जेठ १५ ।



नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भरतपुर महानगरपालिकाको मतपत्र च्यातेका छन् । आइतबार राति करिब ११ः५० बजेको समयमा माओवादी केन्द्रका मतगणना प्रतिनिधिले एक्कासी पत्रपत्र च्यातेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहदा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका नेकपा एमालेले जनाएको छ । वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेको सूर्य चिन्हमा भोट धेरै आएको देखेपछि एक्कासी माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेका एमालेको भनाइ छ । भरतपुर महानगरपालिकाको मेयरमा हार्ने निश्चित देखिएपछि माओवादीका कार्यकर्ताहरुले नियोजित रुपमा मतपत्र च्यातेका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको भनाइ छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार भएकी थिइन् । वडा नम्बर १९ काँग्रेसको पकड क्षेत्र भएपनि एमालेलाई भोट गएका कारण माओवादी अत्तालिएर मतपत्र च्यातेको एमालेको भनाइ छ । उता भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्किदा मतगणना स्थल रणभूमि भएको बताए । मतपत्र कसले च्यात्यो भन्ने विषयमा छानविन हुने र निर्वाचन आयोगको निर्णय अनुसार मतगणना सुरु गर्ने भन्दै मतगणना स्थगित भएको न्यौपानेले जानकारी गराए ।
चस्मा लगाएर बोलेका चेक टिशर्ट लगाउने व्यक्ति कविप्रसाद न्यौपाने)
मतपत्र त्यातेको आरोपमा प्रहरीले वाईसियलका जिल्ला ईन्चार्ज र माओवादीका केन्द्रका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ । मतगणना स्थलमा सिल गरेर व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाका सम्बन्धमा माओवादी केन्द्र र नेपाली काँग्रेसका प्रतिनिधिहरुले कुनै प्रतिकृया दिन चाहेनन् ।

 

धादिङ  जिल्ला सदरमुकाम धादिङबेसीबाट खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं  १० गोलाभञ्ज्याङ स्थित भकारेमा दुर्घटना भएको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब २ सय मिटर तल जंगलमा खसेको छ । दुर्घटना स्थलमा स्थानीयहरुले उद्धार गरिरहेका छन् । 

ओरालो कच्ची सडकमा छेउबापट्टी खसेको उद्धारमा संलग्न विजय इटनीले जानकारी दिए । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।

 

जेठ १४ ।
चितवनका विद्यालयहरुमा पुस्तक अभाव नरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अन्य जिल्लाहरुमा पुस्तक धेरै अभाव रहेपनि चितवनका अधिकांश विद्यालयहरुमा पुस्तक पुगिसकेको कार्यालयको भनाइ छ । यस पटक जनक शिक्षा सामग्री केन्द्र क्षेत्रिय कार्यालय भरतपुरले चितवनलाइ प्रँथमिकतामा राखेर पुस्तक विक्री गरेको थियो । क्षेत्रिय कार्यालय भरतपुरले नारायणी र लुम्बिनी अञ्चलका ११ ओटा जिल्लामा पुस्तक विक्री गर्दै आएको छ । कक्षा ९ र १० को ऐच्छिक गणितहरु दुइ देखि साढे दुई सय ओटा पुस्तक मात्रै कमि भएको जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले जानकारी दिए । चितवनमा माध्यमिक तहका ९५ ओटा सामुदायि विद्यँलय रहेका छन् भने १६ हजार ६ सय ५ जना विद्यँर्थि अध्ययनरत छन् । अपुग केहि सेटका पुस्तक र ऐच्छिक गणित सोमबार नै विद्यालयहरुले पाउने अर्यालको दावि छ । विद्यालयले ढिला गरि पुस्तक माग गर्दा केहि समस्या भएको उनको भनाइ छ । उनका अनुसार जनक शिक्षाले पहिलो चरणमै चितवनका कुल मागको ८० प्रतिशत पुस्तक पु¥याइसकेको थियो ।

जिल्ला शिक्षा कार्यालय चितवनले शिक्षक सिकाइ सामग्री तथा बुक कर्नर व्यवस्थापनका लागि १ करोड ४७ लाख ३० हजार ८ सय रुपैंया बजेट निकासा गरेको छ । एक विद्यालय एक पुस्तकालय कार्यक्रम अन्तर्गत आव ०७३÷७४ को प्रथम चौमासिकमा १ करोड १ लाख ४० हजार रुपैंया बजेट निकासा गरिएको जिल्ला शिक्षा अधिकारी गोविन्द्र प्रसाद अर्यालले जानकारी दिए । प्रति विद्यार्थी अनुदानका लागि प्राथमिक तहका विद्यार्थिलाइ प्रति विद्यार्थी १ सय ५० र निमावि तहका विद्यँर्थिलाइ प्रति विद्यार्थी २ सयका दरले अनुदान दिइएको हो ।

