्जा विकाश कम्पनि,भरतपुरका अध्यक्ष प्रकाश चन्द्र ्श्रेष्ठका अनुसार हाल नेपाल सरकारले ५,६ जनाको परिवारको लागी वायो ग्यास निर्माण गर्दा करिव ६० हजार लाग्नेमा सरकारले २२ हजार अनुदान दिने गरेको छ। त्यस्तै पहाडको हकमा २८ हजार अनुदानको व्यवस्था गराएको छ। वायो ग्यासको विकास विस्तारका साथै प्रयोग गर्न पनि अत्यन्तै सजिलो भएको बताउनु भयो। मेघा वायो ग्यास प्लान्ट निर्माण गरि घर बाट निस्किने जैविक फोहर,तरकारी मन्डि,होटल,कुखुराको तथा गाईबस्तुका मलहरु र नगरपालीका बाट निस्कने फोहर बाट वायो ग्यास प्लान्टद्धारा ग्यास उत्पादन गराई ग्यास र मललाई बजारमा बिक्री गर्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो।

बायो प्लान्ट,सौर्य उर्जा जस्ता बैकल्पिक उर्जालाई वन,सामुदायिक वन कमिटी,एन जि यो,आइ एन जि यो,लगायत विभिन्न संघ संस्था र नेपाल सरकार बाट पनि अनुदान उपलब्ध गराउदै प्राथमीकता दिइरहेकोले चितवनमा यसको बढ्दो माग भएको चितवन राष्टिय निकुन्ज मध्यवर्ति क्षेत्रका पुर्व संस्थापक अध्यक्ष एवं राट्रिय गोवर ग्यास कम्पनि भरतपुरका कार्यकारी निर्देशक केशव देवकोटाले बताउनु भयो। साथै आफैले पनि गोवर ग्यास प्लान्ट निर्माण गर्दै आएको जानकारी गराउनुभयो। आफनो संस्थाले बायो ग्यास बनाउनका लागी किसानहरुलाई परामर्श दिने,निशुल्क तालिम दिने, निर्माण प्राविधिकहरुलाई घरघरमा पठाउने,बायो ग्यासका उपकरणहरु आफै बनाउने,कम्पोष्ट मललाई नै बिशेष प्राथमिकता दिइएको,कृषि अधिकृतहरु किसानको घरमै गएर पनि कम्पोष्ट मल बनाउने तरिका सीकाउदै उपभोक्ताहरुलाई कसरी लाभान्वित बनाउने भन्ने तर्फ आफुहरु सधै तत्पर रहेको देवकोटाले बताउनुभयो। चितवन जिल्ला लगाएत अन्य जिल्लामा पनि साना तथा ठुला साइजका वायो प्लान्ट निर्माण गरि यस बाट फोहरमैला व्यवस्थापन गर्ने र मल उत्पादन पनि गर्न सकिने निर्देशक देवकोटाले बताउनु भयो।

देश फोहोर मैलाले दुर्गन्धित बनाईरहेको अवस्थामा यसको प्रसोधन गरि सेडेगलेका बस्तु,कुखरा,गाईभैसीको गोवर,खेर जाने अर्गानिक बस्तुहरुलाई उचित व्यबस्थापन र सदुपयोग गरि बैकल्पिक उर्जा बनाई यसको फाईदा लिन सके स्वच्छ वातावरण र सभ्य समाज बन्नेछ ।

