मंसिर ०४ ।


लायन्स क्लब अफ नारायणगढ बालकुमारीको स्थापना दिवसको अवसर पारेर क्लबका अध्यक्ष बालगोपाल चुके र उनकी पत्नीले चितवन मानव सेवा आश्रममा खाना खुवाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रय लिइरहेका अनाथ व्यक्तिलाई सोमबार खाना खुवाइएको हो । मानवीय काम गर्नको लागि स्थापना गरिएको संस्थाको हरेक वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिलाई खाना खुवाइएको क्लबका अध्यक्ष बालगोपाल चुकेले बताए । क्लबको स्थापना दिवसको अवसर पारेर चुके दम्पतीले चितवन मानव सेवा आश्रमको अक्षय कोषमा रहने गरि १५ हजार रुपैयाँ समेत प्रदान गरेका छन् । सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई अक्षयकोषबाट आउने व्याजले खान खुवाउन पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएको चितवन मानव सेवा आश्रम अक्षयकोषका लागि चुके दम्पतीले उक्त रकम प्रदान गरेका हुन् । कार्यक्रम मार्फत नै क्लबका सदस्य धु्रव प्रसाद पौडेलले मंसिर २० गते पर्न गएको आफ्नी छोरीको जन्म दिनको अवसरमा आश्रमको अक्षयकोषमा ११ हजार रुपैयाँ प्रदान गरेका छन् । यसैबीच, क्लबका पूर्व अध्यक्ष सरोज मास्केले समेत आफ्नो जन्म दिनको अवसर पारेर उक्त कार्यक्रम मार्फत एक दिनको खाना खुवाउने रकम आश्रमलाई प्रदान गरेका छन् । नारायणगढका व्यवसायी समेत रहेका मास्केले बिहानको खाना, दिउँसोको खाजा र बेलुकीको खाना वापतको रकम संस्थाका अध्यक्ष ममता शर्मा न्यौपानेलाई प्रदान गरेका हुन् । चितवन मानव सेवा आश्रममा हाल ३१ जना महिला र एक जना बालक सहित ४६ जना असहाय व्यक्तिहरुले आश्रय लिइरहेका छन् । मानसिक सन्तुलन गुमाएका, बिरामी, असहाय व्यक्तिहरुलाई चितवन सहिसत काठमाडौँ, नुवाकोट, गोरखा, नवलपरासीको सडकबाट उद्धार गरेर चितवन मानव सेवा आश्रममा राखिएको आश्रमका उपाध्यक्ष विनोद ढकालले जानकारी दिए ।

चितवन, कार्तिक ३०–


बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’को टिम चितवन टाईगर्सले विहीबार चितवनमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा नारायणगढस्थित क्याम्पाचौरमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम भएको हो । सो कार्यक्रममा ३० जना खेलाडीले सहभागिता जनाएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । प्रत्येक टिमले ‘ट्यालेण्ट हण्ट’ मार्फत स्थानीय खेलाडीलाई आवद्ध गराउने निर्णय अनुरुप चितवन टाईगर्सले पनि ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको हो ।
आजको ‘ट्यालेण्ट हण्ट’ कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान राजु खड्का र पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी छनौटकर्ताको रुपमा रहेका थिए । ‘ट्यालेण्ट हण्ट’ बाट हेमन्त कुमार थापा क्षेत्री, गौतम केसी, संघर्ष, दिवस पौडेल र आकाश थापा गरि पाँच जना खेलाडीको नाम सर्ट लिष्टमा परेको थियो । पाँच जना मध्येबाट व्याट्सम्यानमा आकाश थापा र फाष्ट बलरमा गौतम केसी छनौट भएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
आगामि पुसमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका टिमहरुले ११ जना खेलाडी छनौट गरिसकेका छन् । हरेक टिमले तीन जना विदेशी खेलाडीलाई समेत अनुबन्धन गर्न पाउने प्रावधान रहेको छ । चितवन टाईगर्सको मालिक नवलपरासी निवासी किशोर भट्टराई हुन् । चितवन टाईगर्सको टिममा राष्ट्रिय खेलाडीहरु सुवास खकुरेल, पृथु बास्कोटा, दीपेन्द्रसिंह ऐरीलगायतका युवा खेलाडीहरु रहेका छन् ।


