प्रमुख समाचार

  • अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी

    , कार्तिक ४–   पशुपन्छी विकास मन्त्रालयले मुलुक अण्डामा आत्मनिर्भर भएको घोषणाको तयारी गरेको छ ।मन्त्रालयका अनुसार पछिल्लो समयमा देशका विभिन्न ६२ जिल्लामा एक अर्ब २० करोड अण्डा वार्षिक उत्पादन भएको छ । सो सङ्ख्या स्थानीय कुखुराबाट उत्पादन हुने अण्डा बाहेकको सङ्ख्या हो । राष्ट्रिय जनगणनाबाट प्राप्त भएको तथ्याङ्क...

    Read More ...

  • एस डेभलपमेन्ट बैंकले २०.२५ प्रतिशत बोनस सेयर दिने

    ४ असोज, काठमाडौं । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको २०.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।   बैंकको मंगलबार बिहान बसेको २३१औं सञ्चालक समितिको बैठकले यो वर्ष बोनस सेयरमात्रै दिने घोषणा गरेको हो ।   गत वर्ष बैंकले २५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पुँजी १ अर्ब...

    Read More ...

  • कानून परिमार्जन गरेर भएपनि क्रसर खुल्छः वन मन्त्री

    २५ भदौ, नवलपरासी । वन मन्त्री शंकर भण्डारीले आवश्यकता अनुसार कानून परिवर्तन गरेर चुरे क्षेत्रमा रहेका खोलाको निकासी खोल्ने बताएका छन्। उनले पछिल्लो समय बन्द भएका क्रसर उद्योग पनि कानुनलाई परिमार्जन गरेर खोलिने बताए । सरकारले देशभर चुरे क्षेत्रमा परेका खोलामा नदीजन्य वस्तुको निकासी रोकेको छ भने...

    Read More ...

  • गगन थापालाई जिल्लाका डाक्टरको खुलापत्र

    मेडिकल उपचार भनेको स्वास्थ्य विज्ञान पढेका, त्यही सीप सिकेका मान्छेले नै गर्ने हुन् । अस्पतालमा कुनै जादुगर बस्दैनन् वा ती कुनै भगवान पनि हैनन्। उपचारको क्रममा ग्यारेन्टी निको हुने नहुने थाहा हुन्न । आफ्नो ज्ञान, सीप, स्रोतसाधन, ल्याबका अनुसार गर्ने हो र यी सबै कुरामा हामी कति पछाडि छौं भन्ने कुरा कसैबाट...

    Read More ...

  • चितवनमा दुई गैँडाका बच्चाको उद्धार

    चितवन, भदौ २७–   चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुईवटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ ।   निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो । दुवै बच्चालाई...

    Read More ...

  • चितवनमा लोकल रुटको गाडीमा चढ्दै हुनुहुन्छ ? यस्तो छ नयाँ भाडादर..

    चितवन, भदौं २७– स्थानिय प्रशासनले चितवनमा लोकल रुटमा चल्ने गाडीको नयाँ भाडा दर कायम गरेको छ । निकै चर्को भाडा दर उठाउँदै आएको प्रशासनले आधा कम भाडा दर कायम गरिदिएको छ । प्रशासनले प्रतिकिलो मिटर १ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले नयाँ भाडा दर सबै यातायात...

    Read More ...

Top Stories

Grid List

प्रदिप मल्ल,

 

वीरगन्ज, असोज ५–

 

वीरगन्ज नेपाल टेलिकमका कर्मचारीहरु तास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

 

 

वीरगञ्जको घण्टाघर स्थित नेपाल दुरसञ्चार कार्यालयका प्रमुख र लेखापालको क्वाटरमा तास खेलिरहेको सूचनाको अधारमा पर्सा प्रहरीले सोमबार दिउँसो छापा मारेर टेलिकमका ६ जना कर्मचारीहरुलाई तासको खालमा रहेको रकम र तास सहित नियन्त्रणमा लिएको हो ।

 

वीरगन्जमा नेपाल टेलिकमबाट पक्राउ पर्नेमा टेलिकम कार्यालयका नायब सुब्बा नवलकिशोर साह, अधिकृत संजय चौधरी, सिनियर टेक्नीसियन अमुल्य शमसेर जबरा, खरिदार दिलिप चौधरी, लाईन म्यान राम पुकार पाल र एकजना सेवा निवृत कर्मचारी देवधारी महतो रहेका छन् । उनिहरुको साथबाट जुवा खेल्दै गर्दाको ६ हजार ८१ रुपैयाँ नगद र ३ प्याकेट तास प्रहरीले बरामद गरेको छ । टेलिकमका कर्मचारीहरु कार्यालय समयमा कार्यालयमा नबस्ने, हाजीरी गरेर कार्यालय समय भन्दा पहिले नै बाहिर जाने र तास खेल्ने लगायतको गुनासोको अधारमा प्रहरीले रंगेहात ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीहरुलाई छुटाउन प्रहरीलाई निकै दवाव परेको श्रोतले जनाएको छ ।

 

तर पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले भने पक्राउ परेकाहरुका बारेमा अनुसन्धान भइरहेको र उनिहरु जुवाडे जुवा ऐन अन्तर्गत मुद्दा चलाउने जानकारी दिए ।

