मंसिर २० ।


दोस्रो चरण अन्तरगत मंसिर २१ गते चितवन सहित ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । चितवनको एक सय ६१ मतदान स्थलका चार सय आठ वटै मतदान केन्द्रको निर्वाचन तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवनमा पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीहरुले मतदान गर्दैछन् । दुई पटक प्रधानमन्त्री भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका लागि चितवन क्षेत्र नं.३ बाट उम्मेदवार बनेका छन् । दाहालले भरतपुर महानगरपालिका वडा नं.१४ शिवनगरस्थित आधारभुत विद्यालय शान्तिपुरबाट मतदान गर्दैछन् । यस्तै, लोकतान्त्रिक गठबन्धनबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका वन तथा भू–संरक्षण मन्त्री एवम् राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम बहादुर पाण्डेले भरतपुर महानगरपालिका वडा नं.२७ को जानकी माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्दै छन् । त्यसैगरि चितवन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले रत्ननगर नगरपालिका वडा नं. ३ को सहिद स्मृति बहुमुखी क्याम्पस मतदान स्थलबाट मतदान गर्दै छन् । आधिकारी आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । अधिकारीले मतदान गर्ने स्थान क्षेत्र नं.१ मा पर्दछ । यसैगरि पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता अमिक शेरचनले भरतपुर महानगरपालिका वडा नं.२६ स्थित आदर्श माध्यमिक विद्यालय दिव्यनगर मतदान स्थलबाट मतदान गर्दै छन् । चितवन क्षेत्र नम्बर १ मा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका वडा नं.५ को भण्डारा हेल्थपोष्ट मतदान स्थलबाट मतदान गर्दै गर्दैछन् । यसैगरि पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले माडी नगरपालिका वडा नं.५ मा रहेको रमाईलोडाँडा आधारभूत विद्यालय मतदान स्थलबाट मतदान गर्दैछन् । निवर्तमान सांसद तथा चितवन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेल र पूर्व सांसद एवम् माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले भरतपुर महानगरपालिका वडा नं.१० को नारायणी नमुना माध्यमिक विद्यालयको मतदानस्थलबाट मतदान गर्दैछन् । त्यसैगरि लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र बुर्लाकोटीले राप्ती नगरपालिका वडा नं.८ बज्रहठी आदर्श विद्यालयको मतदानस्थलबाट मतदान गर्दै छन् । प्रतिनिधि सभा तर्फ ३ वटा र प्रदेश सभा तर्फ ६ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कुल तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।


मंसिर २० ।


दोस्रो चरणको प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचनमा बिहिबार हुंदै छ । चितवनमा रहेका ३ ओटा निर्वाचन क्षेत्रको १ सय ६१ मतदानस्थलको ४ सय ८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत निर्वाचन आयोगले खटाएका कर्मचारीहरुले मतदानको सम्पुर्ण तयारी गरिससकेका छन् । मंगलबार र बुधबार गरि दुई दिनमा परिचय पत्र वितरण कार्य सम्पन्न भएको मतदान केन्द्र नारायणी माविका मतदान अधिकृत शोभाखर पौडेलले जानकारी दिए । मतदान स्थल नारायणी माविबाट ५ हजार ५ सय ५५ मतदाताले बिहिबार मतदान गर्दै छन् भने त्यहां ६ ओटा मतदान केन्द्रमा ६ जना मतदान अधिकृतहरु खटिएका छन् । दलका प्रतिनिधिहरुको परिचय पत्र बनाउने, केन्द्रको मुचुल्का तयार पार्ने लगायत बुथ निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । अन्य कागजी कामहरु पनि बुधबार सम्पन्न भएको उनले वताए ।

मंसिर १९ ।


दोस्रो चरणको प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तिम चरणमा पुगेको छ । सोमबारबाट आ आफ्ना मतदान केन्द्रमा खटिएका चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुले मंगलबार सर्वदलिय बैठक बसी महत्वपुर्ण निर्णय समेत गरेका छन् । मतपत्र, मतपेटिका, स्वस्तिकछाप लगायत सम्पूर्ण निर्वाचन सामग्रीहरु बोकेर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु सोमबार नै मतदान केन्द्रमा पुगेका थिए । मतदानका बेला आउन सक्ने दलिय विवाद बारे मंगलबार राजनितिक दलहरु संग छलफल गरि महत्वपुर्ण निर्णय समेत गरिएको मतदान केन्द्र राष्ट्रिय मावि कृष्णपुरका मतदान अधिकृत शिव कुमार झा ले जानकारी दिए । मतदान केन्द्र राष्ट्रिय मावि कृष्णपुरबाट मंसिर २१ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा ६ हजार ४ सय ४९ जना मतदाताले मतदान गर्दै छन् । कृष्णपुर निर्वाचन केन्द्रमा निर्वाचन सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेको झा को भनाइ छ ।

