चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकदिने चरा अवलोकन कार्यक्रम सम्पन्न
जेठ २८, चितवन । मेघौली घटगाई नेचर गाइड संघको आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकदिने चरा अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त भ्रमणमा १२१ प्रजातिका ७५२ वटा चरा तथा नौ प्रजातिका ६८ वटा स्तनधारी जनावरहरुको अवलोकन गरिएको छ । कार्यक्रममा १० जना चराप्रेमी गाइडहरु र मेघौली चेकपोस्टका एक जना गेम स्काउटसमेत सहभागी थिए ।
कार्यक्रम मङ्गलबार बिहान ७ः१० बजे मेघौलीको सेराई लजनजिकैको राप्ती नदीकिनारबाट सुरू भएको थियो । समयको बचत गर्न पहिले जिप सफारीको सहारा लिइएको थियो । जिपले टाइगर टप्स जंगल लजनजिकै यात्रुहरुलाई झारेपछि गाइडहरुले पैदलयात्रा गर्दै सुरूङ खोला, ढाक्रे खोला, कान्छी खोला हुँदै प्राकृतिक नुन ९नुनिलो माटो० क्षेत्रको अवलोकन गरेका थिए । अवलोकनपछि जिपले सबैलाई दिउँसो ४ः३० बजे पुनः राप्ती नदीकिनारमा ल्याई छाडेको थियो ।
कार्यक्रमको नेतृत्व मेघौली घटगाई नेचर गाइडका अध्यक्ष मनीषकुमार लिम्बु र नेपाल पक्षी विद् संघका अध्यक्ष हठन चौधरीले गरेका थिए । चितवन राष्ट्रिय निकुञ्ज विभिन्न प्रकारका जनावर, चराचुरूङ्गीहरुको बासस्थान पनि हो । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही, चरालगायतका लागि प्रख्यात छ ।