हङकङमा एसियन एडल्ट एक्सपो

अन्तर्राष्ट्रिय
Typography

भाद्र २४, २०७३-  

एसियाको प्रमुख सहर हङकङमा तीनदिने एसियन एडल्ट एक्स्पो आयोजित गरियो । उक्त प्रदर्शनीलाई संसारकै सबैभन्दा ठूलो सेक्स टोयज प्रदर्शनी मानिएको छ । प्रदर्शनीमा पुगेका मानिसहरू सेक्स टोयज तथा सेक्स डल्स किन्न उत्सुकतापूर्वक पालो पर्खिरहेका देखिए ।

 

 

 

प्रदर्शनीमा भर्चुअल रियालिटी सेक्स गेम्सलाई पनि समावेश गरिएको थियो । प्रदर्शनी आयोजकहरूले आगन्तुकहरूको आवश्यकतालाई मध्यनजर गर्दै सिलिकन बडी पार्ट्ससमेत उपलब्ध गराएका थिए । यसैकारण त्यहाँ आफ्नो स्तन, तिघ्रा, पाखुराजस्ता अंग ठूलो बनाउनेहरूको पनि भीड लागेको थियो । 

 

 

 

उक्त प्रदर्शनीमा राखिएका सेक्स डलहरूलाई मेकअप गराइएको थियो भने विभिन्न जाति तथा समुदायको रुचिअनुसार उनीहरूकै परम्परागत पहिरनमा समेत सजाइएको थियो । त्यस्ता सेक्स डल टिन एजका युवतीदेखि विवाहित महिलासम्मको लुक्समा उपलब्ध थियो ।

 

 

 

ती सेक्स डल यौनक्रिडामा कत्तिको पोख्त छन् भन्ने अनुभव गराउन खरिदकर्ताका लागि प्रयोग रुमसमेत बनाइएको थियो, जहाँ कन्डम उपलब्ध गराउन कन्डम भेन्डिङ मेसिनसमेत राखिएको थियो ।

 

 

प्रकाशित: भाद्र २४, २०७३

BLOG COMMENTS POWERED BY DISQUS