जेठ १३।
संवैधानिक राजतन्त्र मार्फत शासन व्यवस्था निर्माण गर्न राप्रपा संग अलग्गिएको एकिकृत राप्रपाले जनाएको छ । शनिबार भरतपुरमा भएको ३ र ४ प्रदेश स्तरिय २ दिने भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्ने एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टि राष्ट्रवादीका नेताहरुले यस्तो वताएका हुन् । कार्यक्रममा बोल्दै एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनिले सनातन हिन्दु राष्ट्र सहितको संवैधानिक राजतन्त्र आफ्नो मुख्य एजेण्डा रहेको जानकारी दिए । आफ्ना एजेण्डालाइ राष्ट्रिय अडानका रुपमा लैजाने उनको भनाइ थियो । चुनाव चिह्न हलो लाई लत्याएर राप्रपा नेपालसंग एकिकृत भएपछिको पहिलो झड्का स्थानिय तहको पहिलो चरणको निर्वाचनमा राप्रपाले व्यहोर्नु परेको उनले वताए । एकिकृत राप्रपा राष्ट्रवादिका उपाध्यक्ष ऋषिबाबु परियारले राप्रपाले जनतालाइ भ्रममा पार्न खोजेकोले जनताले स्थानिय तहको निर्वाचन मार्फत झापड हानेको वताए । २ महिना अघि मात्रै केन्द्रिय स्तरमा गठन भएको एकिकृत राप्रपा अहिले स्थानिय तहमा पुगेर पार्टि मजबुत बनाउने रणनिति लिएको छ । आगामी ५० बर्षमा पनि पुग्न नसक्ने ५ हजार डलर प्रति व्यक्ति आय केहि दलहरुले ५ बर्षमा पु¥याउने सपना बांड्दै जनतालाइ झुक्याइरहेको उनको आरोप छ । त्यस्तै अर्का उपाध्यक्ष मिन बहादुर कुंवरले राष्ट्र रक्षाका लागि लड्न सके मात्र जनताले साथ दिने भन्दै एकिकृत राप्रपाले जनताका एजेण्डा लिएर हिंड्ने दावि गरे । राष्ट्रियता जोगाउन नेकपा एमालेले गरेको अडानका कारण पहिलो चरणको स्थानिय तहको निर्वाचनमा पहिलो पार्टि बनेको भन्दै एकिकृत राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थालाइ निरन्तर लिएर हिंड्ने उनको भनाइ थियो

जेठ १४ ।
वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचन २०७४ को अन्तिम परिणाम आउने क्रम जारी रहेको छ । दुई ८३ स्थानमा भएको निर्वाचनमध्ये चितवनको भरतपुर महानगरपालिकाको परिणाम मात्रै आउन बाँकी रहेको छ । २९ वटा वडा रहेको महानगरको अन्तिम मतपरिणाम सोमबार आउने अपेक्षा गरिरहेको छ । स्थानीय मतदाताहरुले भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम कुरेर बसिरहेका छन् । वडाको मतगणना स्थल वरिपरि मतदाताहरु उत्साहको साथमा मत परिणामको व्यघ्र प्रतिक्षामा बसेका छन् । भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र काँग्रेसको गठबन्धनबाट मेयर र उपमेयरका उम्मेदवार रहेका छन् भने नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिएको छ । महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार देवि ज्ञवाली आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ ।

भरपतपुर महानगरपालिकाको मतगणना गर्न बाँकी रहेको वडा काँग्रेसको जनाधार बलियो रहेको क्षेत्र हो । उक्त वडामा एमालेको अवस्था माओवादी केन्द्रको भन्दा निकै राम्रो रहेको छ । यद्यपि माओवादी केन्द्रले नेपाली काँग्रेससँग गठबन्धन गरेको कारण मेयरमा माओवादी केन्द्रले जित्ने उनीहरुको दावी छ । काँग्रेसको जनाधार भएको ठाउँ र धेरै मतदाताले पनि रेणुलाई भोट हालेका कारण भरतपुरको मेयर माओवादीले जित्ने माओवादी केन्द्रका भरतपुर महानगरपालिका ईन्चार्ज यमबहादुर परियारको दावी छ ।

भरतपुर महानगरपालिकाको मेयरमा तीव्र प्रतिष्पर्धा भइरहेको छ । जुन पार्टीका उम्मेदवारले चुनाव जितेपनि मतान्तर धेरै नहुने राजनीतिक विष्लेशकहरु बताउँछन् । भरतपुर महानगरपालिकाको मेयरमा विजयी हुने उम्मेदवार सम्पूर्ण भरतपुरबासीको मेयर बन्दै भरतपुरलाई नमूना महानगर बनाउन सफल हुन् अग्रिम शुभकामना । (((०००)))

