गगन थापालाई जिल्लाका डाक्टरको खुलापत्र

मेडिकल उपचार भनेको स्वास्थ्य विज्ञान पढेका, त्यही सीप सिकेका मान्छेले नै गर्ने हुन् । अस्पतालमा कुनै जादुगर बस्दैनन् वा ती कुनै भगवान पनि हैनन्। उपचारको क्रममा ग्यारेन्टी निको हुने नहुने थाहा हुन्न । आफ्नो ज्ञान, सीप, स्रोतसाधन, ल्याबका अनुसार गर्ने हो र यी सबै कुरामा हामी कति पछाडि छौं भन्ने कुरा कसैबाट लुकेको छैन। अनि यी सबै सिमितताका बीचमा रहेर लगभग नाडी छामेकै भरमा विश्व स्तरिय डायग्नोसिस र उपचारको आश राख्नु कत्तिको जायज हुन्छ? 

यस्तो अवस्थामा बिरामीको रोग पहिचान भएन भने, अवस्था बिग्रीयो भने वा बचाउनै सकिएन भने त्यसलाई लापरवाहीको नाम दिएर डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दूर्व्यवहार गरिन्छ। कार्यस्थलमा डाक्टरहरुको सुरक्षाको लागि भनेर ‘हेल्थपर्सन प्रोटेक्सन एक्ट’को प्रारम्भिक कामहरु भएका थिए, जसमा ड्युटीमा रहेको स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेमा, हातपात गरेमा कारवाही र केही हजार जरिवाना गराउने भन्ने छ। 

डाक्टर लगायत सबै स्वास्थ्यकर्मीको सुरक्षाको लागि यसलाई संशोधन गरी अझ कडा कानुन बनाएर तुरुन्त लागू गर्नुपर्ने देखिन्छ। अनि मात्र स्वास्थ्यकर्मीहरुले स्वतन्त्र भएर बिरामीको उपचार गर्न पाउँछन् । होइन भने साधारण बिरामी पनि वीर र टिचिङसम्म रिफर हुन्छन् र अन्त्यमा दु:ख जनताले नै पाउँछन्। 

स्वास्थ्यसँग सम्बन्धित घटना, दुर्घटनाहरुलाई लिएर स्वास्थ्यकर्मी माथि विना कुनै अनुसन्धान विना कुनै प्रमाण हचुवाको भरमा ‘लापरवाही गर्योु, बिरामी मार्योन, क्षतिपूर्ती चाहियो,’ भनेर मिडियामा समाचार छापेर सनसनी फैलाउने गलत चलन बस्दै गएको प्रति पनि म तपाईंको ध्यानाकर्षण गर्न चाहन्छु। 

स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रका समाचार मिडियामा आउनु अघि स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञहरुको धारणा लिन अनिवार्य गराउनुपर्ने देखिन थालेको छ। स्वास्थ्य सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारसाथीहरुलाई स्वास्थ्यका आधारभूत शिक्षा र जानकारी दिएर पनि यो अवस्थालाई केही सुधार गर्न सकिन्छ।

अन्य बेथितीहरुमा आवश्यक पूर्वाधार विनाका प्राइभेट मेडिकल कलेज, नर्सिङ कलेज, पारामेडिक्स कलेजहरुले आर्थिक प्रलोभनमा परी अन्धाधुन्द भर्ना लिने र ज्ञान, सीप विनाका सर्टिफिकेटधारी खोक्रा जनशक्ति तयार पार्ने बढ्दो चलन पनि हो। प्राडा गोविन्द केसीले उठाउनुभएका मागहरुले यो समस्याको धेरै पाटोलाई सम्बोधन गर्छ । यसबारे यहाँ आँफै पनि जानकार हुनुहुन्छ। 

हामीलाई आज र भोली पनि सम्पूर्ण नेपालीको स्वास्थ्य सीप, ज्ञान र सहयोगी मन भएका सक्कली स्वास्थ्यकर्मीहरुको हातमा दिनुछ नकि सक्कली सर्टिफिकेट बोकेका तर खोक्रा स्वास्थ्यकर्मीहरुको हातमा। यसको लागि अहिलेदेखि नै मेडिकल, नर्सिङ, पारामेडिकल शिक्षाको जग बलियो बनाउनुपर्ने देखिन्छ। यसमा नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, पारामेडिकल एसोसिएसनहरुको साथ महत्वपूर्ण हुनेछ।

