स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी

प्रमुख समाचार
Typography


जेठ ०४ ।
वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । जेठ २ गतेदेखि मत गणना सुरु गरिएको चितवनमा पनि केही ठाउँको नतिजा आइसकेको छ । चितवनको ईच्छाकामना गाउँपालिकाबाट नेपाली काँग्रेसले चितवनमा जित सुरु गरेको छ । ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी गीता गुरुङ विजयी भएकी छिन् । त्यस्तै अन्य स्थानीय तहको वडाको नजिता आउने क्रम जारी छ । चितवनको माडी नगरपालिकामा विभिन्न पाँच वटा वडामा एमालेले जित हासिल गरेको छ त्यस्तै तीन वटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ भने मेयरको अन्तिम मतपरिणा आउने तयारीमा रहेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र ३ मा नेपाली काँग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा नम्बर २ मा एमालेले जितेको छ । कालिका नगरपालिकाको दुई वटा वडामा काँग्रेस र दुई वटा वडामा एमालेले जितेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ८ र १२ मा नेपाली काँग्रेसले जितको छ । खैरहनी नगरपालिकाको वडा नम्बर १ एमालेले जितेको छ त्यस्तै वडा नम्बर २ र ३ काँग्रेसले जितेको छ ।

Sign up via our free email subscription service to receive notifications when new information is available.