भाद्र २५, २०७३- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुको छलफल, परामर्श बिना ल्याइने संविधान संशोधनसम्बन्धी प्रस्तावमा आँखा चिम्लेर सही छाप नगर्ने बताएका छन् । मधेसको समस्या समाधान गर्न राप्रपा नेपाल तयार भएपनि मधेसवादी दलले र सरकारले स्पष्ट खाकासहित संशोधन प्रस्ताव नल्याए सहयोग नगर्ने चेतावनी दिए ।

 

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन दैलेख जाने क्रममा मिडिया नेपालद्वारा वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावबारे अहिलेसम्म प्रतिपक्षी दलसँग परामर्श नगरिएको बताए ।

 

मधेसवादी दललाई सत्तामा ल्याउन संशोधन प्रस्ताव दर्ता मात्र गर्न लागेको उनको आरोप थियो । ‘संशोधनका लागि संसदमा दुई तिहाई मत आवश्यक हुन्छ । अहिलेकै अवस्थामा प्रमुख प्रतिपक्षी एमाले र आफूहरुले समर्थन गर्ने अवस्था छैन,’ उनले भने, 'मधेसको समस्या समाधान गर्ने भन्दा पनि संशोधनमा एमाले, राप्रपा नेपालले असहयोग गरे भनेर जनताको आँखामा छारो हाल्ने प्रयासमात्र हुँदैछ ।

 

संविधान असफल बनाउने षडयन्त्र

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री संविधान कार्यान्वयन र तीव्र आर्थिक विकासका लागि योजनाबद्ध कार्यतालिका बनाएर काम गरिरहेको आफूसमेत सहभागी केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्नु संविधान असफल बनाउने षडयन्त्रबाहेक अरु केही नभएको बताए ।

 

‘सरकार हटाउनुपर्ने केही कारण थिएन उनले भने, 'चैतमा स्थानीय निर्वाचन गर्ने भनेपनि अहिलेसम्म केही तयारी छैन् । राज्य पुन:संरचना आयोगको कार्यक्षेत्रलाई समेत विवादमा पारिँदैछ । यो सब चुनाव नगर्ने षडयन्त्र हो ।'

 

प्रमुख दलहरु कुन मोडलको निर्वाचन गर्ने बारेमा अझैं एकमत नहुनुले चैतमा चुनाव हुने सम्भावना टरेको उनले बताए । 'सरकार फेरिरहनुले अन्तर्राष्ट्रिय जगतमा नयाँ संविधानले पनि राजनीतिक स्थिरता कायम गर्न नसकेको सन्देश प्रवाह भएको छ,' उनले भने । एक अर्को प्रश्नको जवाफमा अध्यक्ष थापाले ०७४ माघसम्म तीनवटै निर्वाचन गर्न नसके मुलुक ठूलो दुर्घटनामा पर्ने आशंका गरे ।

 

 

प्रकाशित: भाद्र २५, २०७३

कानून परिमार्जन गरेर भएपनि क्रसर खुल्छः वन मन्त्री

२५ भदौ, नवलपरासी । वन मन्त्री शंकर भण्डारीले आवश्यकता अनुसार कानून परिवर्तन गरेर चुरे क्षेत्रमा रहेका खोलाको निकासी खोल्ने बताएका छन्।

उनले पछिल्लो समय बन्द भएका क्रसर उद्योग पनि कानुनलाई परिमार्जन गरेर खोलिने बताए । सरकारले देशभर चुरे क्षेत्रमा परेका खोलामा नदीजन्य वस्तुको निकासी रोकेको छ भने पछिल्लो समय नियम विपरित चलेको भन्दै नवलपरासी, रुपन्देही लगायत देशका अधिकांश जिल्लामा क्रसर उद्योगहरु पनि बन्द गरेको छ।

 

प्रेस युनियन नवलपरासीले शनिबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वन मन्त्री शंकर भण्डारीले  चुरे संरक्षण र यसको व्यवस्थापनमा लाग्ने जनाए । उनल चुरे संरक्षणको नाममा खोलामा नदीजन्य वस्तु थोपरिदै जाँदा गाउंमा बाढी पस्ने खतरा भएकोले व्यवस्थित र वैज्ञानिक ढंगले वातावरणमा समेत असर नपर्ने गरी नदीजन्य वस्तुको निकासी खोल्ने बताए।

 

त्यस्तै वन क्षेत्रमा व्यापक अतिक्रमण भएको बताउंदै मन्त्री भण्डारीले अतिक्रमण रोक्न आफू लागी परेको बताए । उनले भने वन अतिक्रमण बनेका संरचनाको अन्य निकायसँगको समन्वयमा हटाइते बताए ।

 

मन्त्री भण्डारीले संविधान संशोधनका लागि एमालेसँ छलफल जारी रहेकेा बताए । उनले एमाले जिम्मेवार दल रहेको भन्दै सममस्या समाधान हुने बताए ।

 

२०७३ भदौ २५ गते १२:२८ मा प्रकाशित

  • 06 December 2014 - 19 December 2014
  • 407 9th Street
  • The Mondrian Hotel Skybar 8440 Sunset Blvd West Hollywood, CA 90069
Sign up via our free email subscription service to receive notifications when new information is available.
Advertisement