मंसिर १५ ।


हिन्दुराष्ट्रको पक्षमा वकालत गर्नेहरुलाई मतदान गर्न हिन्दुवादी संघसंस्थाहरुले आव्हान गरेका छन् । शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिश्व हिन्दु परिषद नेपाल,हिन्दु युवा परिषद नेपाल लगाएतका संस्थाहरुले हिन्दुराष्ट्रको पक्षमा मतदान गर्न अपिल गरेका हुन् । उनिहरुले धर्म्निरपेक्षताको नाममा नेपालको मौलिक संस्कार र संस्कृति समाप्त पार्ने खेलमा बाह्य शक्ति लागेको उनिहरुको आरोप छ । हिन्दुराष्ट्र संविधानवाट हटाएकै कारण नेपालको राष्ट्रियता संकटमा परेको उनिहरुको आरोप छ । संविधानमै हिन्दुराष्ट पुनःस्थापनाको अभियान सफल पार्न,नेपाली मौलिकताको रक्षा गर्न, नेपालको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न विवेक पुरर्याएर मतदान गर्नुपर्ने हिन्दुवादीको भनाई छ ।यसैविच हिन्दुवादी संघसंस्थाहरुले भरतपुर २ (ख) मा स्वतन्त्र उम्मेद्वार निरज शर्मा काफ्लेलाई समर्थन गरेका छन् ।

मंसिर १५ ।


निर्वाचन अनुगमन समितिले चितवनमा आचारसंहिता विपरीत टांगिएका चुनाव प्रचारका पर्चा तथा झण्डा हटाउन शुरु गरेको छ । चितवनका राजनितिक दलहरुले आचारसंहिता विपरित दलका पर्चा, पम्पलेट एवं झण्डा गाडेको भनि आभास टेलिभिजनबाट यसअघि समाचार प्रशारण भएको थियो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन टोलि गठन गरि त्यसको पालना एवं आचारसंहिता विपरितका प्रचार कार्य रोक्न आग्रह समेत गरेको छ । शुक्रबार अनुगमन टोलि प्रमुख रामकृष्ण सुवेदी, सह न्यायधिवक्ता उद्धव पुडासैनी, प्रहरी लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा खैरहनि नगरपालिकाको पिठुवा, कालिका नगरपालिकाको लामा चोक र गितानगरमा आचारसंहिता विपरित टांगिएका तुल, पर्चा र दलका झण्डा हटाइएको हो । यसअघि राजनितिक दलहरुलाइ निर्देशन दिएको भएपनि आचारसंहिता पालना नगरेकाले तुल एवं झण्डा हटाएको अनुगमन टोलि प्रमुख रामकृष्ण सुवेदीले वताए । त्यस्तै आचारसंहिता विपरीत चुनाव प्रचारको माइकिङ नगर्न पनि सुवेदीले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वदलिय बैठकमा पनि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्वाचन आचारसंहिताको हुबहु पालन गर्न प्रतिबद्ध रहन राजनितिक दलका प्रतिनिधिहरुलाइ आग्रह गरेका छन् । उम्मेदवारहरुले चुनाव प्रचारका लागि सवारी पास लिएर मात्र सञ्चालन गर्न उनले दलहरुलाइ निर्देशन दिएका छन् । निर्वाचन प्रचारमा सवारी पास नलिई प्रयोग गरेको पाइए प्रहरीले सवारी जफत गर्ने उनको भनाइ छ । नागरिकहरुलाइ प्रभाव पार्ने गरी भोज भतेर नगर्न पनि अनुगमन टोलिका प्रमुख एवं सहन्यायधिबक्ता उद्धव पुडासैनीले वताएका छन् । आचारसंहिता पालनाको लागि निर्वाचन आयोगले सुक्ष्म अनुसन्धानकर्ता समेत परिचालन गर्ने तयारी गरेको भन्दै उनले दलका पर्चा पम्पलेट एवं तुल बनाउने स्रोत नै बन्द गरिने जानकारी दिए । निर्वाचन आचारसंहिता उल्लघंनको प्रतिस्पर्धा रोक्न दलहरुलाइ उनले आग्रह समेत गरेका छन् । नेपाली कांग्रेसले निर्वाचन केन्द्रमा समेत आचारसंहिता उल्लघंन गर्दै पार्टिको झण्डा राखेको पाइएको उनले वताए । आचारसंहिता पालनाका लागि अझै प्रयास गरिने नेपाली कांग्रेस चितवनका सदस्य दिनेश अधिकारी, नेकपा माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई लगायत अन्यत दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।

