रत्ननगर , भदौ २७ ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा महिला उद्यमीका लागि २ दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघमा आवद्ध महिलाहरुका लागि बिहिवारबाट तालिम सुरु भएको हो ।

शुक्रबार सम्म चल्ने तालिमको उद्‌घाटन सत्रमा बोल्दै रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा नेतृत्व गर्नको लागि सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको बताए। गिरीले महिलाहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै उत्कृष्ट र उदाहरणीय बन्नको लागि आग्रह गरे ।

पत्रकार रामकान्त पौडेलले सहजीकरण गर्ने तालिमको उद्घाटन सत्रमा रत्ननगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र आचार्य,रत्ननगर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी प्रवद्र्धन समितिका संयोजक लक्ष्मी श्रेष्ठ कर्माचार्य लगायतको उपस्थिती रहेको थियो ।