कात्तिक ०७ ।


चितवन सहायता समाज र चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटमा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल तथा ब्लाङ्केट वितरण गरेका छन् । कल्पबासमा बसेका वृद्धहरुलाई जाडो छल्नको लागि ब्लाङ्केट वितरण गरिएको क्याट बेल्जियमका अध्यक्ष राजु घिमिरेले बताए । बेल्जियमा बसेका नेपालीहरुले प्रति व्यक्ति पाँच हजार रुपैयाँ संकलन गरेर देवघाटका वृद्धवृद्धाहरुलाई सहयोग गरेको घिमिरेको भनाइ थियो । चितवन सहायता समाज र क्याट बेल्जियमको संयुक्त आयोजनामा भएको कार्यक्रममा तनहूँ तर्फको देवघाट क्षेत्रमा बसिरहेका ५० जना वृद्धवृद्धालाई ब्लाङ्केट र फलफूल वितरण गरिएको हो । त्यसैगरी, देवघाट क्षेत्र विकास समितिको वृद्धाआश्रममा जेष्ठ नागरिकहरुलाई समेत उनीहरुले खाना खुवाएका छन् । क्षेत्र विकास समितिको वृद्धाश्रममा ३१ जना वृद्धवृद्धाहरु बस्दै आएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद समितिका नव निर्वाचित सचिव जानकी गुरुङले आफूहरु विदेशमा रहने भएपनि मनमा नेपाल रहेको बताइन् । नेपाल नेपालीको लागि थोरै थोरै भएपनि सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी मिल्ने गुरुङको भनाइ थियो ।

कात्तिक २७ ।


भिमसेन बचत तथा ऋण सहकारी संस्था भरतपुर २ को पांचौ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा शेयर सदस्यहरुलाइ सम्मान गरेको छ । ज्येष्ठ नागरिक २ जना, असल बचतकर्ता २ जना, असल ऋणी २ जना र आवधिक बचत कर्ता एवं असल बालबचत कर्ता १÷१ जना शेयर सदस्यलाइ सम्मान गरेको हो । कार्यक्रममा संस्थाका सचिव अशोक श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दिपक शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी निरिक्षक रामबाबु पौडेल, उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष एवं संस्थाका सल्लाहकार राजु श्रेष्ठ लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

असोज ३१ ।
महाकवि लक्ष्मि प्रसाद देवकोटाको सम्झनामा मंगलबार भरतपुरमा कविता वाचन गरिएको छ । १०९ औं लक्ष्मि जयन्तिको अवसरमा कविता बाचन गरिएको हो । देवकोटा बन्धु समाज चितवन, लायन्स क्लब इन्टरनेशनल ३२५ वि टु नेपाल र लायन्स क्लब अफ चितवन सेन्ट्रलको संयुक्त आयोजनामा देवकोटाका कविताहरु वाचन गरिएको हो । महाकवि लक्ष्मि प्रसाद देवकोटाको परिचय र इतिहासलाइ पुर्नताजगि गर्नका लागि कविता बाचन कार्यक्रमको आयोजना गरिएको देवकोटा बन्धु समाज चितवनका अध्यक्ष सिताराम देवकोटाले वताए । साहित्यकार प्रेम विनोद नन्दन लगायत विभिन्न साहित्यकारहरुले कविता वाचन गरेका थिए । देवकोटाको २० भन्दा बढि कविता वाचन गरिएको सिताराम देवकोटाले वताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि टु नेपालका पुर्व गर्भनर घनश्याम भट्टराई, लायन्स क्लब अफ चितवन सेन्ट्रलका प्रमुख गौरीभक्त वाग्ले, सामालोचक धनेश्वर भट्टराई लगायत अन्य साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कात्तिक २७ ।
भरतपुर २ आँपटारीमा रहेको स्मल हेभन मोडल स्कुलले अभिभावकहरुलाई परामर्श दिएको छ । विद्यालयले आफ्ना विद्यार्थीहरुका अभिभावकलाई परामर्श प्रदान गरेको हो । उक्त अभिभावक परामर्श कार्यक्रममा सहभागी भएका दुई सय भन्दा बढी अभिभावकलाई प्रशिक्षक रविन कटुवालले प्रशिक्षण दिएका थिए । कटुवालले वाल मनोविज्ञान, उनीहरुलाई कसरी लगनशील बनाउने भन्ने विषयमा अभिभावकहरुलाई प्रशिक्षण दिएका हुन् । सानै उमेरका बालबालिकाहरुदेखि नै अभिभावकले विशेष ख्याल गर्दै उनीहरुको पढाई प्रति चनाखो बनाउनुपर्ने कुटवालले बताए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष एवम् भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले बालबालिकाहरुलाई गाली गर्न नहुने उल्लेख गर्दै उनीहरुलाई रमाइलो वातावरणमा पढाउनुपर्ने बताएका छन् । उक्त परामर्श कार्यक्रम विद्यालयका कार्यकारी निर्देशक रामप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।