 

मंसिर १५ ।


चितवनकै अति व्यस्त रहने भरतपुर महानगरपालिका भित्रको नारायणगढमा पर्ने मेन रोड सडक विस्तारको काम रोकिने भएको छ । सरकारले निर्णय गरेर त्यहाँको बस्तीलाई असर पर्ने भन्दै सडक विस्तारको काम रोक्ने निर्णय गरेको हो । पूर्व पश्चिमलाई राजधानीसँग जोड्ने पुरानो तथा मुख्य सडकको रुपमा नारायणगढको पुलचोकदेखि आँपटारीसम्मको करिब साढे दुई किलो मिटर क्षेत्रफलको सडक मापदण्ड पुरा गर्नभन्दा पनि सडक बन्द गराउन तर्फ सरकार अगाडि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मुखमा आएर यसरी आचार संहिता विपरित सरकारले काम गर्दा सरकारी पक्षका उम्मेदवारलाई भोट बढ्ने देखिएपछि यसले नारायणगढ बजारको भविष्यलाई भने खतरामा पारेको छ । नारायणगढको मुख्य बजारको रुपमा रहेको मेनरोडमा ठूला सवारी साधन निषेध गरिएपछि त्यहाँको बजार सुनसान हुनसक्ने तर्फ कसैले पनि ध्यान दिएका छन् । विक्रम सम्वत् १९९३ सालदेखि बस्ती बस्न सुरु भएको नारायणगढ बजारमा २०१३ सालमा तत्कालिन राजा महेन्द्रले राप्ती दुन योजना ल्याएपछि व्यवस्थित बसोबासको थालनी भएको मानिन्छ । नारायणगढको इतिहास केलाउँदै जाँदा आदीबासी तथा भूमिपुत्रको नामले चिनिने थारु समुदायका व्यक्ति बाहेक अन्य व्यक्तिहरु १९९३ पछि नै नारायणगढमा आएर बसोबास गर्न थालेको पाइन्छ । मध्ये नेपालका तनहूँ, गोरखा, लमजुङ, धादिङ, काठमाडौँ, नुवाकोटलगायत विभिन्न २८ वटा जिल्लालाई भारतसँग व्यापार गर्नको लागि प्रयोग हुने ठोरी नाकालाई जोड्ने काम गरेको नारायणगढ बजार इतिहासदेखि नै व्यापारिक केन्द्रको रुपमा रहेको थियो । पूर्वी पश्चिम राजमार्गको थालनी हुनु अगाडि पहाडी जिल्लाको केन्द्रबिन्दुको रुपमा मात्रै चिनिएको नारायणगढ बजार राजमार्ग बनेपछि नेपालको नै केन्द्रबिन्दू बनेको थियो । बस्ती विस्तारसँगै नारायणढको पुलचोकदेखि आँपटारीसम्मको सडकको दुवै तर्फ गरि अहिले करिब एक हजार भन्दा बढी भवनहरु निर्माण भएका छन् । उक्त घरहरुमा व्यवसाय गर्ने व्यक्तिहरु पाँच हजार भन्दा बढी रहेको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । सरकारले निर्णय गरेर नारायणगढको सडक विस्तारलाई रोक्दा तत्कालको लागि राम्रो देखिएपनि दीर्घकालमा नारायणगढ बजारलाई नोक्सान पार्ने उद्योगी व्यवसायी बताउँछन् ।

