कार्तिक २६, भरतपुर । नेपाल हृदय रोग निवारण प्रष्तिठान चितवन शाखाको २४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । राष्ट्रिय हृदय तथा फोक्सो समाजका केन्द्रिय अध्यक्ष तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सल्लाहकार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा हृदय रोग निवारण प्रतिष्ठान चितवन शाखाका उप सभापति लिलाराज खरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरु चितवन मेडिकल कलेज अफ साइन्सेसका डाइरेक्टर प्राध्यापक डा. मनोहरलाल प्रधान, हृदय रोग निवारण प्रतिष्ठान वागमति प्रदेशका संयोजक ई. भोजराज कौडेल, रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा, रामेश्वर पुस्तकालयका अध्यक्ष विजय पराजुली, आजिवन सदस्यको तर्फबाट अनिता मैनाली र खोमकान्त रेग्मीले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा धड्कन विशेषाङ्क २०८१ विमोचन गरिएको थियो भने विशिष्ट सदस्यता लिने भरतपुर १० का हरि प्रसाद सुवेदी र भरतपुर २१ क नन्दलाल ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम हृदय रोग निवारण प्रतिष्ठान चितवन शाखाका अध्यक्ष अशोक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।