मंसिर २८ ।


चितवनमा चालु आर्थिक बर्षको हाल सम्म सवारी दुर्घटनाबाट ५४ जनाको मृत्यु भएको छ । चालु आर्थिक बर्ष ०७४÷७५ को हालसम्ममा चितवनका विभिन्न स्थानमा भएका ९५ ओटा सवारी दुर्घटनामा परि ८० जना सख्त घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारी दुर्घटनामा परी १ सय २४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । केहि दिन अगाडि नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा भएको सवारी दुर्घटनामा परी १० जना यात्रुको मृत्यु भएको थियो । सवारी दुर्घटना न्युनिकरणका लागि जिल्लाको सवारी चाप बढि हुने स्थान एवं मुख्य चोक लगायत ७१ स्थानमा रिफ्रेक्टिभ स्टिकर टांस गरिएका ड्रम राखिएको छ । रिफ्रेक्टिभ स्टिकर टांस गरिएका ड्रम अझै पर्याप्त नभएको पन्तको भनाइ छ । चितवनका अधिकांश बाटोहरु जेलिएको वताउंदै उनले प्रत्येक चोकमा यस्ता ड्रम राख्न सकियो भने दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिका एवं अन्य सामाजिक संस्थाहरुको समन्वयमा अझै सय ओटा ड्रम राख्न आवश्यक रहेको प्रहरी निरीक्षक पन्तको भनाइ छ । हुस्सु लाग्ने समयमा सवारी दुर्घटना न्युनिकरणका लागि फग लाइट जोड्न आवश्यक रहेको पन्तले वताए । हुस्सु लाग्ने बिहान एवं बेलुकाको समयमा सवारीको लाइट बाल्न एवं गति कम गर्न उनले आग्रह गरेका छन् । हाइवेमा ४० किलोमिटर प्रतिघण्टा भन्दा कम स्पिडमा सवारी चलाउन उनले सुझाएका छन् । आवाज, सन्तोष पन्त, प्रमुख एवं प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन

मापसे नियन्त्रण एवं गति कम गर्न सकियो भने मात्र पनि सवारी दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी कार्यालय चितवनलका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले वताएका छन् । भरतपुर र नारायणगढका सडकमा बनाएर मेटिएका जेब्राक्रसिङको पुन बनाउने काम भइरहेको छ । विद्यालय ट्राफिक शिक्षा कार्यक्रम अन्तर्गत पनि विद्यालय अगाडिका सडकमा जेब्राक्रसिङ बनाउन भनिएको पन्तले जानकारी दिए । डिभिजन सडक कार्यालय भरतपुर बुधबारदेखि जेब्राक्रसिङ बनाउने काम शुरु गरेको हो । भरतपुर महानगरपालिका संग पनि जेब्राक्रसिङ बनाउन पहल गरिएको उनले वताए । नगरको विकासका लागि ट्राफिक व्यवस्थापन अत्यावश्यक मानिन्छ । सुरक्षित सडक निर्माणका लागि जेब्राक्रसिङ बनाउने कामलाइ सम्बन्धित नगरपालिकाले अभियानकै रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

मंसिर २७ ।


निर्वाचन सुरक्षा अन्तर्गत पक्राउ परेका विभिन्न २१ जनालाई चितवन प्रहरीले रिहा गरेको छ । मंसिर २१ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि उछृङ्खल गतिविधि गर्ने विभिन्न २४ लाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये दुई जनालाई विस्फोटक पदार्थ र हतियार सहित पक्राउ गरिएकोले उनीहरुलाई थुनामा राखेर अरुलाई छोडिएको हो । छोडिएका सबैलाई सार्वजनिक मुद्दा लगाइएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका तीन जना मध्ये एक जनाको मुद्दा बुझाएर छोड्ने तयारी भइरहेको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी विप्लब समूहका पूरन भनिने पूर्ण बहादुर राई र विबस भुसाललाई विस्फोटक पदार्थ ऐन र हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