करिब डेढ वर्ष अगाडि नेपाल सरकारले मेनरोड सडकलाई विस्तार गर्नको लागि सडक संरचना भित्र पर्ने भौतिक संरचनाहरु हटाउने निर्णय गरेको थियो । सरकारी निर्णयसँगै नारायणगढ बजार क्षेत्रका व्यवसायीहरुले मेनरोड बजार बचाउ संघर्ष समिति निर्माण गरेर केन्द्रीय स्तरमा बजार नहटाउन लभिङ गर्दै आएको थियो । उद्योग वाणिज्य संघ चितवनको अगुवाईमा सुरु भएको लभिङमा चितवनका राजनीतिक दलहरुको साथ त थियो नै । उनीहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बजार नभत्काउन र सडकको वैकल्पिक मार्ग खोज्नको लागि आग्रह गरेका थिए । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमा आएर मतदाता रिझाउनको लागि सडक छेउका मापदण्ड विपरितका संरचना नभत्काएर सडक नै सार्ने निर्णय गरेका छन् । यसरी भएको निर्णयको स्वागत गर्दै आगामी दिनमा त्यहाँका संरचनाहरु बैंकमा धितो राखेर व्यवसायीले ऋण लिकाल्न सक्ने व्यवसायी बताउँछन् ।

यति बेला सरकारमा रहेका दलहरुले नारायणगढ बजारको मेन रोड क्षेत्रलाई भोट बैंकको रुपमा प्रयोग गर्दै बजार यथावत राख्ने निर्णय गरेका छन् । यस निर्णयबाट त्यहाँ भएको राजमार्ग अन्यत्र सर्ने भएको छ । तत्कालको लागि सरकारको निर्णय राम्रो देखिएको भएपनि यसले भविष्यमा नारायणगढ बजारकै अहिले गर्ने जानकारहरु बताउँछन् । यातायातको चहलपहल बन्द भएपछि मेनरोड क्षेत्र पनि सुनसान बजारमा परिणत हुनेतर्फ बेलैमा ध्यान पु¥याउन जरुरी रहेको सहरी विकास सम्बन्धी विज्ञहरुको भनाइ छ ।


मंसीर १४,चितवन।

दिन दिनै नेपाली काग्रेसमा प्रबेशले आफु उत्साहित भएको भन्दै उम्मेदवार अधिकारीले २० गते सम्म यो क्रम नरोकिने बताए । स्थानिय निकाएको निर्वाचनको मत परिणामको हिसाब गरेर आफु अगाडी बढेको भन्दै शिक्षा राज्यमन्त्रि समेत रहनुभएका अधिकारीले अव आत्तिनुपर्ने दिन समेत सकिएको बताउनुभएको थियो । गठबन्धनले देशलाई अगाडी लैजान्छ भन्ने आकर्षण दिन नसकेका कारणले गठबन्धनलाई आम जनतालले नपत्एको बताउनुभयो । त्यहि भएर उनीहरुले योजना प्रस्तुत गर्न भन्दा पनि गाली गलौजमा रमाईरहेको आरोप लगाउनुभयो । आज सम्मका लक्ष्यणले लोकतान्त्रिक गठबन्धनको बहुमत आउने भन्दै अबका ५ बर्ष बिकास निमार्णले निक्कै ठुलो फड्को मार्ने बताउनुभयो । भरतपुर ११ चितवनको मुटु भए पनि सामान्य पिच, ढल, खानेपानी लगायतका समस्या रहेको भन्दै अव यो सबैको जिम्मा शेषनाथ अधिकारीले लिने बाचा गनुभयो । तामाङ्ग बस्तीका ६३ घरधुरीका करिब १०० जनालाई नेपाली काग्रेसमा स्वागत गर्दै उम्मेदवार अधिकारीले आफुले तात्कालिन क्षेत्र नं २ मा जस्तै अहिलेको क्षेत्रमा समेत गरिछाड्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।
चितवन प्रदेश नं २ ख का नेपाली काग्रेस उम्मेदवार प्रकाश अधिकारीले हामीले तामाङ्ग समुदायको मतलाई राजनैतिक हैसियतको मतको रुपमा लिएका छौं । तामाङ्ग समुदायलाई बिकासको मुल धारमा ल्याई नेतृत्व तहमा पु¥याउने भन्दै उहाँले पिछडिएका बर्ग र समुदायलाई पिछडिएकै रुपमा राखेर राजनिति नगरी बिकास र सम्बृद्धिको मार्गमा नेपाली काग्रेसले नै अगाडी बढाउने उहाँको तर्क थियो । चुनाबी सभालाई सम्बोधन गर्दे उम्मेदवार अधिकारीले जवसम्म पिछडिएको समाजको तल्लो बर्गको उत्थान हुदैन तब सम्म समाज परिर्वतन हुदैन । सम्बोधन कै क्रममा उम्मेदवार अधिकारीले आस्वासन भन्दा अरु केहि नपाएका बस्तीका मतदातालाई काग्रेसले रक्सी र पैसा होईन बिकास बिकास पु¥याउने बिश्वास दिलाए । नेपाली काग्रेस प्रवेश गरेपछि स्थानिय राज तामाङ्गले भने “पैसा त काग्रेसले दिएको छैन तर बिकाश त काग्रेसले नै दिने रहेछ ” त्यहि भएर आजबाट नेपाली काग्रेस प्रवेश गरेका हौं । धेरैले धेरै आश्वाशन दिए तर काम कसैले पनि गरेका छैनन अब काग्रेसले काम गरेर देखाउछ भन्ने बिश्वास छ भन्दै बिश्वास घात नगर्न आग्रह गरे । कर्यक्रममा नेपाल ट्रेड युनियन काग्रेस चितवनका अध्यक्ष लक्ष्मण भट्टराई, गलैचा श्रमिक संघका केन्द्रिय सदस्य बिजय तामाङ्ग लगायतले मन्तब्य राखेका थिए । नेपाली काग्रेस भरतपुर ११ ले आज वडाका गणेशस्थान, जकडीमाई, लामाटोल, गाईखर्क उन्नीटोल लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्मन्न गरेको छ ।