असोज ३१ ।
नारायणी मोटर्सका प्रोपाइटर बालगोपाल चुकेकी श्रीमती अनुषा चुकेले आफ्नो जन्मदिनको खर्च कटाएर मानब सेवा आश्रमलाई सहयोग गरेकी छिन् । अँफ्नो ४० औ जन्मदिनको अबसरमा अनुषा चुकेले सर्बोतकृष्ट जीवनः शाश्वत चिन्तनद्धारा सञ्चालीत मानब सेवा आश्रम चितवन शाखालाई २५ हजारको चेक हस्तान्त्रण गरेकी हुन् । सो चेक मानव सेवा आश्रममा सञ्चालन भएको अक्षयकोषमा जम्माहुने मावन सेवा आश्रमले जनाएको छ । चुकेले आफ्नो जन्मदिनको अबसरमा मानव सेवा आश्रमका ४७ जनालाई फलपुपल समेत बितरण गर्नू भएको थियो ।रकम हस्तान्त्रण तथा फलफुल बितरण कार्यक्रममा चुकेले दिन दुखी र गरीबलाई सहयोग गर्न पाउदा आँफु खुशी भएको बताउनु भयो ।

कात्तिक ११ ।
आगामी १० वर्ष भित्र गैडाकोट देशकै नमुना र बिकसीत सहरका रुपमा बिकास हुने गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताउनु भएको छ । गैडाकोट झपर्दी नमुना टोल बिकास संस्थाको प्रथम साधारण शभा तथा अधिबेशन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले आफुले गैडाकोटको भुगोल यहाको आवास र औधोगिककरणको २० वर्ष पछाडीको अवस्थाको अध्यान गरि बिकासका नया योजना बनाएको ले ५ वर्ष भित्रमा बिकसित सहर मध्यको एकमा गैडाकोट पर्ने र अर्को ५ वर्ष भित्रमा देशकै नमुना र अति बिकसीत सहरको रुपमा गैडाकोटलाई देख्न पाईने बताउनु भयो । आफु अहोरात्र यो क्षेत्रको बिकासमा लागेको भन्दै उहाले नगरबासिले बिकासका अनुभुति गर्ने खालका २०० वटा कामहरु गरिसकेको जानकारी दिनु भयो । आफुले टोल बिकास संस्थाहरुसंग सहकार्य गरी उनिहरुको राय शुझावका आधारमा योजनाहरु समेत बनाएको बताउनु भयो । त्यस्तै नगर उपप्रमुख बिष्णु कुमारी कंडेलले गैडाकोट नगर भित्रका सम्पुर्ण महिलाहरुलाई उद्यमशिल बनाउन आफनो प्रयत्न रहेको र सोही अनुसार काम भएको बताउनु भयो । कार्यक्रममा उच्च अदालतका न्यायधिस तथा टोलसुधार संस्थाका सदस्य धुर्वराज नन्दलाई दोशल्ला तथा कदर पत्रले सम्मान गरिएको थियो । त्यस्तै संस्थाका सल्लाहकार,इस्वरी नाथ रिमाल,रोहणभत्त अधिकारी,डिल्लि प्रसाद सिग्देल,दामोदर पौडेल,अन्जना पराजुली , जेष्ठ सदस्यहरु, कार्यासमितिका पदाधीकारी तथा सहयोग दातालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका सम्मानित ब्यातित्व धुव्रराज नन्दले आफुले टोल बिकास र यहाका सदस्यहरुको हितका लागी आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।