जेठ १३ ।
व्यावसायिक रुपमा मौरी पालन गर्दै आएका सुनसरीका किसानहरु ठगिएको गुनासो गरेका छन् । मौरी विकास कार्यालय भण्डाराले अनुदानमा वितरण गर्ने मौरीको गोला तथा घार दुवै गुणस्तरहिन भएको किसानहरुको भनाइ छ । भण्डाराले ५० प्रतिशत सरकारी अनुदान र ५० प्रतिशत किसानले व्यहोर्ने गरि एक हजार गोला मौरी तथा घार अनुदानमा दिन वैशाख २६ गते विज्ञापन प्रकाशित गरेको थियो । विज्ञापन प्रकाशित भए बमोजिम सुनसरीका विभिन्न नौ जना मौरी पालक किसानले निवेदन हाल्दा कार्यालयले कमसल खालका सामानहरु लिनको दबाब दिँदै आएको नेपाल मौरी पालक महासंघ सुनसरीका अध्यक्ष बासु ढकालले बताउनुभयो । पटक पटक गरेर मौरी पालक किसानलाई सुनसरीबाट भण्डारा आउन लगाउने र अन्तिममा सझौता भन्दा विपरित जाँदै गुणस्तरहिन सामान उपलब्ध गराउने तयारी भएको ढकालले बताउनुभयो । शनिबार बिहान पत्रकार सम्मेलन गर्दै किसानहरुले पटक पटक चितवन आउँदा लागेको ४५ हजार रुपैयाँ खर्च क्षतिपूर्ति सहित दोषी कर्मचारी र सामान उपलब्ध गराउने ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । मौरीघारको लागि २२ एमएमको फ्रेम आवश्यक रहेकोमा त्यो नभएको, फ्रेमको काठ टुनीको हुनुपर्नेमा बकाइनो र उत्तीसबाट बनाइएको लगायतका गुणस्तरहिन काम भएको ढकालले बताउनुभयो ।

उता मौरी विकास कार्यालय भण्डाराका प्रमुख शिव रिजाल टेन्डर हाल्ने बेलामा व्यवसायीहरुले चलखेल गर्दै कमसल बस्तु दिने गरेको बताउनु हुन्छ । सरकारको र किसानको समेत लगानी पर्ने भएकाले कार्यालय गुणस्तर हेरेर मात्रै किसानलाई मौरी घार उपलब्ध गराउँदै आएको रिजालको भनाइ छ । केही किसानहरुले व्यवसायीसँग मिलेमतोमा बार्गेनिङ गर्ने गरेको उल्लेख गर्दै कार्यालयबाट कुनै पनि गलत काम नभएको रिजालले बताउनुभयो ।

सुनसरी जिल्लामा ११ जना किसानले व्यावासयिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्रति किसानले ३० देखि ५५ घार मौरी पाल्दै आएकोमा वार्षिक रुपमा ११ टन मह उत्पादन हुने गरेको किसानहरुको भनाइ छ । सुनसरीमा उत्पादन भएको मह सोही जिल्लामा खपत हुने गरेको छ । (((०००)))

जेठ १३ ।
भरतपुर अस्पताल अगाडि यातायात व्यवस्थापनमा कसैको ध्यान गएको छैन । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्र रहेको ठाउँमा अव्यवस्थित रुपमा गाडीहरु पार्किङ हुने गरेका छन् । भरतपुर अस्पतालको १ नम्बर गेट अगाडि अटो रिक्सा, ईलेन्ट्रोनिक्स रिक्सा, म्याजिक भ्यानलगायतका गाडीहरु अव्यवस्थित रुमपा पार्किङ गर्दा सडक नै अवरुद्ध हुने गरेको छ । जिल्ला प्रहरीसँगै रहेको क्षेत्र भएपनि प्रहरीले समेत यातायात व्यवस्थापनमा ध्यान पु¥याएको पाइदैन । अस्पतालमा बिरामी बोकेर एम्बुलेन्स आउँदा समेत अप्ठ्यारो पर्ने गरि पार्किङ भइरहेको विषयमा भरतपुर अस्पताल मौन रहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रप्रसाद मरासेनीले यस विषयमा केही प्रतिकृया दिन चाहनुभएन । निर्वाचनको सुरक्षाको लागि सुरक्षाकर्मी अन्यत्र परिचालन हुँदा ट्राफिक प्रहरीलाई समेत सबै ठाउँमा काममा लगाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले बताउनुभयो ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.