मंसिर १५ ।


वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले दुई कार्यकाल प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले चितवन आफ्नो गृहजिल्ला भएको भुलेको आरोप लगाएका छन् । भरतपुर– ब्रहमपुरी तिमिल्सिना चोकमा आयोजित चुनावीकोणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विगतमा योजना पार्न कञ्जुस्याई गरेका प्रचण्ड चुनाव जितेर विकास गर्छु भन्दै भ्रम छर्दै हिँडेको आरोप लगाए । उनले सत्ता बनाउने र भत्काउने खेलमा लाग्दा फुर्सद नभएरै चितवन भुलेको व्यङग्य गरे । साविक ४ र ५ नम्बर क्षेत्रबाट विगतमा माओवादीले चुनाव जितेकै थियो, उहाँ आँफै प्रधानमन्त्री पनि हुनुभयो, खै विकास आएन, फेरी पनि विकास ल्याउँछु भनेर जनताले पत्याउने छैनन् ।” पाण्डेले भने । मन्त्री पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनले देशमा अस्थिर सरकार बनाउने मुख्य व्यक्तिनै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भएको आरोप लगाए । चुनावी मैदानमा उत्रिएपछि लोकतान्त्रिक अभ्यास गर्न छाडेर प्रतिस्पर्धि उम्मेदवारलाई मैदान खाली गरिदिनुस् भनेर भाषण गर्नु हारको मानसिकता भएको पाण्डेले जीकिर गरे । उनले आफ्ना प्रतिस्पर्धि उम्मेदवार प्रचण्ड विगतका निर्वाचन क्षेत्रमा विकासको गति दिन नसेकेपछि चितवन झरेको आरोप लगाए । उनले कांग्रेसको सहारामा छोरीलाई मेयर बनाएका प्रचण्डले एमालेको सहारामा सत्तामा पुग्ने सपना बुनेपनि कांग्रेस र एमालेले त्यो सपनालाई पुरा गर्न नदिने दावी गरे । उनले आँफु निर्वाचन क्षेत्रको विकासका लागि प्रतिवद्ध हुने जनाए । कांग्रेस र राप्रपा(प्रजातान्त्रिक) मिलेर विकासको लहर ल्याउने दावी गरे ।


मंसिर १४ ।

 


