भदौ २७, रत्ननगर ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि।को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा ३५ जना महिला सहित ११५ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरको सह आयोजनामा भएको रक्तदान कार्यक्रम वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे उद्घाटन गरेका थिए । सो अबसरम उनले विरामीलाई रगत उपलब्धताको विषयमा गुनासोहरु आउने गरेको भन्दै यसमा रक्तसञ्चार केन्द्र सचेत हुनुपर्ने बताए । नागरिकले दिएको रगत विरामीले पाउन मुश्किलन हुने गरेको भन्दै उनले रगतका लागि भनसुन गर्नुपर्ने अबस्थाको अन्त्य हुनुपर्ने बताए ।नागरिकलाई सहजताका लागि नगरपालिकाले रक्तसञ्चार केन्द्र रत्ननगर रक्तसंकलन युनिट सञ्चालनमा ल्याएको उनले बताए । सहकारीका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य सञ्जिव पौडेल, रत्ननगर वडा नं। १३ का वडा अध्यक्ष पोट वहादुर घिमिरे ९सुवास०, रत्ननगर उवा संघका अध्यक्ष शंकर गिरी लगायतले मन्तव्य राखेका थिए । सहकारीका सचिव बालकृष्ण दाहालले सञ्चालन गरेको कार्यक्रममा किराना तथा खाद्य व्यवसायी संघ रत्ननगरका अध्यक्ष शिवराज मैनालीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक ठाकुर प्रसाद पन्तले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । सो सहकारीले वार्षिकोत्सवको अवसरमा सेवा केन्द्र केन्द्रीत वित्तीय साक्षरता, शेयर सदस्य राहत तथा हेरचाह अन्तर्गत १ लाख बराबर दुर्घटना, जटिल रोगको उपचारको लागि १ लाख प्रदान गर्ने घोषणा, एसइई तथा प्लस २ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए । २०६९ साल भदौं २९ गते स्थापना भएको सो सहकारीमा ३ हजार ७४४ जना शेयर सदस्य र ५०४ जना बालबचत कर्ता रहेका छन् । कुल सम्पती ४६ करोड, ४८ लाख, ४४ हजार र शेयर पूजिँ ५ करोड ६८ लाख,४४ हजार रहेको सो सहकारीले ३४ करोड ४ लाख ऋण लगानी गरेको छ । ३३ करोड ८९ लाख बचत संकलन गरेको सो सहकारीको जगेडा कोषमा २ करोड ५२ लाख र संस्थागत पूँजी ३ करोड ५० लाख रहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । सो सहकारीले असल ऋणि तथा असल बचतकर्तालाई सम्मान तथा सुत्केरी राहत, नवजात शिशु स्याहार र ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।