बैशाख ७, रत्ननगर । तस्विर: अंकित भगत । बैशाख १ गते देखि औपचारीक उद्घाटन गरी चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताह सम्पन्न भएको छ । सप्ताहको अन्तिम दिन समापन समारोहमा दुइ पत्रकार सहित संरक्षणकर्मीलाई सम्मानित गरिएको छ ।

सप्ताहको समापन कार्यक्रममा विगत २५ वर्ष देखि चितवनमा रहि पत्रकारीतामा श्रव्यदृष्य मार्फत वन वातावरण, जैविक विविधता र पर्या पर्यटन संरक्षणमा योगदान गरेको भन्दै आभास टेलिभिजनका प्रबन्धक एवं वातावरण पत्रकार कोमल चन्द्र भगतलाई नगद  सहित कदर पत्रले सम्मान गरिएको छ । यस अघि पनि पत्रकार भगतले विभिन्न संघ संस्थाहरुबाट थुप्रै संरक्षण पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।  विगत १० वर्ष देखि आभास टिभी एचडीबाट नियमित प्रसारण हुने प्रसारण हुने कार्यक्रम पर्यावरण र विकास सञ्चालन र उत्पादन गर्दै आउनुभएको छ भने ४ दर्जन भन्दा बढि संरक्षणमुलक वृत्तचित्र निर्माण गरिसक्नुभएको छ । त्यस्तै अर्का पत्रकार जसपाल न्यूजका सञ्चालक विकाश पौडेललाई पनि संरक्षण क्षेत्रमा योगदान पु¥याएको भन्दै नगद र कदर पत्रले सम्मान गरिएको छ । त्यसैगरी कार्यक्रममा लामो समय देखि वातावरण संरक्षणमा सक्रिय भुमिका निभाउदै आउनुभएका संरक्षण अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, संरक्षणकर्मी चराविद् टीकाराम गिरी, वसन्त राना मगर, पर्यापर्यटन प्रवद्र्धनमा योगदान पुर्याएबापत गाईड राजेन्द्र धामी, युवराज पौडेल, ह्याप्पी लेमन ट्री, होटल नेशनल पार्क र जंगल सफारी रिसोर्टलाई सम्मान गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकला र बक्तृत्वकाला प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलवहादुर पुर्जा पुन, संरक्षण अधिकृत तथा मध्यवर्ती शाखा प्रमुख चितवन राष्ट्रिय निकुञ्जका गणेश प्रसाद तिवारी, रत्ननगर वडा नं. ६ का वडा सदस्य विरेन्द्र महतो, मृगकुञ्ज उपभोक्ता समितिका निवर्तमान अध्यक्ष बासु ढुङ्गाना, वर्ड एजुकेशन सोसाईटीका अध्यक्ष टिकाराम गिरी, बाघमारा वनका अध्यक्ष जीत वहादुर तामाङ, तराई भु परिधी तालका क्षेत्रीय ईन्चार्ज प्रेम पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषि सुवेदी लगाएतले मन्तव्य राख्नुभएको थियो । २९ औं वन्यजन्तु सप्ताहको अवसरमा बैशाख १ गते उद्धघाटन, बैशाख २ गते टिकौलीमा राजमार्ग सरसफाई, बैशाख ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमुलक सचेतना ¥याली गरिएको थियो ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संरक्षण अधिकृत तथा सौराहा सेक्टर प्रमुख चितवन राष्ट्रिय निकुञ्जका सान्त वहादुर मगर, वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारी लगाएतको सहभागीता रहेको थियो । समृद्धिका लागि वन्यजन्तु संरक्षण भन्ने मुल नारा सहित वैशाख १ गते देखि सप्ताह सुरु भएको थियो । मृगकुञ्ज उपभोक्ता समितिका सचिव ओमप्रसाद रिमालले सञ्चालन गर्नुभएके कार्यक्रममा सदस्य वुद्धिमान विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।