असोज ३० ।
बेसारमा मैदा मिसाई अवैधानिक रुपमा उत्पादन एवं विक्री गर्ने राजु मसला उद्योगलाइ बन्द गराइएको छ । नारायणगढको कमलनगरस्थित राजु मसला उद्योगमा अवैधरुपमा मैदा मिसाएर बेसार बनाउंदै गर्दा जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले फेला पारेको थियो । उद्यँेगलाइ बयानका लागि प्रशासन कार्यालय बोलाइएको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए । त्यस्तै सोमबार नारायणगढ बजारका विजुली पसलहरुको अनुगमन गरिएको छ । ५ ओटा विजुली पसलको अनुगमन गरिएकोमा एउटा पसलले मात्रै खरिद विल देखाएको थियो । अरु पसलले खरिद विल देखाउन नसकेपछि बयानका लागी प्रशासन कार्यालय बोलाइएको बजार संरक्षण अधिकृत शर्माले वताए । लायन्सचोकस्थित खरेल इलेक्ट्रिकले खरिद विल देखाएको हो । यसले झालर बत्तिमा २ सय ८० प्रतिशत नाफा लिएर विक्री गरेको पाईएको छ । त्यस्तै लामिछाने विजुली पसलले खरिद विल देखाउन नसकेको शर्माले जानकारी दिए । खरिदविल माग गर्दा फरार भएका पसल सञ्चालकले उद्यँेग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठलाइ लिएर आएका थिए । खरिदविल माग गर्दा नदिने पसलहरुलाइ बयान लिएर छाड्ने काम भएको छ । अनुगमनको भने कुनै प्रभावकारीता देखिएको छैन ।

कात्तिक ११ ।

भरतपुर १२ आस्था टोलमा रहेको हाम्रो माइती बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभामा सहकारीका अध्यक्ष यमनाथ सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७४÷०७५ मा सात सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताए । ३० लाख ४३ हजार पाँच सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाको ५० लाख रुपैयाँ शेयर पुँजी पु¥याउँदै एक करोड रुपैयाँ निक्षेप संकलन गर्ने सुवेदीले बताए । गत आर्थिक वर्ष २०७३÷०७४ करिब एक करोड रुपैयाँ ऋण लगानी गरेको सहकारीले ७८ हजार एक सय रुपैयाँ खुद बचत गर्न सफल भएको सुवेदीले बताए । पाँचौँ साधारणसभाका क्रममा संस्थाका सचिव देवराज सुवेदीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिहर दवाडीले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बालकृष्ण शर्माको तर्फबाट लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा धेरै शेयर जम्मा गर्ने शेयर सदस्यहरु नगेन्द्र प्रसाद रेग्मी र इन्दिरा देवी रेग्मी, बढी बचत गर्ने संरक्षित बाल सदस्य कामराज रेग्मीलाई सम्मान गरिएको थियो । हाम्रो माइती बचत तथा ऋण सहाकारी संस्था लिमिटेडका अध्यक्ष यमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराई प्रमुख अतिथि रहेका थिए । चक्रबहादुर कार्की, मानबहादुर खड्का, सोमनाथ अधिकारीलगायतले शुभकामना मन्तव्य राखेको साधारणसभामा संस्थाका उपाध्यक्ष उर्मिला न्यौपानेले स्वागत मन्तव्य राखेकी थिइन् ।

असोज २९ ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति कुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिकसभामा सहकारीसम्बन्धी लोकगित प्रतियोगिता आयोजना गरिएको हो । पन्चदीप राष्ट्रिय प्राथमिक विद्यालय सालघारिमा भएको सो कार्यक्रममा जागृति महिला समूह प्रथम,चिसापानी सुनौलो महिला समुह द्धितिय हँदा पन्चकन्या आमा समुह तृतिय भएको थियो । रत्ननगर नगरपालिका कार्यालयका नगरप्रमुख नारायण वनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सुशीला खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुको थियो । संस्थाका अध्यक्ष पार्वति न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष विनिता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.