आनन्द पोखरेल
चितवन, २८ मंसिर  ।।–


मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरेका राजनीतिक दललाई समेत लिएर समृद्ध नेपाल निर्माणको लागि अगाडि बढ्ने चितवनका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना प्रदान कार्यक्रममा बोल्दै चितवनबाट निर्वाचित भएका जनप्रतिनिधिले संविधानको मर्म र भावना अनुसार काम गर्ने बताएका हुन् ।
चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन अगाडि जनताको माझमा राखेका संकल्पहरु पूरा गर्ने प्रतिवता जनाएका छन् । अबको क्रममा राजनीतिक स्थायीत्व पूरा गर्दै आर्थिक समृद्धि तर्फ देशलाई लैजाने घोषणापत्रका कारण जनताले वाम गठबन्धनलाई समर्थन गरेकाले सोही अनुसार काम गर्ने दाहालले बताएका हुन् ।
मतदाता प्रति उच्च भाव राखेर मतदानमा सहभागी आम मतदाताको भावनालाई सदैव साथमा लिएर आफूहरुले गरेको वाचा पूरा गर्ने संकल्प बोकेको चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले बताए । अन्तर्राष्ट्रिय शक्ति पनि वाम गठबन्धनको जितबाट दुखि हुनु नपर्ने भन्दै सबैलाई मिलाएर नेपालको विकासको लागि अगाडि बढ्ने पाण्डेले प्रतिवद्धता जनाएका छन् ।
चितवनको विकास र समृद्धि मार्फत देशलाई नै समृद्धिको बाटोमा लैजान सकिने चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले बताए । चितवनलाई केन्द्रीय राजधानी र प्रदेश राजधानी बनाउन नसकिएपनि सबै कुराबाट राजधानी पछिको दोस्रो शहरको रुपमा विकास गर्ने योजना रहेको पोखरेलको भनाइ छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने पत्रकारका संगठनको तर्फबाट नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले मन्तव्य राखेका थिए ।

चितवन । मंसीर २४ । –


चितवन क्षेत्र नं १ क मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका  एमालेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भएका छन् । लामा ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मतले पराजित भएका छन् ।


मंसिर २७ ।


चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई ब्रेथलाइजर मेसिन प्रदान गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै यसको नियन्त्रणको लागि दुई वटा ब्रेथलाईजर मेसिन प्रदान गरेको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डाक्टर शुप्रभात श्रेष्ठले बताउनुभयो । अस्पतालमा दैनिक पाँच वटा भन्दा बढी दुर्घटनाका घाइतेहरु आउने गरेकोमा अधिकांशले मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको भेटिएकोले त्यस्ता कार्य रोक्नको लागि मेसिनले सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सवारी चलाएको नचलाएको थाहा पाउनका लागि मेडिकल रिपोर्ट आवश्यक पर्ने गरेकोमा उक्त मेसिन भएपछि अब मापसे चेकजाँचमा कडाई गर्न सकिने ट्राफिक प्रहरीको भनाइ छ ।

उक्त ब्रेथलाइजर मेसिनमा मुखले हावा दिँदा मादक पदार्थ सेवन गरेको थाहा पाइने भएकाले सवारी चेकजाँचमा सफलता मिल्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाको भनाइ छ । सडकको कारण र सवारी साधनको अवस्थाका कारण भन्दा पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

चितवन । मंसीर २४ । –

चितवनमा बामगठबन्धनका उम्मेदवार घनश्याम दाहाल अबिनाश चितवन क्षेत्र नं २ प्रदेश सभा क बाट बिजयी भएका छन ।  २०८३१ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका जित नारायण श्रेष्ठले १५६६३ मत प्राप्तगरी ४ हजार ७सय १८ मतले पराजय भएका छन ।

मंसिर २७ ।


चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्राविधिक सहितको टोली त्यसतर्फ जाने तय भएको जानकारी दिए । उनका अनुसार बर्दियाको बबई नदीमा भाले घडियालको खोजी गरिने छ । त्यसैगरी कर्णाली नदीको भारतीय सीमा क्षेत्रमा पनि भाले गोहीको खोजी गरिने उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका भाले यहाँ ल्याउन मिल्न÷नमिल्नेबारे पनि छलफल भइरहेको उनले बताए । उनका अनुसार उपलब्धताका आधारमा दुईरतीनवटा भाले ल्याउने योजना रहेको छ । टोलीमा प्रमुख संरक्षण अधिकृत कँडेल, सहायक संरक्षण अधिकृत बेदबहादुर खड्कासहित प्राविधिकहरु रहनेछन् । त्यसैगरी सहयोगी संस्थाका प्रतिनिधि पनि टोलीमा सहभागी हुने कँडेलले जानकारी दिनुभयो । निकुञ्जसँग रहेका राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल गोही मरेपछि अन्यत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको हो । भाले गोही मरेसँगै संकटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समेत समस्या देखिएको छ । राप्ती नदीमा रहेको एउटा भाले घडियाल गत जेठ महिनामा मरेपछि राप्ती र नारायणीमा रहेका पोथी प्रजननको अवसरबाट वञ्चित भएका हुन् । चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालका लागि पनि एउटा मात्र भाले रहेको सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिनुभयो । बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान गरिएको छ ।