विश्वमा नै दुर्लभ मानिने पाटे बाघको गणना बिहीबारदेखि नेपाल र भारतमा एकैसाथ सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघको गठना सुरु गरिएको हो । पहिलो चरण अन्तर्गत २२ दिनमा सक्ने गरि पर्सा राष्ट्रिय निकुञ्जको पुरै भाग र चितवन राष्ट्रिय निकुञ्जको दक्षिणी भागमा बाघको गणना हुने कंडेलले बताउनुभयो । बाघ गणनाको लागि दुई सय ७३ वटा ग्रेड बनाएर प्रत्येक ग्रेडमा दुई वटा क्यामेरा राखिने कंडेले जानकारी दिनुभयो । १०÷१० फिटको फरक ग्रेड राखेर बाघको गणना हुने जानकारी गराउँदै कंडेलले गणनाको लागि २० वटा हात्ती र प्राविधिकसहितको दुई सय जना जनशक्ति परिचालन गरिएको बताउनुभयो । बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको कंडेलको भनाइ छ । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको हो । यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा एक सय ९८ बाघ रहेको पाइएको थियो । जसमा एक सय २० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७, पर्सा राष्ट्रिय निकुञ्जमा सात र बाँके राष्ट्रिय निकुञ्जमा चार वटा बाघ रहेको तथ्यांक थियो । सन् २०२० सम्म नेपाल सहित विश्वमा बाघको संख्या दोब्बर पार्ने उद्देश्य सहित यसको संरक्षणको लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

मंसिर १३ ।

कोमलचन्द्र भगत


भरतपुर ६ केशरबाघमा चार वटा बाख्रा पालेर सुरु भएको सापकोटा बाख्रा फर्ममा अहिले ७० वटा बाख्रा पुगेका छन् । भारतमा २५ वर्ष तथा साउदी अरबमा सात वर्ष श्रम खर्च गरेका सापकोटाले नेपालमा नै उद्यमशील बन्ने उद्देश्यका साथमा २०७० सालदेखि बाख्रा पाल्दै आएका हुन् । विदेशमा गएर अरुकोमा काम गर्न भन्दा नेपालमा नै केही गर्दै अन्य व्यक्तिलाई समेत रोजगार दिने चाहनाले बाख्रा पालन सुरु गरेको फर्म सञ्चालक जयप्रसाद सापकोटा बताउँछन् । हाल सापकोटलाई उनकी पत्नी ज्ञानी सापकोटाले सघाउँदै आएकी छिन् भने अबको दीनमा तीन जना व्यक्तिलाई रोजगार दिने योजना रहेको सापकोटाको भनाइ छ ।

बजारको कुनै अप्ठ्यारो नरहेको केशरबागमा मासु तथा पाठा पु¥याउने उद्देश्यले सुरु गरेको अहिले बाहिरबाट पनि बाख्रा खरिद गर्न ग्रहाकहरु आउने आफूले पनि माग पुरा गर्न नसकेको सापकोटा बताउँछन् । फार्ममा पाँच लाख रुपैयाँ पर्ने दक्षिण अफ्रिकाको बयर जातको जातको बोका पनि रहेको सापकोटाको भनाइ छ । अन्य ठाउँबाट दैनिक रुपमा बाख्रा पालनसम्बन्धी जानकारी लिन आउने व्यक्तिलाई आपूmले निशुल्क रुपमा परामर्श दिने गरेको सापकोटा बताउँछन् । बाख्रा फार्मलाई जिल्ला पशु सेवा कार्यालय चितवनले समेत सहयोग गर्दै आएको छ । कार्यालयका उपचार फाँट प्रमुख डाक्टर अर्जुन प्रसाद थपलियाका अनुसार पशु सेवा कार्यालयले बाख्रा फर्मलाई आर्थिक सहयोगदेखि लिएर अन्य प्राविधिक सहयोग समेत उपलब्ध गराइदै आएको छ ।

उमेरले ५० वर्ष नाघेका सापकोटा युवाहरुको लागि प्रेरणा बन्न सक्छन् । लामो समय विदेशमा बसेर स्वरोजगार बनेका सापकोटाबाट यहाँका युवाहरुले उद्यमशीलता सिक्ने हो भने दैनिक सयौँको संख्यामा विदेशीने नेपालीहरुको संख्यामा कमी आउने थियो ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.