केही बढी नै मिडियाबाजी भए पनि 'अपरेसन क्वाक'ले नेपाली स्वास्थ्य क्षेत्रमा भएको विकृतीलाई ढिलै भएपनी उदांगो पारिदिएको छ। यस्तै अपरेसन नर्सिङ, पारामेडिक्स, ल्याब जस्ता स्वास्थ्यका अन्य क्षेत्रमा पनि होस्। सबै क्षेत्रको शुद्दीकरणको काम छिट्टै र नियमित होस्। 

यो अपरेसनले '१७ हजारमा २ हजार जति नक्कली हुनसक्छन्,' भनेर झ्याली पिट्यो । तर अहिले आएर को सक्कली, को नक्कली नछुट्टाइदिनाले एकातिर सेवाग्राही सक्कली डाक्टर कसरी चिन्ने भनेर समस्यामा परे भने अर्कोतिर डाक्टरहरु सर्टिफिकेट र एनएमसी लाइसेन्सको गुमेको विश्वासका कारण आफूलाई कसरी सक्कली प्रमाणित गर्ने भनेर अन्योलमा परे। यो विषयलाई छिट्टै टुंगाइ साँच्चिकै सक्कली डाक्टरहरुलाई सक्कली डाक्टर घोषणा गरियोस् । हामी सक्कली डाक्टरहरुको पनि ज्ञान, सीप र काम कारावाहीको निरन्तर अनुगमन भइराखोस्।

केही दिन अघि मृगौला रोगी एक युवकले टिचिङ अस्पतालको झ्यालबाट हाम्फालेर आत्महत्या गरे। यसले देशको स्वास्थ्य सेवाको अवस्था माथि धेरै प्रश्नहरु उठाएको छ। नेताहरु पद र पहुँचको भरमा सामान्य रोगका लागि पनि देशको ढुकुटी खर्च गरेर विदेशमा उपचार गर्न जान्छन् । सामान्य नागरिकले रोगको पीरले ज्यान गुमाउनुपर्छ । विपन्न नागरिकलाई मृगौला रोगको नि:शुल्क डायलाइसिस र उपचारमा १ लाखसम्म दिने भनेर नीति नै बनेको भएपनी त्यसले धेरै वास्तविक विपन्न बिरामीहरुलाई समेट्न सकेको छैन। 

यो घटनाले हामीले बिरामीको मानसिक स्वास्थ्यलाई महत्व नदिएको पनि देखिन्छ । हामी केवल रिपोर्टमा बढेको कृयाटिनिन, घटेको हेमोग्लोबिन मात्रै हेरिरहेका हुन्छौं । तर बिरामीको मानसिकतामा त्यसले कति असर पारेको छ, उसको दैनिक जीवनमा कस्तो उथलपुथल ल्याएको छ भन्ने कुरामा खासै ध्यान दिदैनौं। मानसिक स्वास्थ्यलाई पनि महत्व दिएर हेर्नुपर्ने बेला आइसकेको हैन र ? साथै बिरामीहरुसँग कस्तो व्यवहार गर्ने ? आफन्तहरुलाई कसरी काउन्सेलिङ गर्ने ? भन्ने कुरा पनि अब एमबीबीएस तहको पढाईमा नै राख्नुपर्ने बेला आएको छ।

पत्र धेरै नै लामो भयो, त्यसको लागि माफी चाहन्छु । समय मिलाएर भएपनि पढ्नु हुनेछ भन्ने आशा लिएको छु । यो पत्र लेख्दै गर्दा स्वास्थ्य क्षेत्र सुधारका लागि तपाईंले गर्नुभएका पहलका असरहरु मेरो ‘मेल’मा पनि आइपुगेका छन् । सुझाव सल्लाहहरु धेरैसँग माग्नुभएको रहेछ। समय थोरै छ, गर्नुपर्ने काम धेरै छ । सबै त सम्भव नहोला तर इक्षाशक्ति र सहि कार्यनीति भयो भने कालो बादलबीच पनि घाम उदाउन सक्छ भनेर उदाहरण दिन सकिन्छ। 

डा. समिर लामा

हाल प्युठान जिल्ला अस्पताल

प्रकाशित: भाद्र २७, २०७३