चितवन मंसीर २४–

चितवनमा बामगठबन्धनका उम्मेदवार बिजय सुवेदी अत्याधिक मतले बिजयी भएका छन । ने कपा एमालेका उम्मेदवार सुवेदी चितवन क्षेत्र नं २ प्रदेश सभा ख बाट बिजयी भएका हुन । उनले २१ ह्जार ५ सय ७२ मत प्राप्त गरी बिजयी भएका हुन, उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६सय ७० मत प्राप्तगरी ८हजार ९सय २ मतले पराजय भएका छन । चितवनमा अहिले ३ वटै क्षेत्रको मतगणना जारी छ । 

चितवन,मंसीर २४, चितवनमा बामगठबन्धनका उम्मेदवार बिजय सुवेदी अत्याधिक मतले बिजयी भएका छन । ने कपा एमालेका उम्मेदवार सुवेदी चितवन क्षेत्र नं २ प्रदेश सभा ख बाट बिजयी भएका हुन । उनले २१ ह्जार ५ सय ७२ मत प्राप्त गरी बिजयी भएका हुन, उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६सय ७० मत प्राप्तगरी ८हजार ९सय २ मतले पराजय भएका छन । चितवनमा अहिले ३ वटै क्षेत्रको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार ४ वटा प्रदेश सभाको नतिजा सार्वजनिक भएसंँगै चारवटै स्थानमा बामगठबन्धनले जित हासिल गरेको छ ।

मंसिर २७ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधाबार माडिको विभिन्न स्थानको स्थलगत निरीक्षण गरेका छन् । चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ मा निर्वाचित भएपछि बुधबार माडिको प्याउली भन्ने ठाउंमा पुगेका प्रचण्डले माडिको प्याउलीका स्थानियको समस्यालाइ सम्बोधन गर्ने वताएका छन् । माडि नगरपालिकाका मेयर ठाकुर ढकालको आग्रहमा प्याउलीका स्थानियको गुनासो सुन्न गएका प्रचण्डले गत बर्ष आएको बाढिले पु¥याएको क्षति र जनताको अवस्थाहरु बारे जानकारी लिएका छन् । प्रचण्डले बुधबार स्थानियहरु संग अन्तरक्रिया समेत गरेका छन् । बर्षेनि आउने बाढिले स्थानियको बस्ती बगाउने गरेको भन्दै एकदमै समस्या परेको स्थानियको गुनासो छ । बैकल्पिक व्यवस्था गरेर त्यहांको बस्ती सारीने प्रचण्डले आश्वासन दिएका छन् । प्रचण्ड बुधबार बगई खोलाको किनारै किनार भएर प्याउली भन्ने ठाउंमा पुगेका थिए । चितवनको समग्र विकासका लागि जनताले अवसर दिएकोमा जनतालाइ धन्यवाद दिन यतिवेला प्रचण्ड घरदैलो कार्यक्रममा व्यस्त छन् । नारायणी, राप्ती लगायतका नदीमा बर्षेनि आउने बाढीले चितवनमा घरबार बिहिनहरुको समस्या बिकराल बनेको भन्दै अब विकास र समृद्धिको नयां युग शुरु भएको वताएका छन् ।

चितवन,मंसिर २४।

चितवन क्षेत्र नं १ प्रदेशसभा ख बाट बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका एमालेका कृष्ण खनाल अत्याधिक मतका साथ विजयी भएका छन् । उनि ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् । खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत पाएका थिए ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.