सोमबार देखि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत कर्मचारीहरुले परिचय पत्र पनि वितरण गर्दै छन् । मतदान अधिकृतहरुले नै परिचय खुल्ने कागजका आधारमा मतदाता परिचयपत्र वितरण गर्ने छन् । मतदान अधिकृतहरुले १९ र २० गते मतदाता परिचयपत्र वितरण गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कसैको मतदाता परिचयपत्र नआएको खण्डमा आयोगले एकदुई दिनमा भोट हाल्न पाउने गरी एउटा सूचना निकाल्नेछ । पुराना मतदाताहरुले पुरानै मतदाता परिचयपत्र देखाएर भोट हाल्नेछन् भने नयाँ मतदाताले मतदाता परिचयपत्र पाउनेछन् । मतदान अधिकृतहरुले मतदान केन्द्रको ३ सय मिटर वरपर मदिरा तथा हातहतियार निषेधित क्षेत्र घोषणा गरेका छन् । मतदान केन्द्र भित्रका व्यवस्थापन निर्वाचन आयोग मार्फतका कर्मचारीले गर्ने र केन्द्र बाहिर स्वयमसेवक एवं राजनितिक दलहरुले व्यवस्थापन गर्ने भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए । निर्वाचनलाइ शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने दल संग सहमति भएको उनले वताए । बृद्ध एवं अपांग मतदाताहरुले सकेसम्म परिवारका सदस्य अथवा इच्छाएका व्यक्तिबाट मात्रै मतदान गर्न पाउनुपर्ने व्यवस्था गर्न सहमति भएको उनको भनाइ छ ।

चितवन जिल्लाभर ४०८ मतदान केन्द्र छन् । त्यतिकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिएका छन् । चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता छन् । मतदान अधिकृतहरुलाई आफ्नो मतदान केन्द्रमा मतदाताको संख्या हेरेर स्वयम्सेवक छनौट गर्ने अधिकार हुन्छ । पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा ३ जना र एकहजारसम्म मतदाता भएमा ४ जना स्वयम्सेवक खटिने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।


मंसिर १८ ।


आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चितवनका कर्मचारीलाई मतदानस्थलमा खटाइएको छ । निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक चिन्ह, स्ट्याम्पसहितको मतदान सामग्री सहित आइतबार कर्मचारीहरु मतदान स्थलमा खटिएका हुन् । चितवनको तीन वटै निर्वाचन क्षेत्रमा पर्ने एक सय ६१ मतदान स्थलका चार सय आठ वटै मतदान केन्द्रमा आइतबारसम्म कर्मचारी पुगेका छन् ।

निर्वाचन कर्मचारीहरु सहित मतदान केन्द्रमा सुरक्षाकर्मी, सहायक स्तरका कर्मचारी समेत पठाइएको छ । चितवनमा निर्वाचन सम्पन्न गराउनको लागि चार सय आठ वटा मतदान केन्द्रमा चार हजार आठ सय ८६ जना कर्मचारी खटाइएको छ । कर्मचारीहरुले सोमबारदेखि मतदाता परिचयपत्र वितरण, सर्वदलीय बैठकलगायतका काम गरि २१ गते निर्वाचन सम्पन्न गर्नेछन् ।

मंसिर १९ ।

 


चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना महिला मैत्री बनाइने भएको छ । मतदान सकिएपछि मतगणनाको सुभारम्भ गर्दा गणक, सुरक्षाकर्मी र दलका प्रतिनिधि समेत महिला नै राखिने भएको हो । मतगणना सुरु गर्ने दिनको दिवा सत्रमा दलका प्रतिनिधिहरु महिला राख्ने विषयमा छलफल चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ । महिलाहरुको स्वभाव शालिन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि मतगणनाको सुरुआती अवस्थामा मतगणना हल भित्र महिला राख्न लागिएको हो । चितवनको जनसंख्याको आधा संख्या रहेका महिलाले जिम्मेवारी पाए पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको हो ।
बाइट.... कुलप्रसाद शर्मा, मुख्य निर्वाचन अधिकृत चितवन
जिल्लाको तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको गरि नौ वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । भरतपुरको चितवन माध्यमिक विद्यालयको भवनमा मतगणना गर्नको लागि व्यवस्थापन भइरहेको छ । मतगणनास्थलमा तारजारी नलगाउने भएपनि मतगणनास्थलमा सिसि क्यामेरा जडानको लागि भने छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ । मंसिर २२ गते बिहानबाट मतगणना सुरु गरेर २५ गतेसम्म प्रत्यक्ष तर्फको मतगणना सक्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले बताउनुभयो ।


मंसिर १९ ।


मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी चितवनमा पुरा भएको छ । चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी परिचालन, मतपेटिका, मतपत्र, नङमा लगाउने मसी, स्ट्याम प्याड, स्वस्तिक चिन्हलगायतका ६६ प्रकारका निर्वाचन सामग्री पुगिसकेका छन् । मतदान केन्द्रमा खटिएका सबै कर्मचारीहरुले मंगलबार सार्वजनिक बैठक ठाकेर मतदाता परिचयपत्र वितरणका काम सुरु गरिसकेका र अब मतदानको काम बाँकी रहेको छ ।

जिल्लाको एक सय ६१ मतदान स्थलमा चार सय आठ वटा मतदान केन्द्र रहेकोमा प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र चार जना सहायक कर्मचारी तथा दुई जना कार्यालय सहयोग खटाइएको छ । तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नम्बर १ मा एक सय ३७ वटा मतदान केन्द्र, क्षेत्र नम्बर २ मा एक सय २२ वटा मतदान केन्द्र तथा क्षेत्र नम्बर ३ मा एक सय ४९ वटा मतदान केन्द्रमा गरि जम्मा जम्मा चार हजार आठ सय ९१ कर्मचारी खटिएका छन् । चितवनमा तीन लाख ५४ हजार ३६ मतदाताहरु मतदानमा सहभागी हुँदैछन् ।


मंसिर १८ ।


प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएको छ । सोमबार निर्वाचन प्रचारप्रसारको अन्तिम दिनसम्ममा आवश्यक जनशक्ति समेत खटाई सकेको वताइएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने जानकारी दिए । त्यसअघि नै साँझ ७ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले प्रचार गर्न नपाइने उनले बताए । निर्वाचन सन्निकटमा आइपुग्दा राजनीतिक दलहरु सामेबार अन्तिम कसरतमा जुटेका छन् । निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका मतदाताहरुमा छुट्टै उत्साह छ । पहिले जितेका नेताले खासै काम गर्न नसकेको आक्रोश पनि मतदातामा देखिन्छ । कतिपय मतदाता मताधिकारका लागि भोटहाल्नै पर्छ भनेर पैरवी पनि गर्दैछन् । अधिकांशले अब साँच्चै देशले विकास पाउँछ भन्ने आशा साँचेको पाइन्छ । मुख्य राजनीतिक दलहरु वाम र लोकतान्त्रिक गठबन्धनमा बाँडिएकाले पनि उनीहरुका सामु यसपटक विकास गर्ने ठूलै चुनौती छ । वाचा पूरा गरेनन् भने आगामी समय उनीहरुका लागि सकस हुने देखिन्छ । भरतपुरका सामाजिक अभियन्ता वीरेन्द्र पौडेलले आफ्नो मताधिकार प्रयोग गर्न छुटाउनै नहुने बताउंछन् । केही मतदाताहरु उत्साह नभएको प्रतिक्रिया पनि दिन्छन् । शिक्षक एवं धार्मिक अध्येता तथा लेखक लक्ष्मण भण्डारी चुनाव हलुका र सस्तो बन्दै गएको बताउंछन् । निर्वाचनपछि प्रदेश सरकार र संघीय सरकार बन्नेछ । विसं २०७२ सालमा नेपाली जनताले बनाएको पहिलो संविधानबाट नेपाल संघीय संरचनामा प्रवेश गरेको हो । राज्यलाई संघ प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरेर अधिकारको बाँडफाँड गरिएको छ ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.