सिड्नीमा भव्य हुने भयो नेपाल फेष्टिबल

अन्तर्राष्ट्रिय
Typography

अष्ट्रेलियाको सिड्नीमा नोभेम्बर २६ तारिखका दिन आयोजना हुन लागेको एनआरएनए नेपाल फेस्टिबल सिड्नी २०१६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

 

एनआरएनए अष्ट्रेलियाले यस्तो वृहद् कार्यक्रमको आयोजना हरेक दुई बर्षमा गर्दै आईरहेको छ ।

 

यो कार्यक्रमलाई अष्ट्रेलियामा नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरु मध्यनै वृहत् कार्यक्रमको रुपमा लिने गरिन्छ ।

 

फेष्टिबलमा सांगीतिक प्रस्तुति, नेपाली कला, भाषा र संस्कृति चिनाउने बिभिन्न कार्यक्रमहरुको साथै नेपालप्रति अष्ट्रेलियनहरुलाई आकर्षित गराउने किसिमका कार्यक्रमहरु समावेश गरिने फेष्टिबल संयोजक तथा एनआरएनए अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेलले बताए ।

 

“फेष्टिबलमा चालिस भन्दा बढि स्टलहरु राखिने छन् भने नेपाल हाउस मार्फत नेपाल र नेपालीहरुको पहिचान अष्ट्रेलियामा खुल्ने छ –” पोखरेलले भने । उनले अनलाइनखबरसँग फेष्टिबललाई सांगितिक र मनोरञ्जक बनाउन नेपालबाट गायिका अञ्जु पन्त र गायक सुगम पोखरेलको साथमा चर्चित सांगितिक ब्याण्ड कन्दरा सिड्नी आउने निश्चित भईसकेको जानकारी दिए ।

 

फेष्टिबलको नेपाली र विदेशी गरेर पचास हजार देखि एक लाख सम्मले अवलोकन गर्ने कुरा बताईएको छ ।

 

सवा करोड नेपाली रुपैयाँ खर्च हुने अनुमान गरिएको नेपाल फेष्टिबलमा लाग्ने खर्च अष्ट्रेलियामा रहेको नेपालीहरुको संघ–संस्था, नेपाली व्यापारी, नेपाली सामाजिक कार्यकर्ता, विज्ञापन र नेपाली समुदायहरुबाट उठाईने योजना रहेको छ ।

 

सिड्नीको मुटु मानिने डार्लिङ्ग हार्वरमा फेष्टिबलको आयोजना हुनेछ भने फेष्टिबलमा अष्ट्रेलियन सरकार र स्थानीय राजनीतिज्ञहरुले पनि सहभागिता जनाउने कुरा फेष्टिबल संयोजक तथा एन्आर्एन्ए अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेलले बताए ।

 

२०७३ भदौ २५ गते ११:३३ मा प्रकाशित

BLOG COMMENTS POWERED BY DISQUS